१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपालमै कोरोनाविरुद्धको खोप उत्पादनका लागि प्रक्रिया सुरु : स्वास्थ्य मन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले चुनावअघि सबै नागरिकलाई खोप लगाई सक्ने बताएका छन्।  

नेपालमै कोरोना विरुद्धको खोप उत्पादनका लागि प्रक्रिया समेत अगाडि बढाइएको बताउँदै उनले चुनावअघि नै खोप लगाई सक्ने बताएका हुन्।

शुक्रबार पश्चिम नवलपरासीको पृथ्वी चन्द्र जिल्ला अस्पतालमा रोटरी क्लवले स्थापना गरेको आईसीयु कक्ष हस्तान्तरण कार्यक्रममा मन्त्री त्रिपाठीले स्वदेशमै कोरोनाको मात्र नभई अन्य खोप पनि उत्पादन गर्ने गरी निजी क्षेत्रले प्रस्ताव पेश गरेको बताए।

उनले तरल अक्सिजन सस्तो र प्रभावकारी देखिएकाले सरकारले उद्योग खोल्न अनुमति दिइसकेको र अनुदान समेत उपलब्ध गराउने बताए।

मन्त्री त्रिपाठीले चीन, अमेरिका, भारत लगाएतका मुलुकबाट खोप भित्रने क्रम सुरु भएको जानकारी दिँदै खोपको उपलब्धतामा सहज हुने वातावरण बन्दै गएको पनि बताए। 

प्रकाशित: २१ जेष्ठ २०७८ १०:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App