१२ मंसिर २०८१ बुधबार
image/svg+xml

बुढीगंगा नदी थुनिने खतरा

जिल्लाको ठूलो बुढीगंगा नदी थुनिने खतरा बढेको छ। बुढीगंगा र त्रिवेणी नगरपालिकाको बीचमा द्धवारीमा नदी थुनिने खतरा बढेको हो। त्रिवेणी नगरपालिका–९ पैमाबाट खसेको पहिरोका कारण नदी थुनिने खतरा बढेको हो। नदी अघिल्लो वर्ष पनि सात दिनसम्म थुनिएको थियो।

एक सातादेखि मध्यपहाडी राजमार्ग  बन्द

बाढी र पहिरोको चपेटामा परेको मध्यपहाडी राजमार्ग एक साता वितिसक्दा पनि खुल्न सकेको छैन। गत असार २६ गतेदेखि अवरुद्ध राजमार्ग हालसम्म पनि खुल्न नसकेको स्थानीयले बताएका छन्।

‘कतै बाढी त कतै खडेरी’

तराईका अधिकांश जिल्ला यतिखेर बाढीको डुबानमा छन्। ठाउँठाउँमा बाढीपहिरोको समस्या पनि उस्तै छ। नेपालको चेरापुञ्जीको रुपमा पनि चिन्ने गरिएको पोखरा र आसपासमा भने अझै पर्याप्त पानीको अभावमा कतिपय स्थानमा रोपाइँ नहुँदा खेत बाँझै छन्।

राहतका लागि सांसदलाई ज्ञापन

कर्जन्हा नगरपलिकाको बाढीप्रभावित क्षेत्रमा मंगलबार् यस क्षेत्रका प्रदेश सांसद दीलिप कुमार साहले स्थलगत रुपमा पीडितहरुसँग भेटेका छन्। बाढीडितको समस्या, अवस्था र हाल संसद र सरकारलाई अवगत गराउने राहत उपलब्ध गराउने उनले आश्वस्त पारेका थिए।

जहाँजहाँ सडक, त्यहाँत्यहाँ पहिरो

घरभन्दा माथिबाट खसेको पहिरोले घर बगाउँदा खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका रेखा राई, ३ वर्षका छोरा रोमन र ७ महिनाको छोरा रोजनको मृत्यु भयो। असार २७ गते बिहान गएको पहिरोमा रेखाका श्रीमान विष्णु घाईते भए। उनलाई आफन्तले टाउको मात्र बाहिर निस्केको अवस्थामा पहिरोबाट बाहिर निकालेका थिए।

बाढीपछिको डुबानः २ वर्षीय बालकको घर छेउमै डुबेर मृत्यु

अबिरल वर्षासँगैको बाढीपछि जमेको पानीमा डुबेर रौतहटमा एक बालकको मृत्यु भएको छ।

विपी राजमार्ग एकतर्फी खुल्यो

६ दिनसम्मको लगातारको बर्षाले अवरुद्ध विपी राजमार्ग एकतर्फी खुलेको छ। बनेपा, सिन्धुली बर्दिबास सडक खण्डको ठाँउ/ठाँउमा खसेको पहिरोलाई पन्छाएर एकतर्फी सडक खुलाइएको हो।

प्रहरी हिरासतबाटै तीन थुनुवा फरार

खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी हिरासतमा रहेका तीन थुनुवा फरार भएका छन्।

बाढी पीडितहरुको राहत, उद्धार र उपचार सरकारले गर्ने

सरकारले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ

पहिरोले थुनिएको खोला फुट्यो

जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिका– ६ स्थित दनुवार बेँसीको तीनटाट्नेमा शनिबार दिउँसो आएको पहिरोले थुनिएको बैद्यनाथ खोला आज बिहान फुटेको छ।

पहिरोले घर भत्किँदा बालिकाको मृत्यु

अविरल वर्षासँगै गएको पहिरोले घर भत्किँदा शुक्रबार धादिङमा बालिकाको मृत्यु भएको छ। गजुरी गाउँपालिका वडा नं ४ दरिङगाल बालुवाडाँडामा स्थानीय कृष्णबहादुर तामाङको एक तले ढुङगा माटो र टिनले छाएको कच्ची घरमा पहिरो आइ घर भत्किँदा उनको ८ वर्षीया छोरी अस्मिता तामाङको मृत्यु भएको हो।

भोजपुरमा दुईको मृत्युः जसको चर्पी बस्दाबस्दै गयो ज्यान

पाँच दिनदेखि परेको अविरल वर्षाले भोजपुरमा दुई जनाको ज्यान गएको छ। अविरल वर्षातको कारण घर भत्किँदा र चर्पी बगाउँदा मृत्यु भएको हो।

पहिरोले घर पुरिँदा आमा र दुई छोरा बेपत्ता, उद्धारको प्रयास जारी

माथिबाट झरेको पहिरोले घर पुरिँदा खोटाङमा आमा र दुई छोरा बेपत्ता भएका छन्। वर्षाका कारण झरेको पहिरोले घर पुर्दा खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित बाघपच्याङका विष्णु राईको घर पुरिँदा उनी श्रीमती रेखा राई र दुई नावालक छोरा बेपत्ता भएको वडाध्यक्ष दिपेन राई नागरिक न्यूजलाईले बताए।

पहिरोले ४ परिवार विस्थापित, दर्जन घर जोखिममा

विकासको नाममा गरिएका अव्यवस्थित सडक निर्माणले वर्षातको सुरुवातसँगै विनाश गर्न थाालेको छ। महाकाली नगरपालिका–९ दत्तुमा सडक निर्माणको कारण खसेको पहिरोबाट चार घरपरिवार विस्थापित भएका भने पुरै बस्ती जोखिममा रहेको छ।

कुटपिट गर्ने ‘धर्तीमाता’ हिरासतमा, बुटबलमा पनि कुटपिट गरेको उजुरी

अघिल्लो साता काठमाडौं भद्रकालीमा युवतीमाथि हातपात गरेकी कथित ‘धर्तीमाता’ विष्णु कुँवरले विगतमा पनि माताको भेषमा विभिन्न व्यक्तिमाथि हातपात गर्दै आएको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्