२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ताप्लेजुङको याम्फुदिनमा बोलेरो दुर्घटना, चालकको मृत्यु

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ८ याम्फुदिनमा गयराति बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बोलेरो चालक ताप्लेजुङको फुङलिङ ५ बस्ने ३० वर्षिय निशान लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) राजन लिम्बूले जानकारी दिए। 

उनले चलाएको प्र.१–०१–००१ज.३४३७ नम्बरको बोलेरो याम्फुदिनको भोटेगाउँबाट छेबुकतर्फ जाने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।  

प्रहरीका अनुसार भोटेगाउँबाट छेबुकतर्फ जाँदै गर्दा गाडी बन्द भई बिग्रिएकोले चालक निसान आफैंले फोन गरी स्थानीय २ जनालाई गाडी धकेलिदिनका लागि सहयोग गर्न बोलाएका थिए। 

गाडी पछाडिबाट ओरालोतर्फ धकाल्ने क्रममा अनियन्त्रित भई सडकको भित्तामा ठोकिँदा अचानक सवारी पल्टिएर चालक निसानलाई सोहि सवारीले किचेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।  

घटनाको स्थलगत अनुसन्धान तथा उक्त घटनास्थललाई सुरक्षित गर्न याम्फुदिन प्रहरी चौकीका प्रहरी हवल्दार बिनोद उरावको टोली खटिई गएको समेत प्रहरीले जनाएको छ।  

घटनाको विस्तृत अध्ययनका लागि इलाका प्रहरी कार्यालय तेल्लोकका प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा प्रहरी टोली परिचालित भएको समेत जिल्ला प्रहरी प्रमुख(डिएसपी)लिम्बूले जानकारी दिए।

प्रकाशित: १८ मंसिर २०८० ००:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App