६ आश्विन २०८१ आइतबार
image/svg+xml

जेठ २७ र २८ गते खोटाङका ज्येष्ठ नागरिकलाई भेरोसेल खोप

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको अध्यक्षतामा मंगलवार जिल्ला प्रशासन कार्यालयमा वसेको बैठकले जेठ २७ र २८ गते जिल्लाका ६२ देखि ६४ वर्ष उमेर समुहका सबै ज्येष्ठ नागरिकलाई चिनबाट अनुदान स्वरुप प्राप्त भएको भेरोसेल खोपको पहिलो डोज दिने निर्णय गरेको हो।

ताप्लेजुङमा बुधवारबाट कोरोना बिरुद्धको खोप सुरु

मंगलबार बसेको कोरोना खोप व्यवस्थापन तथा अनुगमन समितिको बैठकले कोभिड शिल्ड खोपको प्रथम डोज लगाउन छुट भएका ५५ वर्ष भन्दामाथि उमेर समूहका व्यक्तिलाई खोप लगाउने निर्णय लिएको हो।

गोरखामा कोरोना खोप थोरै आएपछि स्थानीय तहले अभियान सुरु गर्न सकेनन्

गोरखामा कोरोना खोप थोरै आएपछि अधिकासं स्थानीय तहले मंगलवारबाट खोप लगाउने कार्यक्रम सुरु गरेनन् । शहीदलखन गाउँपालिका बाहेकका पालिकामा मंगलवारदेखि पहिलो मात्रा खोप अभियान संचालन गर्न नसकिएको स्थानीय तहको स्वास्थ्य शाखाका प्रमुखहरुले बताएका छन्।

एमालेले दियो अक्सिजन कन्सन्ट्रेटर र १ लाख मास्क

कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि चिनियाँ कम्युनिस्ट पार्टीबाट प्राप्त हाइड्रोजन अक्सिजन जेनेरेटर विथ नेबुलाइजर (कन्सन्ट्रेटर) ३० थान र एन–नाइन्टी फाइभ मास्क १ लाख सरकारलाई हस्तान्तरण गरेको पार्टी महासचिव कमरेड ईश्वर पोखरेलले बताए।

विश्व स्वास्थ्य सङ्गठनद्वारा बढी मूल्य तिरी खोप खरीद् नगर्न आग्रह

सङ्गठनले खोपको अभाव भइरहेको समय बढी मूल्य तिरेर खोप खरीद भएका सूचनाहरूलाई सम्बोधन गर्दै महामरीका समय मध्यस्थकर्ताहरूबाट अत्यधिक मूल्य निर्धारण गरी खोप खरीद गर्ने खतराबारे सोमबार चेतावनी दिएको हो।

चीनमा ३ वर्षको बच्चालाई पनि काेराेना खोप लगाउन अनुमति

शुक्रबार बेइजिङमा आधारित खोप निर्माता सिनोवाक बायोटेकका प्रमुख कार्यकारी अधिकृत यिन वेडोंगले राज्य प्रसारक सीसीटीभीलाई भने ‘सिनोवाकले यस बर्षको सुरुमा साना जनसंख्याको बारेमा क्लिनिकल अध्ययन गरेको छ र यो पहिलोको साथमा र दोस्रो चरण क्लिनिकल परीक्षण पूरा भयो।

भिड कम गर्न एक दिन एक उमेर समूहलाई मात्र खोप दिइने

चौँसठ्ठी वर्ष उमेर पुगेका नागरिकले आफूलाई पायक पर्ने केन्द्रमा पुगी खोप लगाउन सकिने बताइएको छ। खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्नेछ। यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्नेछ।

आजदेखि भेरोसेलको खोप लगाइने

नेपालमा मंगलबारदेखि कोरोना रोगविरुद्ध खोप अभियानको नयाँ चरण सुरु हुने भएको छ। चीनले अनुदानस्वरूप दिएको भेरोसेल खोप काठमाडौं उपत्यकामा ६०–६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२–६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने खोप शाखाले जनाएको छ।

सबै वकिललाई कोरोनाको खोप उपलब्ध गराउन माग

कानून व्यवसायी तथा पूर्वकानूनमन्त्रीसमेत रहेका नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई बधाई तथा ज्ञापनपत्र दिँदै डिएलएले कानून व्यवसायीलाई तत्काल खोप उपलब्ध गराउन माग गरेको हो।

खोप सुनिश्चित गर्न सरकार केन्द्रित हुन्छः उपप्रम पौडेल

नवनियुक्त उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न सरकार केन्द्रित हुने बताएका छन्।

नेपालमै कोरोनाविरुद्धको खोप उत्पादनका लागि प्रक्रिया सुरु : स्वास्थ्य मन्त्री

शुक्रबार पश्चिम नवलपरासीको पृथ्वी चन्द्र जिल्ला अस्पतालमा रोटरी क्लवले स्थापना गरेको आईसीयु कक्ष हस्तान्तरण कार्यक्रममा मन्त्री त्रिपाठीले स्वदेशमै कोरोनाको मात्र नभई अन्य खोप पनि उत्पादन गर्ने गरी निजी क्षेत्रले प्रस्ताव पेश गरेको बताए।

रसुवाका दुईवटा अस्पतालका लागि स्वास्थ्य सामग्री हस्तान्तरण

प्रतिनिधि सभा सदस्य मोहन आचार्यले प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक ईश्वरीप्रसाद ढकाललाई सामग्री हस्तान्तरण गरेका छन्।

भक्तपुरका १६ हजार बढीले लगाए चिनिया खोप भेरोसेलको दोस्रो मात्रा

भक्तपुर नगरपालिकाले कोभिड-१९ विरुद्धको चिनिया खोप भेरोसेलको दोस्रो मात्रा हालसम्म १६ हजार ५२ जनालाई दिइसकेको छ। सबै वडामा अलग जनशक्ति तथा स्वयंसेवकहरु परिचालन गरी जेठ ५ गतेबाट उक्त खोपको दोस्रो मात्रा दिन थालेको थियो।

हामी खोप कहिले लगाउने ?

आफ्ना कुण्ठा पोख्दै धम्कीको भाषामा आफ्नो नेतृत्व स्वीकार्नसमेत आदेश दिँदै कामचलाउ सरकारले अध्यादेशबाट पूर्ण बजेट ल्यायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्