१० मंसिर २०८१ सोमबार
image/svg+xml

महासेठको ‘कारवाही’मा परेका भट्टराईलाई विष्टले श्रम मन्त्रालय लगे

सिण्डिकेटविरुद्ध कडा कदम चालेर चर्चामा आएका सहसचिव रुपनारायण भट्टराईको श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएको छ। सरकारले विहीबार गरेको २८ सहसचिवको सरुवामा भट्टराई श्रम मन्त्रालय पुगेका हुन्।

विद्युत् चोरी गर्ने १४ जनामाथि कारवाही

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले हुकिङ नियन्त्रण अभियानअन्तर्गत १४ जनालाई पक्राउ गरी कारवाही गरेको छ।

पैसा लिएर दोषिलाई उन्मुक्ति, मेयर भन्छन्: कारवाही गर्ने अधिकार छैन

आँधीखोलामा एमोनियायुक्त सुली मिसाएको आरोप पुष्टि भएपछि खिलुङ कालिका एग्रो फर्मलाई गल्याङ नगरपालिकाले उन्मुक्ति दिदैछ । आँधीखोलाको फोहोर व्यवस्थापनका लागि खिलुङ कालिका फर्मले २० लाख रुपैया दिएर यो गंभिर मुद्दालाई सामसुम पार्ने प्रयास गरेको छ ।

धार्मिक आवरणमा हिंसा गर्नेहरु कारवाहीको दायरामा आउने

गृहमन्त्री रामबहादुर थापाले पछिल्ला दिनमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएकाले तिनलाई सरकारले कारवाहीको दायरामा ल्याउने स्पष्ट पारेका छन्।

जनप्रतिनिधिलाई असहयोग गर्ने कर्मचारीलाई कारवाही

स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहका जनप्रतिनिधिलाई असहयोग गर्ने कर्मचारीलाई कारवाही गर्ने बताएका छन्।

काठमाडौंलाई मास्कमुक्त गराउन अवरोध गर्नेलाई कारवाही : मन्त्री पण्डित

जनसंख्या तथा वातावरणमन्त्री लालवावु पण्डितले काठमाडौंलाई एक बर्षभित्र मास्कमुक्त गराउने आफ्नो योजनामा अवरोध गर्नेलाई कारबाही गर्ने बताएका छन्।

भारतीय गाडीमाथि कारवाही सुरु

मापदण्ड विपरीत र अनुमति भन्दा बढी भार बोकेर भित्रिएका भारतीय नम्बर प्लेटका मालबाहक सवारी साधनलाई मध्य क्षेत्रिय ट्राफिक प्रहरीले कारबाही गरेको छ।

हवाई कारवाहीमा कमाण्डरसहित छ तालिवानको मृत्यु

पूर्वी अफगान प्रान्त नान्गाहारमा तालिबान आतङ्ककारी समूह लुकेर बसेको स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा एकजना कमाण्डरसहित छ जना तालिबान आतङ्ककारी मारिएका छन्।

कारवाहीमा दश जना तालिबान मारिए

अफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा भएको सुरक्षाकारबाहीमा दश जना तालिबान आतङ्ककारी मारिएका छन् ।

पौडेलका हत्यारालाई कारवाही गर्न युवा संघको माग

युवा संघ नेपालले रुपन्देहीमा गोली हानी हत्या गरिएका युवा संघ रुपन्देही क्षेत्र नं १ का पूर्वकोषाध्यक्ष वसन्त पौडेलको हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ। संघका महासचिव किरण पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै हत्यारालाई कानूनी दायरामा ल्याउन माग गरेका छन।

लण्डन अक्सफाेर्ड स्टेसनमा गाेलीकाे अावाज, सुरक्षाकर्मीद्वारा प्रतिआतंककारी कारवाही

लण्डनको भूमिगत अक्स्फोर्ड सर्कस ट्युब  स्टेशन सुरक्षाकर्मीले बन्द गराएका छन्। साे ठाउँमा सुरक्षाकर्मीले आतंककारीमाथि जवाफी फायरिङ गरेजस्तो देखिएको प्रत्यक्षदर्शीले जनाएका छन्।

माओवादीद्वारा दश बागीलाई कारवाही

माओवादी केन्द्रले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका उम्मेदवार, उनीहरूका प्रस्तावक र समर्थक गरी १० जनालाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको छ। वाम गठबन्धनका उम्मेदवारविरुद्ध बागी बनेका हुम्ला र सल्यानका नेता र कार्यकर्तालाई यस्तो कारबाही गरिएको हो।

गगन थापाको घरदैलो: काम नगर्ने ठेकेदारलाई कारवाही गर्न माग

काठमाडौं–४ बाट नेपाली काँग्रेसका उम्मेदवार गगन थापाले मंगलबार बिहान घरदैलो अभियान सञ्चालन गरेका छन्। कालोपुल, ज्ञानेश्वर, सिफल क्षेत्रमा घरदैलोमा निस्किएका उनी समक्ष स्थानीयले अाफ्ना समस्या र गुनासा सुनाए। कालोपुलका सुरेशप्रसाद उपाध्यायले विकास निर्माणका लागि भनेर ठूलो रकम आए पनि ठेकेदारले समयमै काम नसक्दा स्थानीयबासी धुलो र हिलोबाट सास्ती खेप्नु परेको गुनासो सुनाए।

जुवाअड्डाबाट पैसा लिने प्रहरीलाई कारवाही गर्न निर्देशनै

अञ्चल प्रहरी कार्यालयको लिखित निर्देशनपछि प्रहरीले पैसा असुलेर जुवातास खेल्न लगाएको घटनाको छानबिन गर्न जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

आपूर्तिमन्त्रीलाई भेटेर वाइसिएलले भन्यो: गोपाल खड्कालाई कारबाही गर्नुस्

इन्धन भण्डारणको लागि जग्गा खरिदमा करिव डेढ अरब रुपैयाँ घोटलाको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई  तत्काल निलम्बन गरि कानूनी कारबाही गर्न माग गर्दै योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) ले आपूर्तिमन्त्री शिवकुमार मण्डललाई ज्ञापनपत्र बुझाएको छ। 'सरकारी र सार्वजनिक संस्थानहरुमा समेत पछिल्लो समय दुबो झै मौलाएको भ्रष्टाचारप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्