१६ वैशाख २०८१ आइतबार
image/svg+xml

भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु

सबैतिर दसैँको टीका लगाइरहँदा यहाँको भरतपुर अस्पतालमा २० शिशुको जन्म भएको छ। प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई चिकित्सकसहित दस स्वास्थ्यकर्मी खटिएका थिए।

बडादसैँका अवसरमा नेपाली सेनाद्धारा जेष्ठ नागरिकलाई भोजन

बडाको दसैंको अवसरमा नेपाली सेनाले आश्रमका जेष्ठ नागरिकलाई भोजन गराएको छ। मङ्गलबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले कोहलपुर नगरपालिका वडा नं ५ स्थित एनसिसीको नीलसागर आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन गराएको हो।

विदेशमा आफन्त र इन्टरनेटले जोड्दै संस्कार

नातिनी अमेरिकामा भए पनि न्वारान पूजा भने यहाँ भएको घरको आँगनबाटै अनलाइनमार्फत पुरोहित भोला दाहालले गराइरहेका थिए।

आज विजयादशमी, टिका र जमरा प्रसादको रुपमा ग्रहण गर्ने दिन

९ दिनसम्म नवदुर्गाको पूजा आराधना पछि आज दसैँ घरमा राखिएको जमरा र टिका थाप्ने क्रम सुरु भएको छ।

बडादसैँको नवौँदिनः आज सिद्धिदात्रीको पूजा आराधना गरिँदै

बडादसैँको आज नवौँदिन, माता दुर्गाको नवौं स्वरुप सिद्धिदात्रीको विशेष पूजा गरेर मनाइँदैछ।

पूर्व राष्ट्रपति भण्डारीद्वारा बडादसैँको शुभकामना व्यक्त

उनले नेपालीहरूको महान् चाड बडादसैँमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छन्।

बडादसैँको छैटौँ दिन: आज माता कात्यायनीको पूजा आराधना गरिँदै

बडादसैँको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै छ। माता दुर्गाको ९ रुपमध्येकी छैटौँ कात्यायनी देवीको आज विधिपूर्वक पूजा आराधना गरिँदै छ।

बडादसैँको पाँचौ दिन, आज स्कन्दमाताको पूजा आराधना गरिँदै

बडादसैँको पाँचौ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदैछ। माता दुर्गाको ९ रुपमध्ये आज स्कन्दमाता देवीको विधिवत पूजा आराधना गरिँदैछ।

बडादसैँः आज माता दुर्गाको तेस्रो रुपको पूजा गरिँदै

बडादसैँको तेस्रो दिन आज माता दुर्गाको तेस्रो रुपको पूजाआराधना गरिँदैछ। आज दुर्गा माताको चन्द्रघण्टा रुपको विधिवत पूजा आराधना गरी मनाइँदैछ।

बडादसैँको दोस्रो दिन आज ब्रम्हचारिणी देवीको पूजा गरिँदै

बडादसैँको दोस्रो दिन आज माता दुर्गाको दोस्रो रुप ब्रम्हचारिणीको पूजा आरधना गरिँदै छ।

अनिष्टको खतराले जमरा राख्दैनन् माझी समुदाय

नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना। बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ।

नयाँ बसपार्कमा घर फर्किनेको भीड, ६० हजारले गराए अग्रिम टिकट बुक

सरकारले दसैँँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि शनिबारदेखि नै घर जाने यात्रुको घुँइचो लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्