१२ मंसिर २०८१ बुधबार
image/svg+xml

खुल्यो राजदूत नियुक्तिको बाटो

सर्वोच्च अदालतले यसअघि दिएको अन्तरिम आदेश खारेज गर्दै नयाँ राजदूत नियुक्तिको बाटो खोलिदिएको छ। राजनीतिक भागबण्डाका आधारमा राजदूत सिफारिस भएका व्यक्तिले हालेको मुद्दामा आइतबार अन्तिम निर्णय गर्दै सर्वोच्चले राजदूत नियुक्त गर्ने सम्पूर्ण अधिकार मन्त्रिपरिषद्मा रहेको ठहर गरेको हो।

राजदूत सिफारिसको बाटो खुल्यो

काठमाडौ- सर्वोच्च अदालतले राजनीतिक भागवन्डाको आधारमा राजदूतमा सिफारिस परेका व्यक्तिहरुले हालेको मुद्दामा यसअघि जारी भएको अन्तरिम आदेश खारेज गर्दै रिक्त स्थानहरुमा नयाँ सिफारिस गर्ने वाटो खोलिदिएको छ।

राजदूतमा 'राम्रा' नाम

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निकटतम छिमेकी भारत र चीनमा राजदूत नियुक्तिका लागि आशालाग्दा दुई व्यक्ति सिफारिस गरेको छ। ती दुई नाम हुन्– लीलामणि पौडेल र दीपकुमार उपाध्याय। पौडेलले सरकारको मुख्य सचिवबाट केही समयअघि मात्र अवकाश पाएका हुन् भने उपाध्यायलाई बिनाकारण पूर्ववर्ती केपी शर्मा ओलीले भारतको राजदूतबाट फिर्ता बोलाएको थियो।

भारत र चीनका लागि राजदूत सिफारिस

मन्त्रिपरिषद बैठकले भारत र चीनका लागि राजदूत सिफारिस गरेको छ। भारतका लागि दिपकुमार उपाध्याय र चीनका लागि लिलामणी पाैडेल राजदूतमा सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताए।

उपराष्ट्रपति पुनसँग साउदी अरबका राजदूत अलको भेट

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि साउदी अरबका राजदूत अहम जसिन अल हमारले भेटघाट गरेका छन्। आईतबार कान्तिपथ बहादुरभवनस्थित उपराष्ट्रपतिको कार्यालयमा राजदूत हमारले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन्।

‘प्रधानमन्त्रीको भ्रमणअघि नै भारतमा राजदूत नियुक्ती’

परराष्ट्रमन्त्री प्रकाशशरण महतले रिक्त रहेका छिमेकी मुलुक भारतसहित सबै स्थानमा चाँडै नै राजदूत नियुक्ती हुने बताएका छन्। मन्त्री महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अगावै भारतका लागि राजदूत नियुक्ती गर्नेबारे कुराकानी भइरहेको बताएका हुन्।

राष्ट्रपतिद्वारा लम्साल र खनाललाई राजदूत नियुक्त

मन्त्रिपरिषद्ले सिफारिस गरेका दुई सहसचिवलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गरेकी छन्।

उपराष्ट्रपतिसँग उत्तर कोरियाली राजदूतको भेट

काठमाडौं-उपराष्ट्रपति नन्दबहादुर पुन सँग नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ हकले शिष्टाचार भेट गरेका छन्। उपराष्ट्रपतिसँग राजदूत हकले कान्तिपथ बहादुर भवनस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार अपरान्ह शिष्टाचार भेट गरेका हुन्।

‘राजदूत सिफारिस फिर्ता लिने निर्णय कार्यान्वयन नगर्नू'

सर्वोच्च अदालतले विभिन्न देशका लागि राजदूत सिफारिस व्यक्तिहरूको नाम फिर्ता लिने सरकारको निर्णय कानुनसम्मत नभएको ठहर गर्दै कार्यान्वयन नगर्न भनेको छ। सिफारिस फिर्ता गरिएका चार राजदूतले दायर गरेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले बुधबार पुष्पकमल दाहाल नेतृत्व सरकारको निर्णय भदौ ८ गतेसम्मका लागि यथास्थानमा राख्न अन्तरकालीन आदेश जारी गरेको हो।

१४ राजदूतको नाम फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले केपी ओली सरकारले सिफारिस गरेका १४ राजदूतलाई फिर्ता बोलाउने नयाँ सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले भदौ आठ गतेसम्म उक्त निर्णय यथास्थानमा राख्न आदेश दिएको हो।

अमेरिकी राजदूतद्वारा क्षेत्रीय नमुना राष्ट्रसंघ सम्मेलन उद्‌घाटन

नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले आज दक्षिण तथा मध्य एसियाली विश्‍वविद्यालय स्तरीय क्षेत्रीय नमूना राष्ट्रसंघीय सम्मेलनको उद्‍घाटन गरेकी छिन्।

प्रधानमन्त्री–अमेरिकी राजदूत भेट

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिज्बीच भेटवार्ता भएको छ।

भारतीय राजदूतसँग ओलीले भने–आन्तरिक मामिलामा हस्तक्षेप अस्वीकार्य

एमाले अध्यक्ष एवं निर्वतमान प्रधानमन्त्री केपी ओलीले नेपालको आन्तरिक राजनीतिमा हुने पनि अस्वाभाविक चलखेल स्वीकार्य नहुने बताएका छन्।

चिनियाँ राजदूतले एमाले अध्यक्ष ओली भेटे

काठमाडौं- नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसंग चिनियां राजदूत उ चुन्ताईले ओली निवास बालकोटमा शुक्रबार भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा ९ महिना सरकारको नेतृत्व गर्दा नेपाल र चीनबिच द्धिपक्षीय दिर्घकालिन हितका बिषयमा महत्वपुर्ण सम्झौताहरु भएको भन्दै तीनको कार्यान्वयन हुने बिश्वास राजदूतले व्यक्त गरे।

१४ राजदूतको सिफारिश रद्द, करिअर डिप्लोम्याटको यथावत

केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राजदूतहरुको सिफारिस शुक्रबारको मन्त्रिपरिषद बैठकले फिर्ता लिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्तिको रुपमा सिफारिसमा परेका १४ राजदूतको नाम फिर्ता लिएको अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्