५ आश्विन २०८१ शनिबार
image/svg+xml

विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज खोप लगाइयो

विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन्।

हिमालपारिको दुःख: ट्रयाक्टरमा खोप ढुवानी

हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ। वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्रयाक्टरमा खोप ढुवानी गर्नुपरेको हो।

खोपको खोजी

कोभिसिल्ड मात्रै मुलुकमा २५ लाख ८२ हजार ८ सय मात्रा आएको देखिन्छ। त्यसमध्येको तीन लाख मात्राको हिसाब नदेखिनु आफैँमा चिन्ता लाग्ने विषय हो। त्यसमा पनि यस्तो दुर्लभ स्थितिमा रहेको खोप म्याद नाघेर खेर फालिएको हो भने यो अक्षम्य अपराध हो।

खोप लिन वायुसेवा निगमको जहाज आज चीन जाँदै

यही साताभित्रै थप ८ लाख डोज लिन जहाज चीन जाने महाशाखाको भनाइ छ। दुईपटक गरी यही साताभित्र थप १६ लाख खोप नेपाल आइपुग्ने प्रमुख ढुंगानाको भनाइ छ। चीनबाट आएका खोपहरू अहिले अभियान सञ्चालन हुन नसकेको प्रदेशहरू प्रदेश एक, सुदूरपश्चिम प्रदेश र कर्णालीमा पठाइनेछ।

कोभिड खोप लगाएका व्यक्ति साउदी अरेबिया जान पाउने

यसअघि साउदी अरेबियाले विभिन्न देशहरुबाट यात्रा प्रतिबन्ध लगाएको थियो। साउदी अरेबियामा पनि पछिल्लो समयमा कोभिडको नयाँ भेरिएन्ट भेटिएकोले धेरै मानिसहरु सङ्क्रमित हुन पुगेका छन्।

ललितपुरमा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै

ललितपुरमा मङ्गलबार दिइने जोन्सन एण्ड जोन्सनको खोप निरीक्षण गर्न सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले महानगपालिका–१ कुपण्डोलमा रहेको खोप केन्द्रको व्यवस्थापनबारे जानकारी लिएका थिए।

३ लाख डोज खोप कता हरायो

तीन लाख डोजको हिसाब सार्वजनिक गर्न नसकेको स्वास्थ्य मन्त्रालयका कर्मचारीले अनियमितता नभएको बरु डाटा इन्ट्रीमा समस्या भएको दाबी गर्दैगर्दा सम्बन्धित विज्ञले भने खोप खरिदमा मात्र नभएर लगाउँदा समेत सुशासनको अभाव देखिएको औंल्याएका छन्।

साउन १५ गतेभित्र ३२ लाख खोप, कोभिशिल्डको दोस्रो मात्रा पनि चाँडै

सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ। चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५ गतेभित्र ल्याउन लागिएको हो।

गोरखाको माथिल्लो क्षेत्र चुमनुब्रीमा हेलिकप्टरबाट खोप ढुवानी

गोरखाको माथिल्लो भेग चुमनुब्री गाउँपालिकामा कोरोना बिरुद्धको भेरोसिल खोप हेलिकप्टरबाट ढुवानी गरिएको छ ।

चीनले थप १६ लाख डोज खोप अनुदान दिने

खोपसहित दुई देशबीचको अन्य सम्बन्धका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। थप १६ लाखसहित चीनले नेपालमा अनुदानका रूपमा मात्र ३४ लाख डोज खोप दिनेछ। हालसम्म मित्रराष्ट्रका रूपमा सबैभन्दा बढी खोप अनुदानमा उपलब्ध गराउने राष्ट्रमा चीन हुनेछ ।

प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्र बढाउन निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनका लागि आवश्यकताअनुसार खोप केन्द्र बढाउन निर्देशन दिएका छन्।

काठमाडौँमा रोकियो खोप कार्यक्रम

कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासन बद्रीबहादुर खड्काले कोभिड १९ विरुद्धको भेरोसेल खोप अभियान असार २९ गतेदेखि साउन २ गतेसम्म सञ्चालन गर्ने भने पनि मौजुदा रहेको खोपको मौज्दात सकिएकाले अर्को सूचना नआएसम्मका लागि खोप कार्यक्रम स्थगित भएको बताए।

चीनले थप १६ लाख डोज खोप नेपाललाई अनुदानस्वरुप दिने

चीनले नेपाललाई थप १६ लाख कोरोना भाइरसविरुद्धको खोप अनुदानस्वरुप दिने भएको छ।

भेरोसेल खोप अभियानमा व्यापक दुरुपयोग

खोपमा दुरुपयोग भएपछि पाँच दिनसम्म चल्ने भनिएको अभियान शुक्रवार नै एक दिन अघि नै सकिने भएको बताए। लक्षित समुह बाहिरको समुहले खोप लिंदा लक्षित व्यक्तिले नपाइ अरुले पाउने स्थिति रहेको खड्गाको भनाइ छ। अपुग रहेका लक्षित समुहलाई अर्को पटक खोप उपलब्ध गराउने खड्गाले बताए।

खुट्टामा चोट लागेका बिरामीलाई रेबिजको खोप

बालिकाका आफन्तले स्वास्थ्यकर्मीले चरम लापरवाही गरी छोरीको स्वास्थ्यमाथि खेलवाड गरेको आरोप लगाए। अस्पतालमा कार्यरत स्वास्थ्य सहायक नितिशा कोइरालाले रेबिजविरुद्धको खोप लगाइरहेको लाइनमा बालिकाकी आमाले बालिकालाई पनि खोपको लाइनमै लगेकाले भुलवश रेबिजविरुद्धको खोप लगाइएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्