राष्ट्र बैंक कर्मचारीले जागिर छोड्ना साथ निजी बैंक जान नपाउने
राष्ट्रबैंक छोडेर निजी बैंक तथा बित्तीसंस्थामा जागिर खान जाने प्रवृत्तिलाई निस्तेज गर्न कडा कानुनी व्यवस्था ल्याइएको छ। नेपाल राष्ट्र बैंक एेन २०५८ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदले बिहीबार पारित गरेपछि राष्ट्र बैंकका उच्च पदस्थ अधिकारी अवकासपछि बैंक तथा वित्तिय संस्थामा जान निश्चित वर्षसम्म कानुनी बाटो बन्द भएको छ।