काठमाडौं- संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ। भारत र चीनका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्याय र लीलामणि पौडलको नाममा बुधबार सुनुवाइ गरेको समितिले बिहीबार निर्णय गर्ने जनाएको थियो।
बिहान साढे आठ बजे बैठक बोलाए पनि समितिले बुधबार साँझै सूचना प्रकाशित गरी स्थगित गरेको हो।
समिति सदस्य एवं एमाले प्रमुख सचेतक भानुभक्त ढकालले सुनुवाइ प्रक्रिया स्थगित हुनुको कारणबारे जानकारी नगराइएको बताए। नेपाली कांग्रेसका सचेतक तथा समितिका सदस्य चिनकाजी श्रेष्ठले सभापति कुलबहादुर गुरुङ अस्वस्थ रहेका कारण समिति बैठक स्थगित भएको जानकारी दिए।
प्रकाशित: १४ आश्विन २०७३ ०१:४३ शुक्रबार