४ वैशाख २०८१ मंगलबार
राजनीति

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन : सक्दिन भनेको अवस्था संक्रमितको उपचार राज्यले गर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले विरामीले सक्दिन भनेको अवस्थामा कोरोनाको उपचार सरकारले निशुल्क गर्ने बताएका छन्।  देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले यो कठिन घडिमा जनताको स्वास्थ्य रक्षा र उपचारको लागि सरकार विमुख हुन नसक्ने बताए। कोरोना नियन्त्रणका मपदण्ड लागु गर्न उनले आग्रह गरे। उनले औषधीय गुण रहेका घरेलु खानेकुरा खान आग्रह गरे।  

उनले केहीले कोरोनाको उपचार निजी अस्पतालमा पनि गरिरहेको बताउँदै राज्यको लागि बोझ होइन सहयोग गर्ने प्रति आभार व्यक्त गरे। कोरोनाविरुद्धको लडाईमा राजनीतिक टकरावको कुरा नआउने बताए।  कुनै पनि विपत्तिमा नागरिकको जीवनरक्षा गर्नु राज्यको दायित्व भएको उनले बताए। कोरोना संक्रमितको परीक्षण र उपचारको यथोचित व्यवस्था सरकारले गर्ने उनले बताए।

अफवाह फैलाउनेहरुसँग सचेत रहनुपर्ने उनले बताए। संक्रिय संक्रमित १ जना हुँदा र अहिले बढ्दो अवस्थामा पनि अफवाह उस्तै तरिकाबाट फैलाइएको उनले बताए।

उनले यो पटकको दसैं जो जहाँ छौं त्यो त्यहीँ रहेर मनाउन आग्रह गरे। संक्रमण फैलिरहँदा प्रधानमन्त्री निवासमा हुने सार्वजनिक टिकाको कार्यक्रम नहुने उनले बताए।

 

प्रकाशित: ७ कार्तिक २०७७ ११:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App