१० मंसिर २०८१ सोमबार
image/svg+xml

राष्ट्रपतिसमक्ष फ्रान्सेली राजदूतको बिदाइ भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि फ्रान्सका राजदूत फ्राँस्वा–जेभिएर लेगले आज शिष्टाचार बिदाइ भेट गरेका छन्।

डा खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन्।

नेपाल र अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध अझै गाढा छ: राजदूत खतिवडा

शनिबार न्यूयोर्कमा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएन) राष्ट्रिय समन्वय समितिको दशौँ वार्षिक साधारणसभा तथा पदस्थापन समारोहमा राजदूत खतिवडाले अमेरिका र नेपालबीच राजनीतिक र कूटनीतिक तवरको भन्दा पनि नागरिकस्तरको सम्बन्धसमेत सुदृढ रहेको स्मरण गर्दै नेपाली मूलका अमेरिकी नागरिकलाई त्यसमा थप योगदान गर्न अपिल गरे।

बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

निर्देशिका संशोधनः स्नातकबिनै राजदूत

वर्तमान सरकारले आफैंले बनाएको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका राजनीतिक नियुक्तिलाई सहज हुने गरी संशोधन गरेको छ।

अत्यावश्यक स्वास्थ्य सामग्री जुटाउँदै युवा राजदूत

विश्व नै कोरोना महामारीबाट प्रभावित भइरहेकाले सहयोगको आश्वासन प्राप्त भए पनि सहजै सहयोग जुटिरहेको अवस्था छैन। यसबीचमा कतिपय मुलुकमा नियोग प्रमुखको जिम्मेवारीमा रहेका नेपाली युवा राजदूतको पहल र संक्रियता भने प्रशंसनीय देखिएको छ।

उपप्रधानमन्त्री र स्वीजरल्याण्डकी राजदूतबीच संवादः स्वीजरल्याण्डबाट शनिबार स्वास्थ्य सामग्री आइपुग्ने

स्वीजरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्वको लडाईंमा साथ दिँदै नेपाललाई यसैसाता बिभिन्न स्वास्थ्य सामाग्री पठाउने भएको छ।

निर्देशिका मिचेर राजदूत सिफारिस

प्रधानमन्त्री ओली नेतृत्वकै सरकारले २०७५ सालमा अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रभावकारी बनाउन योग्य र सम्बन्धित क्षेत्र जानकार व्यक्तिहरूलाई नै राजदूत बनाउनुपर्ने भन्दै निर्देशिका जारी गरेको थियो। तर सो निर्देशिका जारी गर्ने पक्षले नै उल्लंघन गर्दै राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको छ।

अमेरिकाबाट अर्को साता स्वास्थ्य सामग्री आउने

भेन्टिलेटर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको बताए।

व्यापार र लगानीमा सहयोग गर्छु: दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत विश्वकर्मा

दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले आफ्नो कार्यक्षेत्रभित्र पर्ने १२ मुलुकमा व्यापार तथा लगानीका सम्भाव्यताको पहिचान गरी व्यापार प्रवर्धन तथा त्यहाँबाट लगानी भित्र्याउन सक्दो पहल गर्ने बताएका छन्।

पाटनबाट ३६ वर्षअघि चोरी भएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

नेपालबाट ३७ वर्षअघि चोरी भएको लक्ष्मीनारायण (वसुदेव–कमलाजा) को मूर्ति अमेरिकाले हस्तान्तरण गरेको छ। अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) का टिमोथी एन ड्युनह्यामले उक्त लक्ष्मीनारायणको महत्वपूर्ण मूर्ति अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडालाई नेपाली दूतावासमै एक कार्यक्रम गरी हस्तान्तरण गरेका हुन्।

भारतले तीन सम्पदा पुनर्निर्माणमा सघाउने

काठमाडौंस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन एकाइ (भवन) का परियोजना निर्देशकले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

दुबईमा सय नेपालीले आठ महिनादेखि तलब पाएनन्

पारिश्रमिक नदिएको कम्पनीले कार्यरत अधिकांशको भिसा रद्द गर्दा २०–२५ हजार रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने अवस्था आएको पीडितको भनाइ छ। ‘मेरो भिसाको अवधि सकिन पनि चार दिन जति बाँकी छ,’ उनले फोन सम्पर्कमा भने। आठ महिनादेखि पारिश्रमिक नपाउँदा साथीभाइसँग ऋण लिएर गुजारा चलाइरहेको बताए।

नेकपा एकताका लागि चिनियाँ राजदूतको दौडधूप

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि नेकपालाई विभाजनबाट रोक्न चिनियाँ उच्च अधिकारी सक्रिय भएका छन् । सो क्रममा दुई दिनयता चिनियाँ राजदूत होउ यान्छीले नेकपा ओली समूहका नेतासँग भेटघाट गरेकी छिन् ।

राजदूत आर्चायले बिहारका मुख्यमन्त्री नीतीश कुमारलाई भेटे

भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले बिहारका मुख्यमन्त्री नीतीश कुमारसँग भेटवार्ता गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्