११ माघ २०८१ शुक्रबार
image/svg+xml

भारतको ४५ अर्ब ऋण सहयोग नेपालले नलिने

प्रधानमन्त्री पुष्पकमल दाहालको बिहीबारबाट हुने भारत भ्रमणका क्रममा नेपालले यसअघि भारतले घोषणा गरेको एक खर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगसम्बन्धी सम्झौता संशोधन प्रस्ताव लैजाने भएको छ। परियोजना छनोट गर्न नसक्नु र अनावश्यक प्रतिबद्धता शुल्क तिर्नुपर्ने बाध्यता भएपछि नेपालले सम्झौता संशोधन गर्न खोजेको हो।

नेमकिपाले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरुद्ध संघर्ष गर्ने

नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिको बैठक भारतीय विस्तारवादविरुद्ध संघर्षलाई कायमै राख्ने निर्णय गर्दै बुधबार भक्तपुरमा सकिएको छ । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बसेको दुईदिने बैठकले अमेरिकी साम्राज्यवादले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक क्षेत्रमा गर्दै आएको हस्तक्षेपको विरोधमा पार्टीले चलाउँदै आएको वैदेशिक हस्तक्षेपविरुद्ध सङ्घर्षलाई यथावत राख्ने निर्णय गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा १ सय १६ जना

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी, व्यापारी र मिडिया समेत गरी १ सय १६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार भारतको ४ दिने राजकिय भ्रमणमा निस्कने भएका छन्।

भारतीय सुरक्षाकर्मीको बुट र लाठी अाक्रमणबाट दुई नेपाली गम्भीर घाइते, सीमामा तनाब

गौशाला—भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल भूमि प्रवेशगरी महोत्तरीको मटिहानी गाविसमा दुईजना नेपालीमाथि सांघातिक आक्रमण गरेका छन्।

प्रधानमन्त्रीको भारत भ्रमणमा पञ्चेश्वर प्राथमिकतामा

बिहीबारबाट हुने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण क्रममा दुवै देशको संयुक्त लगानीमा बन्ने पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबारे विस्तृत छलफल हुने भएको छ। विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने काम अन्तिम चरणमा रहेको र यससँग जोडिएका पानी तथा बिजुलीका विषयमा भेटवार्तामा छलफल तयारी छ।

प्रधानमन्त्री दाहालको भारत भ्रमण तालिका सार्वजनिक

काठमाडौं– सरकारले प्रधानमन्त्री पुष्पकमला दाहालको चार दिने भारतको राजकीय भ्रमणको औपचारिक घोषणा गरेको छ।

भारत भ्रमणमा नेपालको हित विपरित सम्झौता नगर्न आग्रह

काठमाडौं- संयुक्त विद्यार्थी संगठनको वैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको क्रममा नेपालको हित विपरित कुनै पनि सन्धि संझौता वा निर्णयहरु नगर्न आग्रह गरेको छ।

परराष्ट्रमन्त्री महतद्वारा भारतीय विदेशमन्त्री स्वराजसँग भेटवार्ता

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतीय समकक्षी सुस्मा स्वराजसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा आइतबार नयाँ दिल्ली पुगेका उनले केही समयअघि भारतीय परराष्ट्रमन्त्रालयकाेजहवार भवनमा स्वराजसँग भेटवार्ता गरेका हुन्।

प्रधानमन्त्रीको भारत भ्रमणको औचित्य छैन : थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको औचित्य र आवश्यकता नरहेको टिप्पणी गरेका छन्।

परराष्ट्रमन्त्रीद्वारा भारतीय नेतासँग छलफल

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले नेपालबारे चासो राख्ने भारतीय नेताहरुसँग अन्तरक्रिया गरेका छन्। जनता दल युनाइटेडका सचिव केसी त्यागी, राष्ट्रिय कंग्रेस पार्टीका महासचिव डिपी त्रिपाठी एवं सोसलिष्ट फ्रन्टका नेता विजय प्रतापको उपस्थितिमा उनले अन्तरक्रिया गरेका हुन्।

'भारतसँग राजनीतिक तहमा सम्बन्ध बढाऊँ'

परराष्ट्र मामिला जानकारहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आसन्न भारत भ्रमणका बेला दुई देशबीचको सम्बन्ध सुधारमा केन्द्रित हुन सुझाव दिएका छन्। भदौ ३० गतेबाट सुरु हुने प्रधानमन्त्रीको भ्रमणमा नेपालमा भइरहेको भारतको 'माइक्रो म्यानेजमेन्ट' हटाउन र कर्मचारीतन्त्रबाट हुँदै आएको सम्बन्ध विस्थापित गरी राजनीतिक तहमा स्थापित गर्नुपर्नेसमेत उनीहरूले औंल्याएका छन्।

'भारतको इशारामा संविधान संशोधन'

चुरे भावर चुरे भावर राष्ट्रिय एकता पार्टीले दक्षिणी छिमेकी मुलुक भारतको इशारामा संविधान संशोधन हुन गइरहेको आरोप लगाएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले देशहित र राष्ट्रहितको बिपक्षमा हुन लागेको उक्त संविधान संशोधनलाई स्विकार नगर्ने जनाएको छ। चुरे भावरले जनताको हित बिपरित संविधान संशोधन गरे आन्दोलनमा चेतावनी दिएको छ ।

भारत भ्रमणका एजेन्डाः ग्यास भण्डारण र पाइपलाइन

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणक्रममा सरकारले ग्यास भण्डारणस्थल निर्माण र अमलेखगन्ज–रक्सोल पेट्रोलियम पाइपलाइन क्षमता बढाउन भारत सरकारलाई आग्रह गर्ने भएको छ ।

परराष्ट्रमन्त्री भारत जाने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्री प्रकाशरण महत भारत भ्रमणमा जाने भएका छन्।

अदुवा निर्यातमा भारतले लगाएको प्रतिबन्ध हट्यो

नेपाली अदुवामाथि गत ११ दिनदेखि भारतले लगाएको प्रतिबन्ध शुक्रबारबाट खुलेको छ। नेपाली अदुवामा विषादीको मात्रा देखिएको भन्दै भारतको खाद्य विभागले नेपाली अदुवाको भारत निर्यातमा रोक लगाएको थियो। तर, नमुना जाँचका लागि भारत लगिएको १० क्विन्टल अदुवामा कुनै विषदी नदेखिएपछि भारतले पुनः निर्यात खुला गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्