४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

जनैपूर्णिमामा मात्र किन? हरेक साता क्वाँटी खाउँ

काठमाडौं- पोषणविद डा. अरुण उप्रेती क्वाँटी खानुको फाइदा विज्ञान ले पनि पुष्टि गरेको बताउँछिन्। उनका अनुसार गेडागुडी भिजाए र टुसा उम्रिन्छन्, त्यस मा साधारण गेडागुडी भन्दा १० देखि २० गुणासम्म बढी भिटामिन, मिनरल, प्रोटिन तथा फाइबर को मात्रा हुने उनी बताउँछिन्।

टुसा उम्रिएका गेडागुडी को रसमा मानिस को शरीरलाई चाहिने विभिन्न आवश्यक तत्वहरु प्रचुर मात्रामा पाइन्छ। साथै त्यस्ता गेडागुडीहरु पचाउन समेत सजिलो हुने उनको भनाइ छ। साता को एक पटक क्वाटी खानु उपयुक्त हुने उनको सुझाव छ। उनि भन्छिन "जनै पूर्णिमामा मात्र क्वाटी खानु को सट्टा प्राय हरेक दिन खानु अति गुणकारी हुन्छ।"  

उनका अनुसार क्वाँटी कुपोषणबाट ग्रसित, गर्भवती तथा सुत्केरी महिलाका लागि धेरै लाभदायक हुन्छ। यधपी बाथ, युरिक एसिड तथा गेडागुडी को एलर्जी हुने व्यक्ति ले भने सेवन नगर्दा राम्रो हुने उनको सुझाव छ।

प्रकाशित: ३० श्रावण २०७६ १२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App