८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

उदयपुर दुर्घटना अपडेटः ३ को निधन, १४ को उपचार जारी, २२ घर फर्के

अघिल्लो दिन पिकनिक खाएर फर्कने क्रममा दुर्घटनामा परेको अन्नपूर्ण बोर्डिङ स्कुल बसका घाइतेमध्ये २२ जना निको भएर घर फर्केका छन्। 

गम्भीर १३ जनाको विराटनगरस्थित न्युरो अस्पताल र १ को जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको छ। घाइतेहरू सबैको अवस्था सुधारोन्मुख रहेको बताइएको छ।

त्रियुगा नगरपालिका ५ देउरी जलजलेस्थित अन्नपूर्ण बोर्डिङबाट अभिभावक र विद्यार्थी बोकेर पिकनिक खान गएको प्र १–०५–००१ ख ००४४ नम्बरको बस शनिवार फर्कने क्रममा जिल्लाको उदयपुरगढी गाउँपालिका ७ जोगीनीटोलस्थित मदन भण्डारी लोकमार्गमा दुर्घटनामा परेको थियो।

घुम्तीमा अनियन्त्रित भई सडकमुनि खसेर दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका ६ का ४० वर्षीय भिखन चौधरी, ७ वर्षीय सोनिया चौधरी र ११ वर्षीय विकास चौधरीको निधन भएको थियो।  

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक लोकबहादुर दियालीका अनुसार ३९ जना यात्रु सवार बस दुर्घटनाका घाइते ३९ जनालाई जिल्ला अस्पताल उदयपुरमा ल्याइएको थियो। जसमध्ये चालकसहित ३ जनाको निधन भएको हो। 

त्यहाँ उपचार सम्भव नभएपछि अन्य १३ जना गम्भीरलाई पनि रिफर गरिएको प्रहरीले जनाएको छ। घाइते हुनेमा ४ अभिभावक र बाँकी विद्यार्थी बालबालिका रहेका छन्।

दुर्घटनामा परी त्रिनपा ६ का ६ वर्षीय सुरज चौधरी, १३ वर्षीय टप्पी परियार, १८ वर्षीय अनु चौधरी, १५ वर्षीय सदिक्षा चौधरी, ९ वर्षीय आर्यन चौधरी घाइते छन्। 

त्यस्तै घाइते हुनेहरूमा १५ वर्षीय अनिशा चौधरी, ६ वर्षीय कल्पना चौधरी, १८ वर्षीय नारायण चौधरी, ३ वर्षीय रबिना चौधरी, १० वर्षीय गुयल चौधरी ११ वर्षीय अनुष्का चौधरी, १२ वर्षीय स्वस्तिका चौधरी, ११ वर्षीय अनुष्का दास, १७ वर्षीय चाँदनी चौधरी, १८ वर्षीय नारायण चौधरी छन्।  

त्यस्तै रोशन चौधरी ९, राम चौधरी ९, सोमिया चौधरी ७, शङ्कर चौधरी ११, गङ्गा चौधरी १२, आशिका चौधरी १४, विशाल चौधरी १४, आशिष चौधरी १७, रामानन्द चौधरी ३० र नरेश चौधरी १८ वर्षका रहेको प्रहरीले जनाएको छ।

अभिभावकहरु ४० वर्षीय रामप्रसाद चौधरी, ३८ वर्षीय अरुण चौधरी र ३५ वर्षीय सत्यनारायण चौधरी पनि घाइते छन्। जसमध्ये गम्भीर चण्डिका चौधरी, सत्यनारायण चौधरी, अनुष्का दास, स्वस्तिका चौधरी, रोहित चौधरी, राम चौधरी, सिद्धार्थ चौधरी, प्रेम चौधरी, गङगा चौधरीलगायतलाई रिफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताएका छन्।

अप्रिय घट्नाले विद्यालय परिवार शोकमग्न भएको छ भने पुरै देउरी जलजले गाउँ शोकाकुल भएको छ। प्रायः सबैजसो चौधरी परिवारका विद्यार्थी परेकाले विशेष गरी थारु बस्ती शोकले थिलथिलो हुन पुगेको छ।

यसैबीच दुर्घटनामा परी निधन भएका ३ जनाको शव पोष्टमार्टमका लागि आज बिहान जिल्ला अस्पताल उदयपुरल्याइएको छ। गम्भीर घाइते भएर रिफर भएका उनीहरूको विराटनगर लाने क्रममा शनिवार दिउँसो बाटोमै निधन भएको थियो।

प्रकाशित: १० मंसिर २०८० ०४:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App