१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

म्याग्दीमा संस्थागत प्रसूति सेवा लिने दर ९९ प्रतिशत

सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा, एक किलोग्राम सर्वोत्तम पिठो र बच्चालाई न्यानो कपडा दिने गरिएको छ।

अर्गानिक जुम्ला!

‘अर्गानिक होमस्टे’ वास्तवमै नामजस्तै अर्गानिक छ, जहाँ बजारिया र रसायनयुक्त खानेकुरा वर्जित छ। मैदा होइन, जौ, कोदो, मकै, फापर आदिको केक बनाउँछन् चित्रबहादुर। अर्थात् गाउँमै जे फल्छ, त्यसैबाट उपभोक्तालाई मन पर्ने र खोजिने खाद्यसामग्री तयार पार्छन्।

स्वस्थ भनिएका खानेकुरा कति अस्वस्थ !

हामीले बजारबाट ‘स्वस्थकर’ भनी छनोट गरेर उपभोग गर्दै आएका खानेकुरा के साँच्चिकै स्वस्थकर छन् त? यसबारेमा हामीले कहिल्यै विचार गरेका छौं त? हामी कतिपयले प्याकेटमा पाइने ‘बे्रकफास्ट सिरियल’, बट्टामा पाइने फलफूलको रस, दुधमा मिसाइने ‘क्याल्सियमयुक्त’ भनिने ‘पोषक पूरक’ आदि छनोट गरेर किन्ने गरेका छौं।

कृपया, खानेकुरा नफालौँ

केहअिघि मकवानपुर जाँदा एक सानो चिया पसलमा लेखेको देखेँ– ‘कृपया, खानेकुरा खेर नफाल्नुहोला।’त्यो देखेर मलाई निकै रमाइलो लाग्यो।

बालबालिकाको खाजा

आममान्छेको स्वास्थ्य, सिप र दक्षताको योग नै देशको क्षमता हो। आमबालबालिकाको स्वस्थ शरीर र उपयुक्त विकास भएन भने भोलिका नागरिक कस्ता होलान्?

कोरोनाबाट बच्न खानुस् यी खानेकुरा

कोरोनाको दोस्रो लहर बढेसँगै मानिसमा फेरि एक किसिमको डर र त्रास देखिएको छ। अहिलेको समयमा स्वस्थ्य रहनु नै सबैभन्दा उच्च उपाय हो। सरकारले दिएको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्नुको साथै आफ्नो जीवनशैलीमा अत्यन्त सतर्क रहनुपर्छ। खानपान तथा व्यायाममा त्यत्तिकै ध्यान दिनु आवश्यक रहेको छ।

कोरोनालाई जित्न कस्ता खानेकुरा खानुपर्छ? सुनौं, डाक्टरको सल्लाह (भिडिओ)

कुनै पनि रोगलाई जित्न मानिसले आफ्नो प्रतिरक्षा प्रणाली बलियो बनाउनुपर्ने सुझाव विज्ञले दिइरहेका छन्।

पोषिलो खानेकुरासहित सुत्केरी भेट

लकडाउनकै बीचमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा सुत्केरी भेट गरिएको छ । साविकको खाल्ले–२ की ३९ दिनकी सुत्केरी ज्ञानकुमारी घिमिरे (ढुंगाना)लाई पोषिलो खानेकुरासहित सुत्केरी भेट गरिएको हो ।

पोषिलो खानेकुरा दिन ‘सुत्केरी भेट’

कुनै महिलाले भाले बोकेका छन्, कुनैले सागपात । कसैको हातमा चामल छ, कसैको हातमा फलफुल र गेडागुडी । यसरी पोषिलो खानेकुरा बोकेर लामवद्ध हिँडिरहेका महिलाको दृश्या खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको हो । भीडमा स्वास्थ्यचौकी खाल्लेका एचए सन्तोष भट्टराई, महिला स्वास्थ्य स्वयंसेविका गोमादेबी अधिकारी लगायत छन् । भाले, चामल, गेडागुडी, फलफुल र सागपात बोकेको टोली बिहिबार साविकको खाल्ले–५ की सुत्केरी महिला लिला कट्वाललाई भेट गर्नका लागि भेला भएका हुन् ।

