४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘एमाजोन वेब सर्भिसेज’ नेपाल भित्रिँदै

वीरगन्जमाप्रदेश २ सरकारले आयोजन गरेको कार्यक्रममाबोल्दै एमाजोनकाप्रतिनिधिअमित। तस्विर: रितेश त्रिपाठी

वीरगन्ज - ‘इन्फोरमेसन टेक्नोलोजी’ (आइटी) अर्थात सूचना प्रविधिमा अन्तर्राष्ट्रिय स्तरमैं ख्यातिप्राप्त संस्था ‘एमाजोजन’ नेपाल आउने भएको छ। ‘अनलाइन क्लाउड’ सेवामा काम गर्ने उसको उपसंस्था एमाजोन वेब सर्भिसेज’ले सँगै ‘आइटी एजुकेसन’ र रोजगारी लिएर आउन थालेको हो। प्रदेश २ मा सेवा सुरु गर्दै सन २०२१ सम्म अर्थात दुई वर्षभित्र एक हजार नयाँ रोजगारी सिर्जना गर्ने उक्त कम्पनीका प्रतिनिधिले दाबी गरेका छन्।

मुख्यमन्त्रीतथामन्त्रिपरिषदको कार्यालयले वीरगन्जमाआयोजनाको गरेको दुईदिने कार्यशालामाशनिवार कम्पनीकाप्रतिनिधिअमित नेवातियाले यस्तो बताए। ‘हामीले सन २०२१ सम्ममा एजुकेट गरेकालाई आइएटी सेक्टरमा एक हजार नयाँ रोजगारी सुनिश्चित गराउने छौं,’ नेवातियाले भने, ‘एमाजोन एजुकेशनलाई हामीले प्रदेश २ मा सुरु गर्दैछौं। नेपाल भरीमा बढाउदै लगिने छ।’

उनकाअनुसार सूचनाप्रविधिमाआफ्नै कम्प्युटर सिस्टम र अनलाइन सर्भर भन्दाअनलाइन क्लाउडमार्फत अबकादिनमामानिसहरुले काम गर्ने युगआइरहेको र क्लाउडमा काम गर्ने जनशिक्तिको कमी रहेकोले एमाजोनले त्यसतै जनशक्तितयार गर्ने शिक्षाल्याएको छ। सो कम्पनीआफु पनिक्लाउड सेवाप्रदायकको रुपमापनि ठुलो कम्पनीहो। बिभिन्न बैंक, अन्यबितीय संस्था, ब्पयारिक प्रतिष्ठान, शैक्षिक प्रतिष्ठान, उत्पादनमुलकउद्योग र बिभिन्नखाले संस्थाहरुले आफ्नो सर्भर राख्नुभन्दा क्लाउडमा ‘स्पेस’ (ठाउँ) किनेर आवश्यक्ताअनुसार प्रयोग गर्ने र प्रयोग गरेको अनलाई ‘स्पेस’लाई मात्रभुक्तानी गर्ने जस्तो चलन बढ्दो रहेको नेवातियाले बताए।

कम्पनीले ‘एमाजोन वेब सर्भिसेज’ (एडब्लुएस) मार्फत यस्तोसेवादिने गरेको छ। ‘एमाजोन वेब सर्भिसेज’ (एडब्लुएस) नेपालभित्रिनथालेको हो। यसमाकाम गर्नयोग्यनयाँ ‘आइटी प्रोफेसनल’तयार गर्ने शिक्षाकम्पनीले ल्याएको छ। विज्ञान तथा सुचनाप्रविधि संकायकाविद्यार्थीले कलेजहरुमार्फत उच्चतहको उक्तशिक्षालिनपाउने छन्। ‘एमाजोन वेब सर्भिसेज’का ज्ञानजानेकालाई एमाजोनका सेवाग्राहीकम्पनीले कामदिने छन्। ‘समान्य आइटी सम्बन्धी नोकरीभन्दायसमाकरिब २५ प्रतिशत बढी तलबहुने गरेको छ,’ नेवातियाले भने, ‘हामीले नेपालमाचाहिने जनशक्ति यहीबाट लिने छौं, यहाँबाट प्रशिक्षितविद्यार्थीहरु दुनियामाकहीपनिउच्चतलबमा राम्रो कामपाउन सक्ने छन्।’

नेपालमाअहिले जिनिस क्लाउड एजुकेशनले क्लाउडमा जानचाह्ने कम्पनीलाई सघाउने गरेको छ। उक्तकम्पनीसंग मिलेर ‘एमाजोन वेब सर्भिसेज’ले नेपालमाकाम गर्ने योजनालिएको छ। ‘सन १०९५ बाट कितामबहरुको खरिदबिक्रीअनलाइन माध्यमबाट सुरु भएको एमाजोन अहिलेसम्म आइपुग्दाहजारौं प्रकारमा बस्तुहरुको अनलाई किनबेंचको दुनियाको दोस्रो ठुलो कम्पनीहुन सफलभएको छ,’ प्रदेश सरकारलाई रोजगारी अभिबृद्धीमा सघाईरहेको सहयोगी संस्था ‘डिएफआइडी’ सीप कार्यक्रमकाप्रमुखबलजितबोहोराले भने, ‘आर्थिक समृद्धीतर्फ अगाडी बढ्न खोजिरहेको नेपाललाई यस्तो नौलो योजनाहरुबाट फाइदापुग्ने छ।’

नेपालएसबिआई बैंक लिमिटेडका प्रबन्धनिर्देशकतथाप्रमुखकार्यकारी अधिकृत अनुकुल भटनागरले क्लाउडमा आफ्नो ‘डेटा’ (अनलाइनतथ्यांक) सुरक्षित राख्ने बैंकहरु प्रकृतिकआपदामापनिबन्दहुनु नपर्ने देखिएको बताए। उडिसामा केही समय अगाडी आएको बिनाशकारी समुद्रीआँधीप्रभावित क्षेत्रमायस्तो देखिएको जानकारी दिए। बिस्तारै कम्पनीहरु आपफ्नो सर्भर राख्नेभन्दा क्लाउडमा ‘स्पेस’ लिएर काम गर्नेतिर रुपान्तरित भइरहेकोले यस सम्बन्धीशिक्षाको भविश्यनिकै राम्रो रहेको बताए।

प्रदेश २ काप्रदेशप्रमुख रत्नेश्वर लालकायस्थले यस्तो प्रस्तावले आफु आशावादीभएको प्रतिक्रियादिए। रोजगारी बढाउन र लगानीभित्रयाउनकालागियस प्रकारका प्रस्तावमाआफुहरु सहकार्य गर्न तयार रहेको र आवश्यककार्यक्रमहरु तय गरेर लागु गगरिने मुख्यमन्त्रीलालबाबु राउत गद्दीले बताए।

प्रकाशित: ३० वैशाख २०७६ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App