८ वैशाख २०८१ शनिबार

चिया बगान र नजिकका बस्तीमा घाँटी र फोक्सोको क्यान्सर

भारतीले अहिले पनि क्यान्सरविरुद्ध प्रतिरक्षा क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधि किनेर खाइरहेकी छिन्। उनीजस्तै यो चिया बगान र बस्तीमा घाँटी र फोक्सोको क्यान्सर हुने धेरै छन्।

स्वास्थ्य मन्त्रालयको प्रदेशद्वारमा कृत्रिम फोक्सो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणले गर्दा हुने असरबारे जानकारी गराउन मन्त्रालयको मूलद्वारमा कृत्रिम फोक्सो राखेको छ।

धूमपान नगर्नेमा पनि फोक्सोको क्यान्सर बढ्दै

कहिल्यै धुमपान नगरेका, प्रदूषणको सम्पर्कमा पुगेका, धुमपान नगर्ने ( तर अरूको गरेको धुमपानको सम्पर्कमा पुगेका) आन्तरिक तथा बाह्य प्रदूषण र प्रदूषित वातवरणको सम्पर्कमा काम गर्नेहरूमा फोक्सोको क्यान्सर देखिएको चिकित्सकहरूको जनाएका छन्।

फोक्सो र मुटुका बिरामीलाई छ लाख सहयोग

पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङका रामे तामाङको उपचारका लागि विभिन्न देशमा रहेका नेपालीले छ लाख १० हजार रूपैयाँ सहयोग गरेका छन्।

कोरोना संक्रमणको असरले नयाँ रोग

चिकित्सकका अनुसार कोरोना संक्रमणको गम्भीर तथा मध्यम लक्षण भएकाहरूमा संक्रमणपछि कपाल झर्ने, मुटुको चालमा गडबडी हुने, हृदयघात, मधुमेह बढ्ने तथा अन्य स्नायु सम्बन्धी रोग लाग्ने गरेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुुर पुनका अनुसार कोरोना सन्चो भएपछि उनीहरूमा अन्य नयाँ रोग देखिएका छन्।

कोरोना संक्रमणको फोक्सोमा दीर्घकालीन असर कस्तो

कोभिड-१९ ले सङ्क्रमित मानिसहरूको फोक्सोमा तीन महिनाभन्दा धेरै समयपश्चात् पनि खराबी गराइरहेको पाइएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

लक्षण नदेखिने कोरोना संक्रमितको शरीरमा पनि हुन्छ यस्तो क्षति: अनुसन्धान

क्यालिफोर्नियास्थित स्क्रिप्स ट्रान्सलेसनल रिसर्च इन्स्टिच्युटका अनुसार लक्षण नदेखिएका संक्रमितको पनि फोक्सोमा क्षति भएको अनुसन्धानबाट पत्ता लागेको हो।

फोक्सोमा एडिनोकार्सिनोमा बढिरहेको छ

–फोक्सोमा क्यान्सर हुनुको ९० प्रतिशत कारण चुरोट हो। त्यसपछि १० प्रतिशत कारणमा प्रदुषण,औधोगिक प्रदुषण,सवारी साधनवाट निस्कने प्रदुषण,रेडियशन,एक्सरे,युरेनियम कारखानामा काम गर्नेहरुमा पनि फोक्सोको क्यान्सर हुन्छ। एचवेस्टर (आगो निरोधक)को कणमा सम्पर्क हुँदा पनि क्यान्सर हुन्छ।

बढी तौल हुनेको फोक्सोमा बोसोयुक्त गिर्खा

बढी तौल तथा मोटोपना हुने मानिसको फोक्सोमा बोसो पलाएको पाइएको छ। हालै अस्ट्रेलियामा भएको एक अनुसन्धानबाट यस्तो पत्ता लागेको हो। अनुसन्धानकर्ताले ५२ जना मानिसको फोक्सो नमुना लिएर विश्लेषण अध्ययन गर्दा उनीहरूमा बोसोका डल्ला बढेको पाएका थिए।

तीन सय बढी क्षयरोगका बिरामी

रोल्पा - रोल्पामा हरेक वर्ष ३०० बढी क्षयरोगका बिरामी देखिने गरेका छन्। यस्ता बिरामीमध्ये ९० प्रतिशत बढी उपचारपछि निको हुने गरेको पाइएको छ। स्वास्थ्य कार्यालय रोल्पाका अनुसार जिल्लामा १८७ यस्ता बिरामीमा खतरनाक कीटाणु देखिएको छ। यसैगरी फोक्सोमा क्षयरोग भएका ३३ बिरामीले उपचार गराएका छन्। तीन बिरामीको भने अन्य अङ्गमा यस्तो रोग देखिएको स्वास्थ्य कार्यालय रोल्पाकासूचना अधिकारी नोखराज पोखरेलले जानकारी दिए।

श्वासका बिरामीलाई जाडोमा जोखिम

श्वास–प्रश्वास तथा फोक्सोसम्बन्धी रोगीका लागि जाडो मौसम अत्यन्तै कष्टकर मानिन्छ। यस्ता रोगीले यो मौसममा कसरी आफ्नो स्वास्थ्यको ख्याल राख्ने ? नेपालमा श्वास–प्रश्वास एवं फोक्सोसम्बन्धी रोग उपचारको अवस्था कस्तो छ ? प्रस्तुत छ– नागरिककर्मी पवित्रा सुनारले काठमाडौंस्थित वीर अस्पतालको चेस्ट क्लिनिकका प्रमुख डा.अशेष ढुंगानासँग गरेको कुराकानीः

प्रेम दिवसमा आफ्नो फोक्सोलाई माया गर्न आग्रह

वायु प्रदूषणको विरुद्धमा साझा संकल्प लिने प्रयत्नका साथ सञ्चालन भइरहेको साताव्यापी अभियान  ‘मास्कमाण्डु हैन हामीलाई काठमाडौँ चाहिन्छ’ भन्दै  बुधवार समापन गरिएको छ ।

फोहोर बालेर तातो खोज्दा बिग्रँदैछ फोक्सो

घरवरपर वा सडक सफा राख्न धेरैले जानेको काइदा हो, वरपरको फोहोर जम्मा गरेर बालिदिने । त्यसमा पनि चिसो बढेसँगै आगो ताप्न फोहोर पनि बाल्ने क्रम बढ्छ । तर, यसले वातावरण प्रदूषित बनाई स्वास्थ्यसमस्या निम्त्याउने क्रम पनि बढेको छ। जनस्वास्थ्य तथा वातावरणविद्का अनुसार उपत्यकामा घरबाहिरका फोहोर बाल्ने यही प्रचलन वातावरण प्रदूषणको प्रमुख कारण बन्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्