८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

कोरोना उपचारमा चर्को शुल्क रोक्न माग

कोरोना उपचारमा निजी अस्पतालहरूले मनोमानि रुपमा लिइरहेको चर्को शुल्क नियन्त्रण गर्न नेपाली कांग्रेस विराटनगर समितिले माग गरेको छ। बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेस विराटनगर महानगरसमितले कोरोनाको उपचारका नाममा निजी अस्पतालहरूले मनोमानी रुपमा लिइरहेको चर्को शुल्क नियन्त्रण गर्न माग गरेको हो।

फ्रान्समा देशव्यापी लकडाउन घोषणा

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका छन्। कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि फ्रान्सले यस्तो निर्णय लिएको हो। दोस्रो पटक घोषणा गरिएको लकडाउन नोभेम्बर भर लागु हुने जनाइएको छ।

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ। अन्यत्र आवश्यक भएपछि यहाँबाट पठाउन थालिएको हो।

अब दैनिकरुपमा कोभिड -१९ प्रेस ब्रिफिङ नहुने

दैनिकरुपमा हुँदै आएको कोभिड -१९ को प्रेस ब्रिफिङ नहुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सातामा दुई दिन मात्र प्रेस ब्रिफिङ गरिने बताए। दसैंमा केही दिन रोकिएको ब्रिफिङ आज भएको थियो।

झापामा कोरोनाबाट एक महिलाको मृत्यु

मेचीनगर नगरपालिका वडा नं ६ काँकडभिट्टाकी ७९ वर्षीया महिलाको आज कोभिड –१९ को सङ्क्रमणबाट मृत्यु भएको छ।

दसैंमा मान्यजनको आशीर्वाद : कोरोना भागोस, त्रास हटोस

जुम्ला तिला गाउँपालिका ९ मालापानी गाउँका वीरबल बुढा गाउँकै जेष्ठ नागरिक हुन। यहाँको चलन अनुसार जेष्ठ सदस्यको आगनमा भेला भएर एक आपसमा सुख, दु:ख साट्ने र शुभकामना सन्देश आदान प्रदान गर्ने गरिन्छ। यो चलन यो बर्ष पनि कायमै रह्यो।

वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताए। उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैंमा झापाको मेचीनगरस्थित घर आएका थिए।

विश्वभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ करोड नाघ्यो

विश्वभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ करोड १ लाख ३ हजार ३७५ रहेको छ। भाइरसबाट गम्भीर हुनेको संख्या ७७ हजार १९५ रहेको छ।

कोरोनाका कारण साउदी अरबमा एक नेपालीको मृत्यु

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एक जना नेपालीको ज्यान गएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा थप एकजना नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो।

आगामी महिना कोरोना थप बढ्न सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन्।

काठमाडौं उपत्यकामा थपिए १ हजार १ सय १० संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ११० जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८३२, भक्तपुरमा १०२ र ललितपुरमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

एकै दिन थपिए २२ सय २५ संक्रमित

पछिल्लो २४ घण्टामा थप २२ सय २५ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २२२५ जनामा कोरोना देखिएको हो।

विश्वमा कोरोना सङक्रमितको संख्या कति पुग्यो ?

विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड २० लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ। उक्त विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड २० लाख ९४ हजार ५३५ जना कोभिड १९ सङ्क्रमित भएका छन्।

प्रदेश १ मा ४ सय ६० कोरोना संक्रमित थपिए

प्रदेश १ मा शुक्रबार ४ सय ६० जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा २ सय ६२, सुनसरीमा १ सय ३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा ४, तेह्रथुममा ३, धनकुटा र खोटाङमा २–२ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ का आन्तरिक मामिला मन्त्री कार्कीलाई कोरोना

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश १ सरकारका प्रवक्ता हिम्कमतकुमार कार्कीलाई कोरोना संक्रमण भएको छ। कन्ट्याक्ट ट्रेसिङका आधारमा बिहीबार स्वाव परीक्षण गराएका कार्कीको शुक्रबार रिपोर्ट पोजेटिभ आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्