८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

विराटनगरमा २ जना कोरोना संक्रमितको मृत्यु

विराटनगरको नोबेल मेडिकल कलेजमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। शुक्रबार बिहान सुनसरीको धरानका १ र मोरङको बेलबारीका १ जनाको मृत्यु भएको हो।

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन : सक्दिन भनेको अवस्था संक्रमितको उपचार राज्यले गर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले विरामीले सक्दिन भनेको अवस्थामा कोरोनाको उपचार सरकारले निशुल्क गर्ने बताएका छन्। देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले यो कठिन घडिमा जनताको स्वास्थ्य रक्षा र उपचारको लागि सरकार विमुख हुन नसक्ने बताए।

एकै दिन थपिए ४ हजार ४ सय ९९ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ। यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ पुगेको छ।

भारतमा कोरोना संक्रमित ७७ लाख नाघे, एक लाख १७ हजारको मृत्यु

भारतमा कोरोनाभाइरस संक्रमण हुने व्यक्तिको संख्या शुक्रबार बिहानसम्म ७७ लाख ६१ हजार पुगेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा ५४ हजार ३६६ जना नयाँ संक्रमित थपिएका र ६९० जनाको संक्रमणका कारण मृत्यु भएको जनाएको छ।

कोरोना सङ्क्रमणबाट चितवनमा तीनको मृत्यु

जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो।

कोरोनाबाट मुक्त भएपछि शान्ता चौधरीले भनिन् : बाँच्छुजस्तो लागेको थिएन

सांसद चौधरीले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो रिपोर्ट कोरोना नेगेटिभ आएको जानकारी दिएकी हुन्।

कोरोनाको उपचार निशुल्क हुनुपर्छ, यो निर्णय सच्याऔं : मुख्यमन्त्री गुरुङ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले गण्डकी प्रदेश सरकारको निर्णयविरुद्ध सूचना निकालेको छ। प्रदेश सरकारले विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को उपचार निःशुल्क गर्ने भनेर घोषणा गरेको भोलिपल्टै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले कोभिड–१९ को उपचार विरामी आफैले गर्नुपर्ने भन्दै विहीबार विज्ञप्ती निकालेको हो।

मुख्यमन्त्री पौडेल दम्पती कोरोना संक्रमित

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल दम्पती कोरोना भाइरस (कोभिड १९) संक्रमित भएका छन्। पौडेल र धर्मपत्नी विजया अधिकारी पौडेलसँगै, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा बिहीबार कोरोना संक्रमित पुष्टि भएको हो।

रुपन्देहीमा थप २ जना संक्रमितको मृत्यु

रुपन्देहीमा बिहिबार थप २ जना संक्रमितको मृत्यु भएको छ। रुपन्देहीको कञ्चन गाँउपालिका ३ कि ४८ बर्षीया महिलाको उपचारकै क्रममा लुम्बिनी प्रादेशि अस्पतालको फिबर क्लिनीकमा मृत्यु भएको हो।

वीपी प्रतिष्ठानले कोरोना संक्रमितको उपचार गर्न धरौटी र शुल्क तोक्यो

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि कोरोना संक्रमित विरामीको लागि धरौटी र दैनिक शुल्कको दररेट तोकेको छ।

प्रदेश २ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने

प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश २ का सरकारले निःशुल्क रुपमा गर्ने बताएका छन्। मन्त्री साहले जनताको कोरोनाको परीक्षण देखि उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले नै बेहोर्ने बताए।

महामारीमा काम खोज्दै भारत पस्नेको लर्को

प्युठानको नौबहिनी ३ रुमवाङका लोकेन्द्र खत्री भारतको पञ्जाव स्थित फिरोजपुरमा होटलमा काम गर्थे। १३ जनाको संयुक्त परिवारको गुजाराका लागि उनी र उनका दाजु भारत पसेको ११ वर्ष भयो।

वसन्त चौधरीलाई कोरोना संक्रमण

व्यावसायी तथा साहित्यकार वसन्त चौधरीलाई कोरोना संक्रमण भएको छ। नर्भिक अस्पतालका संचालकसमेत रहेका चौधरीले ट्वीट गर्दै आफुलाई कोरोना भएको बताएका छन्। कोरोनाको सामान्य लक्षण देखिएको र चिकित्सकको सल्लाहमा घरमै आइसोलेसनमा बसेको उनले बताएका छन्।

रुपन्देहीमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेका बुटवलका २ जना र तिलोत्तमाका एक जना छन्। बुटवलको कोरोना अस्पतालमा उपचारत बुटवल ११ का ४७ वर्षे पुरुष र वडा न १७ का ८१ वर्षे पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले बताए।

पिसिआर रिपोर्टमा ढिलासुस्ती, रिपोर्ट कुर्दा कुर्दै बिरामी सिकिस्त

काठमाडौं चन्द्रागिरीकी गंगा ढुंगानाले पिसिआर परीक्षणको लागि शसस्त्र प्रहरी बल कोभिड अस्पतालमा नमूना दिएको सोमबार ६ दिन पुरा भएको छ। उनले गत मंगलबार नमूना परीक्षण गर्न दिएकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्