६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘होली वाइन’ सम्मेलनमा चार करोड सरकारी पैसा खर्च

होली वाइन काण्डका कारण विवादित एसिया प्यासिफिक सम्मेलनमा तीन करोड ९९ लाख रुपैयाँ सरकारी खर्च भएको छ। युनिभर्सल पिस फेडेरेसनको आयोजनामा भएको सम्मेलनमा सरकारको एक पैसा पनि खर्च नहुने दावी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। अर्थ मन्त्रालयले भने उक्त रकम भुक्तानी दिइसकेको छ।

११ प्रतिशतले मात्र पाउँछन् क्षतिपूर्ति

वैदेशिक रोजगारीको क्रममा पीडित भएकामध्ये न्यायिक निकायबाट मुद्दा जितेका करिब ११ प्रतिशतले मात्र क्षतिपूर्ति पाउने गरेको तथ्य सार्वजनिक भएको छ। ठूलो संख्याका श्रमिक पीडित भइरहेको बेला न्यायिक निकायसम्म पुगेका सीमित पीडितमध्ये निकै थोरैले मात्र क्षतिपूर्ति पाउने गरेको तथ्य फेला परेपछि सरकारले पीडितलाई हक दिलाउन थप मेहनत गर्नुपर्ने देखिएको छ।

जग्गा कब्जाविरुद्ध विवेकशील

विवेकशील साझा पार्टीले सरकारी जग्गा कब्जासहित भ्रष्टाचारका विरुद्ध आवाज उठाउँदै विरोध प्रदर्शनहरु गरेको छ। उक्त पार्टीले शनिबार खबरदारी कार्यक्रम गरेको हो।

भ्रष्टाचार संस्थागत गर्न सरकारले जनतालाई पानीजहाज र रेलको भुलभुलैयामा पार्‍योः नेता पौडेल

नेपाली कांग्रेसका शीर्ष नेताहरुले भ्रष्टाचारलाई संस्थागत गर्न वर्तमान सरकारले जनतालाई पानी जहाज र रेलको भुलभुलैयामा पारेको बताएका छन्। कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै नेताहरुले विकासको नाममा ठूला सपना देखाएर त्यसकै आडमा भ्रष्टाचारलाई संस्थागत गरिरहेको आरोप लगाए।

‘अबको संसद अधिवेशनमा संविधान संशोधन अघि नबढाए सरकारमा टाँसिरहँदैनौं’

सत्तारुढ दल संघीय समाजवादी फोरमका महासचिव रामसहाय प्रसाद यादवले बारा र पर्सामा हावाहुरीका कारण प्रभावित बनेका पीडितहरुको लागि स्थायी बसोबासका लागि सरकारले घोषणा गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने बताएका छन्।

‘ओली सरकार भाषण र उखान टुक्कामा अत्यधिक सफल, काममा असफल’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले सरकारको एक वर्ष पूर्ण रुपमा असफल भएको दाबी गरेका छन्। सरकार काम भन्दा पनि गफ र भाषणमा सफल भएको उनको भनाई छ। नेता लेखकले सरकारको पहिलो जिम्मेवारी भनेको नै मुलुकमा शान्ति, सुरक्षा कायम गर्नु भएको बताउँदै यही महत्वपूर्ण काममा नै सरकार असफल भएको दाबी गरे।

पराराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा पूर्वएआईजी श्रेष्ठ

सरकारले पराराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा सशस्त्र प्रहरीका पूर्वएआईजी राजेश श्रेष्ठलाई नियुक्त गरेको छ।  श्रेष्ठलाई मन्त्रिपरिषदको हालैको बैठकले नियुक्त गरेको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले नागरिकलाई जानकारी दिए।

हुरीपीडितलाई प्रदेश सरकारको सहयोग

चैत १७ गते आएको विनासकारी हावाहुरीमा परी मृत्यु हुनेका परिवारका सदस्यहरुलाई प्रदेश नम्बर दुईका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले शुक्रबार नगद सहयोग गरेको छ।जिल्ला समन्वय समिति बाराको सभाहलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत तथा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले मपरिवारका सदस्यलाई तीन लाख ७५ हजारको चेक रकम हस्तान्तरण गरेका थिए।

‘जनताले खानेपानी पाएका छैनन्, सरकार रेल र पानीजहाजको कुरा गर्छ’

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सरकार कामभन्दा पनि कुरामा अल्झिएको टिप्पणी गरेका छन्। शुक्रवार नेविसंघ संगठित र प्रशिक्षित अभियानले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले जनताले खानेपानी नपाएका बेला सरकार रेल र पानीजहाजको सपना बोकेर हिडेको बताए।

बालुवाटारको जग्गा हडपेको छैन्, निष्पक्ष छानविन होस्ः विष्णु पौडेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सरकारी जग्गा नहडेपेको दाबी गरेका छन्। पौडेलले शुक्रवार साँझ विज्ञप्ति जारी गरी आफूले कानुन बमोजिम नै जग्गा खरिद गरेको र यसको निष्पक्ष छानविन गर्न माग गरेका छन्।

पानी बेच्न अन्तर्राष्ट्रिय बजार खोज्दै सरकार, खाडी देशबाट माग

हिमाल र पहाडबाट बगिरहेको पानी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी बिक्री गर्ने योजना बनाउँदै खानेपानी मन्त्रालयले शुक्रबार बृहत अन्तरक्रिया गरेको छ। व्यापार घाटा कम गर्ने तथा नेपालको पहिचान विश्व बजारमा फैलाउने उद्देश्यले मन्त्रालयले हिमालबाट बगेर आएको ग्लेशियर र स्प्रिङ वाटर निर्यात गर्ने विषयमा बृहत छलफल गरेको हो।

६ महिनामा करिब २५ सय संघसंस्थामात्रै सूचीकृत

५५ लाख ९१ हजार रुपैयाँ खर्च गरेर तामझामका साथ सुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले सोचे जस्तो सफलता हाँसिल गर्न सकेन।

निर्धाको दैव सहारा

जसको कोही छैन त्यसकालागि सरकार हुनुपर्नेमा पशुपतिनाथको देशमा अझैसम्म पनि ‘निर्बलको बल राम’ मात्र हुने अवस्था विद्यमान छ। भविष्य फेरिने प्रारंम्भिक संकेतसम्म पनि देखिँदैन। बाँच्नका लागि आश नजोगाइ सुख छैन।

अस्पतालद्वारा खरिद महँगा उपकरणको बिलभपाई गायब

सरकारी अस्पतालले खरिद गरेका मँहगा उपकरणको बिल भर्पाइसहितको आर्थिक विवरणको कागजात नै गायब बनाएको पाइएको छ। अस्पतालले खरिद गरेका उपकरणको मूल्य खुल्ने कुनै पनि कागजात सुरक्षित नराखी भूक्तनी गरिएको रकमको विवरण नै गायब बनाएको पाइएको हो। स्वास्थ्य संस्थाहरुले करोडौं मूल्यमा खरिद गरेका उपकरणहरुको आर्थिक कारोबार गरेको कागजात नै सुरक्षित नराख्नुले आर्थिक अनियमितता भएको हुन् सक्ने विज्ञहरुको भनाइ छ।

नाता कुटुम्बको अनुहार नहेरी कारबाही गर्छौं -सञ्चार मन्त्री (भिडियो)

‘सबैखाले भ्रष्टाचार रोक्न सरकारले कदम अघि बढाइसकेको छ, अब कारबाही गरेरै छोड्छौं।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्