आँधीखोलामा सुली मिसाउने कालिका एग्रोलाई कारवाही: ४० लाख तिर्नुपर्ने
आँधीखोलामा सुली मिसाएको खिलुङ कालिका एग्रो फर्म अन्ततः कार्वाहीमा परेको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एग्रो फर्मले ४० लाख रुपैंया क्षतिपूर्तिवापत तिर्नुपर्ने र जरिवाना स्वरुप ४५ सय डाँड्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सूचना अधिकारी यादवराज शर्माका अनुसार ४० लाख क्षतिपूर्ति मध्ये २० लाख गल्याङ नगरपालिका र २० लाख रुपैंयाँ कालीगण्डकी गाउँपालिकालाई दिनुपर्नेछ।