४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आइटीका ठेक्कामा पौडेल बन्धुकाे चलखेल

सरकारका दर्जन मन्त्रालयले सूचना प्रविधि (आइटी) सम्बन्धित वस्तु तथा सेवा खरिद गर्दा प्रत्यक्ष–अप्रत्यक्ष संलग्न हुने दुई जना व्यक्ति छन् –बिकल पौडेल र सुनिल पौडेल। बिकल हाल सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक हुन् भने सुनिल राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक हुन्।

प्राइम र लरेन्स सफल

प्राइम कलेज र सेन्ट लरेन्स कलेजले आठौं राष्ट्रव्यापी त्रिवि बिएससी सिएसआइटी कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा आइतबार सफलता पाएका छन्।

काभ्रेमा ९७ आइटी ल्याब स्थापना गर्न दबाब

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कार्यविधि मिचेर काभ्रेपलाञ्चोकमा ९७ वटा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न दबाब दिएको फेला परेको छ।

आइटीमा शृंखलाबद्ध अनियमितता

राष्ट्रिय सूचना–प्रविधि केन्द्रले अनलाइन विद्युतीय भुक्तानी सेवा (नेसनल पेमेन्ट गेट–वे) प्रणाली कमिसनको चक्करमा आफैंले खरिद गरेर थन्क्याएको छ।

ठगी मुद्दामा आइटी अफिसर पक्राउ

रौतहटको गरुडा नगरपालिकाका आइटी अफिसर भूपनारायण यादव ठगी मुद्दामा पक्राउ परेका छन्। गरुडा नपा ८ बसबिटी जिंगडियाका शेख कादिरले दिएको उजुरीको आधारमा नगरपालिका कर्मचारी यादव पक्राउ परेका हुन्।

उच्च शिक्षाको खुड्किलो ‘आइटी’

एसइईको नतिजा सार्वजनिक भइसकेपछि विद्यार्थीमा अब के पढ्ने भन्ने कौतुहल बढेको छ। अहिले सूचना प्रविधिले मानिस घेरिएको छ। घरघरमा कम्प्युटर, हातहात ल्यापटप र स्मार्टफोन अहिलेको वास्तविकता हो। एसइई सकिनेबित्तिकै सूचना प्रविधिसम्बन्धी कुनै ठूलो कोर्स नभए पनि विद्यार्थीले विज्ञान र व्यवस्थापन संकायमा कम्प्युटर साइन्स अध्ययन गर्न सक्छन्।

‘एमाजोन वेब सर्भिसेज’ नेपाल भित्रिँदै

‘इन्फोरमेसन टेक्नोलोजी’ (आइटी) अर्थात सूचना प्रविधिमा अन्तर्राष्ट्रिय स्तरमैं ख्यातिप्राप्त संस्था ‘एमाजोजन’ नेपाल आउने भएको छ। ‘अनलाइन क्लाउड’ सेवामा काम गर्ने उसको उपसंस्था एमाजोन वेब सर्भिसेज’ले सँगै ‘आइटी एजुकेसन’ र रोजगारी लिएर आउन थालेको हो। प्रदेश २ मा सेवा सुरु गर्दै सन २०२१ सम्म अर्थात दुई वर्षभित्र एक हजार नयाँ रोजगारी सिर्जना गर्ने उक्त कम्पनीका प्रतिनिधिले दाबी गरेका छन्।

रुकुमदेखि एमआइटीसम्म

ललितपुर, महालक्ष्मी नगरपालिकामा अवस्थित पुरानो बजार लुभुबाट दक्षिणतर्फ पर्छ– कोटडाँडा। सानागाउँ (सिद्घिपुर), विष्णुडोल, शंखादेवी हुँदै मनोरम कोटडाँडा पुग्न सकिन्छ। शंखादेवी मन्दिर नजिकैको चारघरेमा ब्लुम नेपाल स्कुल सञ्चालित छ।

‘आइटी पार्कमा सेक्युरिटी प्रेस राख्छौं’

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुककै एक मात्र आइटी पार्कमा राष्ट्रिय सुरक्षण छपाइ प्लान्ट (सेक्युरिटी प्रेस) स्थापना गरिने बताएका छन्।

एमआइटी ग्लोबल स्टार्टअप ल्याब्सका उत्कृष्ट स्टार्टअप आइडिया घोषणा

काठमाडौंमा सम्पन्न भएको एमआइटी ग्लोबल स्टार्टअप ल्याब्स (जिएसएल) का विजेता घोषणा गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा विजेता घोषणा गरिएको हो।

आइटी पार्कमा अमेरिकी कम्पनी

काठमाडौं विश्वविद्यालय (केयू) सँगको सहकार्यमा अमेरिकी कम्पनी फ्रस्ट एन्ड सुलिभान (एफ एन्ड एस)ले मुलुककै एक्लो सूचना प्रविधि (आइटी) पार्कमा ‘डिजिटल हब’ सञ्चालन गर्ने भएको छ।

उकालो लाग्दै आइटी

चैतको पहिलो हप्ता चर्चित हुमानोइड रोबट सोफियाले काठमाडौंमा विशेष कार्यक्रमबीच सम्बोधन गरिन् । सम्बोधनका क्रममा उनले रोबोटको प्रयोगमार्फत मानव जीवन अझ सहज र सरल हुने बताइन् । आधुनिक प्रविधि प्रयोग गरेर नेपालले शिक्षा, स्वास्थ्य, पूर्वाधार, दिगो विकास गर्दै मुलुकले आर्थिक उन्नती गर्न सकिने उनको उद्घोष थियो।

गाउँका आइटी सर

उनी अमेरिकाको आइटी कम्पनीमा काम गर्थे, आइटी अफिसरका रूपमा । अमेरिकी कम्पनीको जागिर छाडेर गाउँ फर्किंदा उनलाई कतिले बौलाहा समेत भनेर गिज्याए । तिनै मान्छेहरू आज उनलाई ‘आइटी सर’ भनेर सम्बोधन गर्छन्।  ‘आइटी सर’को रूपमा चिनिएका डोटीका रमेश खड्का जागिरले सन्तुष्टि नदिएपछि गाउँ फर्केका थिए । कम्प्युटर इन्जिनियर उनी अहिले गाउँ बनाउने अभियानमा छन्।

विद्यार्थीको आकर्षण व्यवस्थापन र आइटीमा

नेपाल रिपब्लिक मिडियाले आयोजना गरेको 'हेराल्ड कलेज नागरिक दैनिक एजुकेसन करिअर फेयर १७' मा मेलाको पहिलो दिन विद्यार्थीको घुइँचो नै लाग्यो। मेलाका २५ वटा स्टल अवलोकन गर्दै विद्यार्थीले आफ्नो करिअर अघि बढ्ने विषयबारे विस्तृत जानकारी लिइरहेका भेटिए।

आइटी पार्कमा काम थाल्न अझै सकस

लामो समयदेखि गतिविधिविहीन बनेको आइटी पार्कमा काठमाडौं विश्वविद्यालय (केयू) र दुईवटा निजी कम्पनीले काम थाल्न भनी २०७२ चैत २४ गते सरकारसँग सम्झौता गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्