१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अर्घाखाँचीमा ट्रक दुर्घटनामा दुईजनाको मृत्यु

अर्घाखाँचीको शीतगंगा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। महेन्द्र राजमार्गको शीतगंगा- ८ सातमाराको राप्ति पुलनजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार  दुर्घटना भएको थियो।

मृत्यु हुनेमा ट्रकका चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका- १८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए। उनीहरूको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु प्रहरी निरीक्षक  रिजालले बताए। -रासस

प्रकाशित: २४ मंसिर २०८० ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App