६ आश्विन २०८१ आइतबार
image/svg+xml

दशैंमा सवारी दुर्घटनामा १० को मृत्यु

दशैंको समयमा जिल्लामा १७ वटा ठूला सवारी दुर्घटना भएका छन्। चाडपर्वको समयमा तीव्रगतिमा सवारी चलाउँदा ती दुर्घटना भएका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २४ गते घटस्थापनादेखि कात्तिक ३ गते शनिवारसम्म भएका ती दुर्घटनामा १० जनाको मृत्यु हुनाका साथै ५६ जना घाइते भएका थिए।

टाटासुमोको ठक्करबाट पैदल यात्रुको मृत्यु

महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित सडकमा टाटासुमोको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषा जिल्लाको मिथिला नगरपालिका–८ बस्ने भैरवबहादुर हेम्जन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

डुंगा दुर्घटना हुँदा बेपत्ता भएकामध्ये १ को शव फेला

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका दुई जनामध्ये एकको शव भेटिएको छ। इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार २३ वर्षका पुरुषोत्तम चौधरीको शव टीकापुर नगरपालिका–८ सत्तीघाट नजिकै भेटिएको हो। उनी स्थानीय बोर्डिङ स्कुलका शिक्षक हुन।

बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो (अपडेट)

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ।

रामेछापमा टाटा सुमो दुर्घटना हुँदा २ को मृत्यु, ८ घाइते

रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको खराने पाखामा शनिबार साँझ ना १ ज ४८१२ नं. टाटा सुमो दुर्घटना हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

भारतमा रेलले किच्दा ६२ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

भारतमा रेलले किच्दा ६२ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते छन्। बीबीसी हिन्दीका अनुसार विजयादशमीका अवसरमा पञ्जाबको अमृतसरमा लागेको दशहरा मेलाअन्तर्गत शुक्रवार साँझ रावणको पुत्ला दहन हेरिरहेका मानिसहरुको भीडमाथि रेल गुडेको थियो।

ट्याक्टर पल्टिँदा एकको मृत्यु

नाच हेरेर मेलाबाट फर्किने क्रममा ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु भएको छ। ना४त ३५९१ नंको ट्याक्ट्रर पल्टिँदा आदर्श गाउँपालिका–३ का १६ वर्षीय बदन मुखियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिए।

बस दुर्घटनामा ३ जनाको मृत्यु, २३ घाइते

चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ को जलबिरेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। घटनामा घाइते २२ जनाको भरतपुर मेडिकल कलेज र १ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

रुकुम पश्चिम मुसीकोट नगरपालिका–१ सल्लेमा गाडी दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्लेका नौ वर्षीय प्रयास बिसी रहेका छन्।

रामेछापमा बस दुर्घटना हुँदा एकको मृत्यु, २९ जना घाइते

रामेछापमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २९ जना गम्भीर घाइते भएका छन्। घाइतेको उद्दार गरी उपचारका लागि काठमाडौं पठाइएको छ। मृतकको परिचय खुल्न सकेको छैन्। घटनास्थलमा रहेका प्रहरी चौकी वेथान सिक्टाका प्रमुख शत्रुधन राउतका अनुसार मृतक ८/१० वर्षका बालक हुन्।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटनामा परी मंगलबार उदयपुरको त्रियुगा नगरपालिका ७ कौवाईमा एक जनाको मृत्यु भएको छ, एकजना घाइते भएका छन्। स ८ प ९८०८ नम्बरको मोटरसाईकल गाईघाट–नेपालटार खण्डको मदन भण्डारी लोकमार्गअन्तर्गत कौवाईमा दुर्घटनामा पर्दा चालक त्रिनपा १३ बसपार्कका ५० वर्षीय दिनेश पौडेलको मृत्यु भएको प्रहरीे जनाएको छ।

बोलेरो जीप र मोटरसाइकल ठोक्किँदा दुई घाइते

बोलेरो जीप र मोटरसाइकल ठोक्किँदा उदयपुरका दुई घाइते भएका छन्। सोमबार धरानबाट यात्रु लिएर खोटाङ जाँदै गरेको ना १ ज ६२०४ नम्बरको बोलेरो जीप र बिपरित दिशाबाट आउँदै गरेको मे ५ प ८३८० नम्बरको मोटरसाइकल उदयपुरको कटारी नगरपालिका–२ स्थित सिद्धिचरण राजमार्गमा ठोक्किँदा दुई घाइते भएका हुन्।

दुर्घटनामा एकको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज बिहान एकजनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्