४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अनिवार्य कोरोना खोप कार्डविरुद्ध सर्वोच्चमा रिट

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सरोकारवाला निकायलाई विपक्षी बनाई आज अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोखरेलले उक्त आदेश माग गर्दै रिट निवेदन दायर गरेका हुन्।

कैलालीमा ६५ प्रतिशतले लगाए कोरोनाविरुद्ध पूर्ण खोप

कैलाली जिल्लामा सोमबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पनि मोडर्ना खोप लगाउने काम सुरु गरिएको छ। जिल्लामा रहेका एक लाख २० हजार बालबालिकालाई खोप लगाइने भएको छ।

बाह्र वर्षमाथिका बालबालिकालाई प्रभावकारी खोप लगाउन माग

सिजपका अध्यक्ष राजेश शर्मा र मीना शर्माले सोमबार विज्ञप्ति जारी गरी १२ देखि १८ वर्ष उमेर समूहका अझै ५० प्रतिशत बालबालिकालाई खोप लगाउन बाँकी रहेकाले सोबारे बालमैत्री सूचना प्रवाह गर्न माग गरेका छन्।

बालबालिकालाई मोडर्नाको दोस्रो मात्रा

स्थानीय तहले सम्बन्धित विद्यालयसँग समन्वय गरी खोप अभियान थालेको हो। प्रत्येक स्थानीय तहका विद्यालयमै र नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र राखिएको छ।

खोप लगाउन पाँच दिन विद्यालय खुलाइने

जिल्ला कोरोना सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले विद्यार्थीलाई मोर्डना खोपको दोस्रो डोज लगाउन पाँच दिन विद्यालय खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए। उनकाअनुसार विद्यालयका पठनपाठन भने माघ मसान्तसम्म नै बन्द हुनेछ।

आजदेखि तनहुँका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा

यसअगाडि नै पहिलो मात्रा लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो। जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो।

टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः हुँदै

अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताए।

‘कोभिड, जलवायु र द्वन्द्वका कारण विश्व खराब अवस्थामा’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटरेसले विश्वका अगाडि तीन प्रमुख चुनौती रहेको बताएका छन् । दक्षिण अफ्रिकासहित विश्वका अधिकांश देशमा कोरोना खोपको अभाव, विश्वको तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्ने चुनौती र धनी राष्ट्रको हितमा रहेको विश्वको वित्तीय व्यवस्थाको विषयलाई सम्बोधन गर्न आफू लागि पर्ने उनले बताए ।

न्यानोका लागि बालिएको कोइलाले ज्यान लियो

कोरोनाको खोपका कारण ज्वरो आइराखेले शुक्रबार राति तीन छोरासँगै खाटमुनि कोइला बालेर सुतिन्। न्यानोका लागि बालिएको त्यही कोइलाले तीन छोरासहित कल्पाको ज्यान लियो।

खोप अभियान प्रभावकारी बनाउन चिकित्सकको सुझाव

प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशनका पदाधिकारी तथा संक्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणका बारेमा छलफल गरेका हुन्।

होल्डिङ सेन्टर ४ दिनभित्र तयार पार्न निर्देशन

प्रदेश सरकारले कोरोना विरुद्धको खोप अभियानलाई पनि क्रमशः अघि बढाउने मुख्यमन्त्री राईले बताए। उनले शुक्रबार नै सर्वदलीय बैठकको आयोजना गरेर सबैलाई महामारी नियन्त्रणमा जिम्मेवार बनाउने जानकारी दिए। सीमा नाका बन्द गर्ने अधिकार प्रदेश सरकारलाई नभए पनि नाकाको अनियन्त्रित आवजावतलाई रोक्न सीमामा आवतजावत गर्न खोपकार्ड अनिवार्य गर्ने बताए।

खोप लगाउन ठेलमठेल!

काठमाडौंका विभिन्न खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड उल्लेख्य मात्रामा बढेको हो। बिहीबार टेकु अस्पतालमा धेरै भीड देखिएको छ।

कोरोना खोप लगाउन मान्दैनन् चेपाङ

जिल्लाको इच्छाकामना गाउँपालिका तथा कालिका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चेपाङको बसोबास रहेको छ। यी पालिकामा विसं २०६८ सालको जनगणनाअनुसार २८ हजार ९८९ चेपाङको बसोबास रहेको छ। त्यसमध्ये अहिलेसम्म छ हजार ३२७ अर्थात २१ दशमलव ८२ प्रतिशत चेपाङले कोरोनाविरुद्धको खोप लगाएका छन्। जिल्लामा रहेका सात पालिकामध्ये राप्तीमा दुई हजार ७०० चेपाङले खोप लगाएका छन्।

कोभिड–१९ विरुद्ध खोप लगाउनेको चाप बढ्यो

तर कोभिड–१९ विरुद्ध खोप लगाउन खोप केन्द्रहरुमा देखिएको भिडले स्वयं खोप लगाउन आउने सर्वसाधारण, स्वास्थकर्मी र भिड व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरु समेत कोभिड–१९ संक्रमणको जोखिममा उत्तिकै देखिन्छन्।

कोरोनाको खोप नलगाउनेलाई सेवाबाट बन्चित गरिने

यता रघुगंगा गाउँपालिकाले समेत खोप नलगाएकालाई वडास्तरमै खोप अभियान सञ्चालन गर्ने जनाएको छ। गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले खोप कार्ड नभएकालाई गाउँपालिकाले सेवा प्रवाहमा कडाई गर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्