१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक घाइते

धनुषामा  आज बिहान  मोटरसाइकल  दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मोटरसाइकलमा सवार अन्य एक जना गम्भीर घाइते भएका छन्। जनकपुरधामबाट ढल्केबर तर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोटरसाइकल बिहान ३ बजेतिर  अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रन्जन अवाले नागरिकन्यूजलाइ बताए।

मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनी रहेको प्रहरीले जनाएको छ। 

सोही मोटरसाइकलमा  सवार जनकपुरधाम उपमहानगरपालिका १२ का शत्रुधन सहनी गम्भीर घाइते छन्।   थप उपचारका लागि उनलाई राजधानी लगिएको छ।

प्रकाशित: २९ मंसिर २०८० ०३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App