१२ मंसिर २०८१ बुधबार
image/svg+xml

इजिप्टका राजदूतमा अर्याल नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्र मन्त्रालयका सहसचिव झवीन्द्रप्रसाद अर्याललाई साेमबार अरब गणतन्त्र इजिप्टका लागि राजदूतमा नियुक्त गरेकी छन्।

भारतीय राजदूतको तर्क कांग्रेस केन्द्रीय समिति छिर्‍यो

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा शुक्रबार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु नहुने राय दिएका छन्। बिहीबारदेखि सुरु भएको बैठकमा दोस्रो दिन बोल्ने १७ मध्ये प्रदीप पौडेलबाहेकका केन्द्रीय सदस्यले लोकमानसिंहको बचाउ गरेका हुन्।

भारतीय राजदूतलाई पदीय मर्यादा नभुल्न युवा संघको चेतावनी

एमाले भातृ संगठन युवा संघले निलम्बित अख्तियार प्रमुख लोकमान सिंह जोगाउन भारतीय राजदूतले गरिरहेको चलखेलप्रति आपत्ति जनाएको छ। कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भइसकेको अवस्थामा विदेशी चलखेल हुनु अनावश्यक रहेको संघले जनाएको छ।

लोकमान जोगाउन भारतीय राजदूत सक्रिय

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई बचाउन नेपालका लागि भारतीय राजदूत रन्जित रे कूटनीतिक मर्यादाविपरीत प्रधानमन्त्री र प्रमुख दलका नेताको घर–घर चहार्न थालेका छन्।

चिनियाँ राजदूत र चाइना बुद्धिस्ट ऐशोसियनका उपाध्यक्ष प्राचीन कपिलवस्तुमा

जिवित बुद्धका रुपमा मानिएका चाइना बुद्धिस्ट एशोसियनका उपाध्यक्ष झुकाङ र नेपालकालागि चिनियाँ राजदूत वु चिन्ताई सहितको टोली सोमवबर प्राचीन कपिलवस्तुस्थित चार बुद्ध स्थलको अवलोकन भ्रमण गरेका छन्। लुम्बिनीहुँदै प्राचीन कपिलवस्तुमा आएको सात सदस्यीय टोलीले बुद्धस्थल निग्राधरमा कुदान, गोटिहवा, तिलौराकोट र निगालीकोटको भ्रमण गरेका हो।

राष्ट्रिय हित र स्वार्थका लागि काम गर्छु: नवनियूक्त राजदूत सुवेदी

लन्डन- बेलायतका लागि नवनियुक्त राजदूत दुर्गा बहादुर सुवेदीले आफ्नो ४ बर्षे कार्यकालमा नेपालको हित र स्वार्थका लागि काम गर्ने बताएका छन्।

नेपाल–भारत सम्बन्ध सुध्रियोः भारतीय राजदूत

नेपालका लागि भारतीय राजदूत रञ्जित रायले पछिल्लो समय नेपाल र भारत दुबैको तर्फबाट भएका उच्चस्तरीय द्विपक्षीय भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको बताएका छन्।

राजदूत सुवेदीद्वारा पदभार ग्रहण

बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदीले बिहीबारदेखि नेपाली दूतावास लन्डनको कार्यभार समालेका छन्। बुधवार साँझ बेलायत आइपुगेका डा. सुवेदीले शुक्रवारदेखि नै आफ्नो पदभार ग्रहण गर्दै सेवाग्राहीको सुविधालाई थप प्रभावकारी बनाउने केही निर्णय गरेका छन्।

रोकियो राजदूत सुनवाइ

संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ। भारत र चीनका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्याय र लीलामणि पौडलको नाममा बुधबार सुनुवाइ गरेको समितिले बिहीबार निर्णय गर्ने जनाएको थियो।

भारत र चीनकालागि प्रस्तावित राजदूतको सुनुवाई प्रक्रिया स्थगित

संसदीय सुनुवाई विशेष समितिले भारत र चीनकालागि प्रस्तावित राजदूतको सुनुवाईको मिति अर्को सूचना जारी नभएसम्मकालागि स्थगित गरेको छ। बुधबार समितिले भारतकालागि प्रस्तावित राजदूत दीपकुमार उपाध्याय र चीनकालागि प्रस्तावित राजदूत लिलामणि पौडलमाथि परेका उजुरीमाथि छानविन गरेको थियो।

चीनसँग सम्झौता गर्दा अरुलाई सोध्नु पर्दैन : प्रस्तावित राजदूत पाैडेल

व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिमा बुधबार चीनका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको छ। सुनुवाइमा बोल्दै चीनका लागि प्रस्तावित राजदूत लीलामणि पौडेलले चीनसँग भएको सम्झौता कार्यान्वयनका लागि आफूले राजदूत पद स्वीकार गरेको बताए।

भारतीय राजदूत कोरला नाकामा

भारतीय राजदूत रणजित राय नेपाल र चीनको सीमा कोरला पुगेर त्यहाँको वस्तुस्थितिको जानकारी लिएका छन्। भारतले नेपालमाथि नाकाबन्दी लाएपछि तत्कालीन केपी शर्मा ओली सरकारले सो नाका खोल्न कसरत गरेको थियो।

९०,०००औँ शरणार्थी ठटाललार्इ अमेरिकी राजदूतले गरिन् बिदाइ

नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले संयुक्त राज्य अमेरिकामा पुनर्वास हुन गइरहेकी ९०,०००औँ भुटानी शरणार्थी सरीमाया ठटाललाई नेपालबाट बिदाइ गरेकी छन्। अमेरिकाको न्यू ह्याम्पशियरमा नयाँ जीवनको थालनी गर्नका लागि ठटाल आफ्ना चार सन्तानका साथ नेपालबाट भोलि प्रस्थान गर्दैछिन्।

राजदूतमाथि सुनुवाइ प्रक्रिया सुरु

संसदीय सुनुवाइ समितिले भारत र चीनका लागि राजदूत सिफारिस नाममाथि सुनुवाइ प्रक्रिया सुरु गरेको छ। समितिको मंगलबार बसेको बैठकले राजदूत सिफारिस गरिएका नाममा सार्वजनिक सूचना आह्वान गर्दै प्रक्रिया थालेको हो।

नेपालको प्रचार गर्न नवनियुक्त राजदूतलाई आग्रह

निजी क्षेत्रले नेपालमा प्रचूर सम्भावना भएका गन्तव्यको विदेशमा प्रचार गर्न नवनियुक्त राजदूतहरुलाई अनुरोध गरेको छ। नेपालको प्रतिनिधित्व गर्दै जर्मनी, अस्ट्रिया र ब्राजिलका लागि सिफारिस भई जाने क्रममा रहेका राजदूत क्रमशः रमेश खनाल, प्रकाश सुवेदी र ताराप्रकाश पोखरेलसँग सोमबार नेपाल उद्योग परिसंघका पदाधिकारीले यस्तो अनुरोध गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्