१९ वैशाख २०८१ बुधबार
image/svg+xml

लागूऔषधसहित दुई जना पक्राउ

पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ बाट शनिवार सशस्त्र प्रहरीकाे टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

घुससहित मालपोत प्रमुख पक्राउ

तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद दाहाल रु २५ हजार घुससहित पक्राउ परेका छन्। उनलाई अख्तियारको टोलीले आज दिउँसो सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गरेको हो।

फरार अभियुक्त पक्राउ

बाह्र वर्षीय बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका एक युवकलाई राजविराज प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

सांसदलाई पेस्तोल ताकेको आशंकामा ७५ पक्राउ

प्रतिनिधिसभा सदस्य निरुदेवी पाललाई मंगलबार साँझ कञ्चटमा पेस्तोल ताकेको घटनामा अनुसन्धान गर्न काठमाडौं प्रहरीले शंकास्पद ७५ जनालाई नियन्त्रणमा लिएको छ।

राज्यमन्त्री शर्मालाई पक्राउ गर्न परमादेश

विभिन्न मुद्दामा संघीय प्रहरीसँग टकरावमा उत्रिएको प्रदेश सरकार र प्रहरीबीच एकपटक फेरि घम्साघम्सी पर्ने संकेत देखिएको छ ।

२ सय ३ किलो गाँजासहित ६ पक्राउ

प्रहरीले २ सय ३ किलो ७ सय २० ग्राम लागुऔषध गाँजासहित ६ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ। सवारी साधनमा लुकाई छिपाई भारततर्फ लादै गरेको १ सय १५ किलो लागुऔषध गाँजासहित २ जना र भारतीय जिपबाट ८८ किलो ७ सय २० ग्राम गाँजासहित ४ जनालाई प्रहरीले पक्राउ गर्दै विहिवार सार्वजनिक गरेको हो।

दश वर्षीया बालिका करणी गर्ने एक व्यक्ति पक्राउ

दश वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बू पक्राउ परेका छन्।

बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ

सात वर्षिया बालिकामाथि जबर्जस्ती करणी उद्योगको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ परेका छन्। सदरमुकाम स्थित मलंगवा नगरपालिका–२ निवासी ६५ वर्षीय तेजनारायण रायलाई जवरजस्ती करणी उद्योगको आरोपमा बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रमुख प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए।

छुवाछुत गरेको आरोपमा एक पक्राउ

छुवाछुत गरेको आरोपमा सर्लाही प्रहरीले बुधबार एक व्यक्तिलाई पक्राउ गरेको छ। गोडैता नगरपालिका–९ निवासी ५१ बर्षीय शुभलाल  राय यादवलाई गाउँकै दलित समुदायका एक व्यक्ति माथि छुवाछुत गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने पक्राउ

बलात्कारको घटना सम्बन्धमा झूटो खबर फैलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक अनलाइनका अध्यक्ष एवं प्रबन्ध निर्देशक एञ्जिला सापकोटालाई आज काठमाडौँबाट पक्राउ गरेको छ।

जबरजस्ती करणी प्रयास गरेको आरोपमा युवक पक्राउ

डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका १० का २९ वर्षीय एक युवकलाई प्रहरीले बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरेको छ। त्रिपुरासुन्दरी नगरपालिकाभित्र बसोबास गर्ने ३१ वर्षीया महिलालाई जबरजस्ती बलात्कार प्रयास गरेको आरोपमा इबे भनेर चिनिने युवराज बोहरालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

विदेश पठार्इदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

महानगरीय अपराध अनुसन्धान महाशाखाले कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्ने एक जनालाई बुधबार काठमाडौंबाट पक्राउ गरेको छ।

घुस लिएको आरोपमा ईन्जिनियर पक्राउ

अख्तियार अनुसन्धान दुरुपयोग आयोगको टोलीले गुलरिया नगरपालिका कार्यालयका सब ईन्जिनियरलाई मंगलबार पक्राउ गरेको छ। सेवाग्राहीसँग १० हजार घुस लिएको आरोपमा सहायक ईन्जिनियर रमेश गौतमलाई अख्तियारको टोलीले पक्राउ गरेको हो।

विराटनगरका फार्मेसीमा नक्कली औषधि, तीन पक्राउ

विराटनगरका फार्मेसीमा नक्कली औषधि बिक्रि बितरण हुने गरेको खुलासा भएकाे छ। विराटनगरका केहि फार्मेसीमा जिल्ला प्रहरी कार्यालय मोरङले छापा मार्दा नक्कली औषधि बिक्रि बितरण हुने गरेको पाइएको हो।

पूर्वपश्चिम राजमार्ग र उपत्यकामा चोरी गर्ने समूह पक्राउ

पूर्वपश्चिम राजमार्ग क्षेत्रका विभिन्न बजार एवं काठमाडौंमा समेत मोबाइल, ल्यापटप लगायत विद्युतीय सामान चोरेर आतंक मच्चाईरहेको समूहलाई पक्राउ गरी हरिवन प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्