१६ वैशाख २०८१ आइतबार
image/svg+xml

गाउँघरमा घटे युवा, कोही छैनन् पिङ खेल्ने

गाउँघरमा युवा शक्तिभन्दा बूढापाकामात्र हुन थालेपछि दसैँ–तिहार लगायतका चाडपर्वमा लगाइने पिङसमेत भोजपुरमा लोपोन्मुख बन्दै गएको छ।

सिविल ड्रेसमा जब प्रहरी प्रमुख बसपार्क पुगे..

दसैँ तिहारको मौका छोपेर जथाभावी यात्रु चढाउने, भाडाँदर बढाउने लगायतका गुनासाहरू सुनिन थालेपछि कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भिम प्रसाद ढकालले स्थलगत रुपमा अनुगमन थालेका छन्।

दसैंतिहार मनाउन फर्किंदै परदेशी

सल्यान कालीमाटीका ४७ वर्षीया पदमबहादुर विक शनिबार पाँच जनासहित नेपाल–भारत सीमा क्षेत्र जमुनाह हुँदै नेपाल भित्रिए।

चाडवाड लक्षित सहुलियत पसल आजदेखि सञ्चालनमा, के-के मा पाइनेछ छुट ?

सरकारले दसैं, तिहार, छठलगायतका ठूला चाडपर्वमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ ।

सद्भावले जोडेको नेपालगन्ज सहर

नेपालगन्जका अब्दुल वाहिद मन्सुरी इस्लाम धर्ममा आस्था राख्छन्। तर, उनी हरेक वर्ष हिन्दु धर्मावलम्बीका महान् चाडपर्व दसैं र तिहार धुमधामका साथ मनाउँछन्।

दैनिक समातिन्छ तस्करीको सामान, समातिँदैनन् तस्कर

नेपालीको महान् पर्व दसैं, तिहार र छठ नजिकिँदै गर्दा भारतबाट भान्सार छलेर भित्र्याइएको ठुलो परिमाणमा तस्करीको मालवस्तु दैनिक रूपमै पक्राउ पर्ने क्रम बढेको छ ।

कुमारी बैंकको ‘दशैं र तिहार, परिवारलाई उपहार’

कुमारी बैंकले नेपालीहरूको चाड दशैं र तिहारलाई लक्षित गर्दै ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको छ।

श्रीमान हत्या आरोपमा श्रीमती पक्राउ

भारतको मोतिहारी जिल्ला, दर्पा थाना–१, सुक्लहिया बस्ने २३ वर्षीया सोनम सहनी सिंहलाई आफ्नो श्रीमान अजित कुमार सिंहको हत्या गरेको आरोपमा पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।

दसैं-तिहारअगावै कर्णालीमा सहुलियत चामल

तीन वर्षपछि काठमाडौं हुँदै चीनको बाटो भएर हिल्सा नाकाबाट हुम्लामा चार हजार क्विन्टल खाद्यान्न पुगेको छ। अब दसैं–तिहारमा जिल्लाका उत्तरी क्षेत्रका वासिन्दाले चामल अभाव झेल्नुपर्ने छैन।

कान्तिपुर मलले ‘दशैं-तिहार महोत्सव उपहार योजना-२०८०’ ल्याउँदै

कान्तिपुर मलले हरेका वर्षझै यसवर्ष पनि दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘कान्तिपुर मल दशैं तिहार महोत्सव उपहार योजना–२०८०’ ल्याउने तयारी गरेको छ।

कान्तिपुर मल दशैँ तिहार महोत्सव उपहार

नयाँ बसपार्कमा सञ्चालित कान्तिपुर मलले ‘कान्तिपुर मल दशैँ तिहार महोत्सव उपहार योजना–२०८०’ सञ्चालन गर्न लागेको छ।

मोतिहारी–अमलेखगञ्ज पाइपलाइनका चार वर्षः पाइपबाट चार अर्ब लिटर डिजेल आयात

पेट्रोलियम पदार्थ ढुवानीमा ट्यांकरको विकल्पमा भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपमार्फत डिजेल आयात सुरु गरेपछि करिब चार अर्ब लिटर डिजेल आयात भएको हो।

दशैं खर्च उठाउन राउटे मुखियाको टोली बाजुरामा

राउटे मुखिया बिर्ख बहादुर शाही नेतृत्वको एक टोली बाजुरा सदरमुकाम मार्तडी आइपुगेको छ। दशैं तिहार लगायतका चाडपर्वका लागि आर्थिक संकलन गर्नेक्रममा टोली मार्तडी आइपुगेको मुखिया शाहीले बताएका छन्।

बदलिँदै तिहारको मौलिकता

कोहीले भट्याउने कोहीले गाउने, स्थानीयस्तरमा प्रचलित विभिन्न वाद्यवादनको तालमा छम्केर नाच्दा तिहारको रौनकता नै बेग्लै हुन्थ्यो।

‘देउसी–भैलीमा न मौलिकता छ, न सिर्जना नै’

हिमाली जिल्लामा यसअघिका देउसीभैलीमा मादल, बाँसुरी, खैंजडी, घुघुरालगायतका बाजा प्रयोग गरिन्थ्यो। यमराज र बहिनी यमुनासँग जोडिएको इतिहास भट्याइन्थ्यो। विडम्बना १ अचेल खेलिँदै आएको देउसीभैलीमा भैलेराहरू डिजेगीत सङ्गीतमै झुम्मिएको पाइन्छ। देउसीमा र्‍याप, पपजस्ता गीत गाइनुले सिर्जना फिटिक्कै देखिँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्