२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

रुघाखोकी र ज्वरो प्रभावित करेलीकाँडाका बासिन्दा सामान्य हुँदै

डोल्पाको करेलीकाँडाका बासिन्दाको अवस्था उपचारपछि सामान्य हुँदै गएको छ। त्रिपुरासुन्दरी नगरपालिका १ करेलीकाँडा गाउँमा फागुनको पहिलो साताबाट फैलिएको मौसमी रुघाखोकी र ज्वरोले एकै गाउँका ८० जना बिरामी परेका थिए।

खुलेन बिरामीको कारण

फागुन १९ गते त्रिपुरसुन्दरी नगरपालिका–१ करेलीकाँडा गाउँमा रुघाखोकी र ज्वरोले घरैपिच्छे मानिसहरू थलापरेको समाचार नागरिक दैनिकमा छापिएपछि जिल्लामा सनसनी फैलियो।

रुघाखोकी र ज्वरोले सिंगो गाउँ थलियो

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ को करेलीकाँडामा रुघाखोकी र ज्वरोको प्रकोप फैलिएको छ। उक्त समस्याले एक सातादेखि ८० जना बिरामी ओछ्यानमै थला परेको बताइएको छ।

तीन सातामा रुघाखोकीका कारण हुम्लामा सात जनाको मृत्यु

पछिल्ला तीन सातायता हुम्लाका चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा रुघाखोकी र ज्वरोको प्रकोप फैलिएको छ। उपचार अभावमा यहाँका सात जनाले ज्यान गुमाइ सकेका छन्। स्थानीय स्वास्थ्य संस्थामा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा उक्त प्रकोप नियन्त्रण बाहिर छ।

रुघाखोकी लाग्दा हेलचक्र्याइँ गरे मृत्यु

भाइरल रुघाखोकीमा हेलचेक्र्याइँ गरी ढिलो उपचार सुरु गर्दा गत महिना आइसियुमै अर्को एकजनाको मृत्यु भएको अस्पतालले जनाएको छ।

रोगसँग लड्ने शक्ति बढाउन चाहनु हुन्छ ?

शरीरको प्रतिरक्षा प्रणाली (रोगसँग लड्ने शक्ति) कमजोर भयो भने मानिसलाई रुघाखोकीलगायत जुनसुकै रोगले पनि चाँडै आक्रमण गर्छ। यसकारण हामीले आफ्नो प्रतिरक्षा शक्ति बलियो बनाउन ध्यान दिनुपर्छ। यो बलियो भयो भने हतपत कुनै किटाणुले आक्रमण गर्न सक्दैन। यहाँ त्यही प्रतिरक्षा शक्ति बलियो बनाउने १० खानेकुराको चर्चा गरिन्छ।

बिग्रेला है रुघाखोकी!

केही सातादेखि मौसमी रुघाखोकी फैलिरहेकाले सतर्क हुन चिकित्सकहरूले सुझाव दिएका छन् । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा यसको प्रकोप फैलिरहेको उनीहरूले बताएका छन्।

तनहूमा ज्वरो र रुघाखोकीका बिरामी बढे

केही दिनयतादेखि दमौली अस्पतालमा ज्वरो र रुघाखोकीका बिरामीको संख्या बढ्दै गएको छ।  मौसम परिवर्तन सँगसँगै अस्पतालमा बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य प्रमुख रामकुमार श्रेष्ठले बताए। जेठको पहिलो हप्तादेखि नै बिरामीको चाप अत्यधिक रहेको जानकारी उनले दिए। भाइरल ज्वरो, विषमज्वरो, रुघाखोकीका बिरामीको चाप बढेको उनले बताए।

रुघाखोकीले १७ जनाको मृत्यु

मौसमी रुघाखोकीका कारण हालसम्म १७ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अक्टाेबर महिनासम्म तीन हजार एक सय १ बिरामीमा जाँच गर्दा एक हजार दुर्इ सय ९१ जनामा मौसमी रुघाखोकी देखिएको थियो । यसमध्ये १७ जनाको मृत्यु भएको हो ।

स्क्रब टाइफस र मौसमी रुघाखोकीबाट १६ को मृत्यु

नेपालमा पछिल्लो आठ महिनामा मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) र स्क्रब टाइफस रोगबाट १६ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्