पर्यटन क्षेत्रको दिर्घकालिन विकासका लागि १० वर्षे रणनीति आवश्यक : मन्त्री भट्टराई
पर्यटन क्षेत्रको दिर्घकालिन विकासका लागि १० वर्षे रणनीति आवश्यक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। मन्त्रालयले आइतबार काठमाडौंमा आयोजना गरेको प्रदेश समन्वय गोष्ठीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि १० वर्षे साझा रणनीति निर्माण गर्नुपर्ने बताएका हुन्।