१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जुम्लामा स्थानीय सयपत्री फूलका माला बेच्दै

तिहारको भाइटिका आउन दुई दिन बाँकी छ।त्यसैले सयपत्री फूलको माला बेच्न किसानलाई यति बेला भ्याइ नभ्याइ छ।किसान यति बेला फूल टिप्न र माला बनाउन व्यस्त छन्।उनीहरूले आफ्ना उत्पादनलाई बजारमा समेत पुर्‍याइसकेका छन्।

जुम्लाको चन्दननाथ नगरपालिका १० गैरागाउँकी गिता खत्रीले सयपत्री फूलका २ सय बढी माला बेचिसकेकी छिन्।प्रति माला १ सय २० रुपैयाँमा बेचिरहेको बताइन्।

माला बनाउन गिताका पती भिमबहादुर खत्रीले सघाइ रहेका छन।उनीहरू दुवै दम्पती जुम्लाको मुख्य बजारको जोगाड खोला पुल नजिकै बसेर फुलका माला बनाउन र बेच्न व्यस्त देखिन्छन्।आफ्नो खेतमा दुई हल जग्गामा९२ हजार वर्ग मिटर०क्षेत्रफल जग्गामा सयपत्री फूल खेती गरेको गिता खत्री बताउँछिन्।

गिताको परिवार यो तिहारमाफुल बेच्न व्यस्त छ।आफ्नै बारीमा उत्पादन गरेका फुल बजारमा ल्याउँदा  उनी निकै उत्साहित छिन। गिताले भनिन्,जुम्लामा फुलखेतीको पनि उच्च सम्भावना रहेछ। फुलखेतीबाट पनि मनग्गे आम्दानी गर्न सकिँदो रहेछ।पहिलो दिन एकै पटक २ देखि ३ हजार रुपैयाँ बराबरको माला बिक्री हुँदा उनी निकै खुसी भइन्।

उनले भनिन्,बारीमा लगाएका सबै फुल बजार ल्याएर माला बनाएर बेचेँ।उनले भनिन्,सयपत्री माला दाजुभाइको गलामा लगाउन पाउँदा यहाँका दिदीबहिनी पनि खुसी छन।

तिहारको बेला स्थानीयले प्लास्टिकको सयपत्री फूलका माला रुचाउने रहेछन्।आयातित भन्दा आफ्नै ठाउँमा उत्पादन भएको फूलको माला तिहारको दिन लगाउँदा उपयुक्त हुन्छ।जुम्लामा आम्दानीको स्रोत बन्दा आगामी दिनमा फूलको बजार राम्रो हुने चन्दननाथ नगरपालिका ५ का पूर्णसिंह कठायतले बताए।

 उनले भने,अब जुम्लामा फुलखेती गर्न किसान लाग्नु पर्छ।जुम्लामा व्यावसायिक रूपले फूलको खेती कतै पनि भएको छैन, उनले भने,तिहारमा किसानले फूलका माला बेचेर आम्दानी लिएपछि यसको व्यावसायिक खेतीको सम्भावना रहेको देखिन्छ। 

फुलखेतीमा किसानको आकर्षण बढाउनुपर्छ।प्लास्टिकका माला जुम्ला बजारसम्म पनि पुगेका छन्।नेपालगन्जको रुपैडिया भन्सार हुँदै जुम्ला पुग्ने प्लास्टिकका मालाले खलंगा बजारका पसल रङ्गीचङ्गी छन्। यो पटक १५ देखि एक सय ५० रुपैयाँ सम्मका प्लाष्टिक माला बजारमा आएका छन्।

प्रकाशित: २७ कार्तिक २०८० १६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App