सुत्केरीलाई घरमै पोषिलो खानेकुरा र भाले

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी सुत्केरी जिरादेबी बस्नेतको घरमा आईतबार बेग्लै माहोल बन्यो। आमा समुहमा आवद्ध गाउँभरीका महिला बस्नेतको घरमा भेला भएका थिए। भाले, चामल, गेडागुडी, फलफुल र सागपात बोकेर सुत्केरी भेट्न पुगेका महिला समुहको भीडमा वडाध्यक्ष डिल्लीकुमार राई र स्वास्थ्यकर्मी सन्तोष भट्टराई पनि सहभागी थिए।

विद्यालयमा खाना बनाएर बेच्दा

हामी हाम्रो सेफ टोपी, मास्क, पञ्जा र एप्रोन लगाएर खानेकुरा पकाउन तयार भयौं। हामीलाई हाम्रा शिक्षक सागर बस्नेत र राजेन्द्र गैरेहरूले समूहमा विभाजन गरी आआफ्नो स्टल तयार गर्न लगाउनुभयो।

जनैपूर्णिमामा मात्र किन? हरेक साता क्वाँटी खाउँ

पोषणविद डा. अरुण उप्रेती क्वाँटी खानुको फाइदा विज्ञान ले पनि पुष्टि गरेको बताउँछिन्। उनका अनुसार गेडागुडी भिजाए र टुसा उम्रिन्छन्, त्यस मा साधारण गेडागुडी भन्दा १० देखि २० गुणासम्म बढी भिटामिन, मिनरल, प्रोटिन तथा फाइबर को मात्रा हुने उनी बताउँछिन्।

क्यालिफोर्निया गोलीकाण्डमा तीनजनाको मृत्यु

अमेरिकाको क्यालिफोर्निया सहर नजिकै आयोजित एक खानेकुराको मेलामा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीन सर्वसाधारणको मृत्यु भएको छ। ‘द गिलरोय गार्लिक फेस्टिभल’ नाम दिइएको मेलाको अन्तिम दिन आइतबार सहभागी भएका माथि गोली प्रहार हुँदा १५ जना व्यक्ति घाइते भएका छन्। एक संदिग्ध बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्न थालेसँगै प्रहरीले गरेको जबाफी कारबाहीमा उसको पनि मृत्यु भएको जनाइएको छ। बन्दुकधारीको मृत्यु भए पनि अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

मुख गनाउँछ ?

मुख गनाउने समस्या व्यक्तिगत भए तापनि समाजमा यसले त्यस व्यक्तिको व्यक्तित्वमा पनि नराम्रो प्रभाव पार्छ। मुख गनाउने समस्या भएका मानिस अलि कमजोर र मानसिकरूपमा डिपे्रसनमा हुन्छन्।त्यसैले योे समस्या सानो भए पनि यसले शरीरमा भएको रोग र मुखभित्र भएका रोग पत्ता लगाउन मद्दत गर्छ। आफ्नो स्वास आफँैलाई गनाउने भयो भने दन्तचिकित्सकसँग सल्लाह लिनुपर्छ।स्मरण रहोस्, मुख गनाउने समस्या लामो समयदेखि छ भनेमुखवा अन्य ठाउँमा क्यान्सर पनि भएको हुन सक्छ।मुख गनाउने समस्या भनेको नराम्रो अथवा नमीठो गन्ध आउनु हो जसले मुख स्वास्थ र शरीर स्वास्थ राम्रो छैन भन्ने दर्शाउँछ।

सुत्केरी उकास्दै ‘सुत्केरी भेट'

‘हुनेखाने’ परिवारका सुत्केरीलाई पोसिला खानेकुरा जुटाउन समस्या हुन्न। तर वर्षभरि हातमुख जोर्न धौ–धौ पर्ने परिवारका सुत्केरीलाई त्यस्ता खानेकुरा जुटाउन सहज छैन। आमा समूहको सुत्केरी भेटले आर्थिक अवस्था नाजुक भएका परिवारका सुत्केरी सबैभन्दा बढी लाभान्वित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्