१५ असार २०८१ शनिबार
image/svg+xml

युक्रेन द्वन्द्वको असर युरोपमा मात्र सीमित छैन: भारत

सुरक्षा परिषद्लाई आश्वस्त पार्दै संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा काम्बोजले युक्रेन द्वन्द्वका कारण उत्पन्न आर्थिक कठिनाइलाई कम गर्न भारतले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने बताए।

युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासीको खुसी

'दैनिक उपभोग गर्ने सामग्री खरिद गर्न मुस्किल भएको छ, पेट्रोलको मूल्य बढेको छ। पहिला प्रतिलिटर एक युरो ३० सेन्टमा पाइने पेट्रोल अहिले दुई युरो १० सेन्ट पुगेको छ। एक महिना पहिला त झण्डै प्रतिलिटर तीन युरोसम्म पुग्यो। यहाँका लागि यो अत्यधिक हो।'

औषधिमाथिको प्रतिबन्ध, मानवता विरुद्धको अपराधः युक्रेन

आफ्नो देशमाथि रुसले आक्रमण गरेदेखि औषधि जस्तो अत्यावश्यक क्षेत्र र सेवाको पहुँच माथि प्रतिबन्ध लगाएको र त्यो कार्य मानवता विरुद्धको अपराध भएको उनले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा बताएका छन्।

ग्यासको प्रयोगमा १५ प्रतिशत कटौती गर्ने ईयूको योजना कार्यान्वयनमा

रुसबाट सिधै ल्याइने ग्यासमा निर्भर रहेको हंगेरीले यसको अपवादको माग गरेको थियो। ईयूको आर्थिक महाशक्ति जर्मनीले गत वर्ष रूसबाट आयात हुने ४० प्रतिशत ग्यास आयातमा ठूलो हिस्सा ओगटेको थियो। यदि युरोपेली आयोगले ‘ग्यास आपूर्तिमा गम्भीर कमी’ वा असाधारण रूपमा उच्च ग्यासको माग देखापरेको छ भने, यसले ईयू सदस्य राष्ट्रहरूलाई ग्याँस कटौतीका लागि बाध्यकारी बनाउँदछ र अपवादहरू सीमित गर्दछ।

म्यान्मा हिंसा र युक्रेन युद्धबारे आसियान बैठकमा बहस हुँदै

अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी अहिले एसिया–प्रशान्त क्षेत्रको भ्रमणमा छिन्। उनले ताइवानको भ्रमण गर्ने सम्भावना पनि छ जसले अमेरिका–चीन द्वन्द्वलाई चर्काएको छ। सभामुख पेलोसीको सम्भावित ताइपेइ भ्रमणलाई लिएर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले गत हप्ता नै चेतावनीपूर्ण भाषामा भनेका छन्, 'आगोसँग खेल्नेहरू यसबाट नष्ट हुनेछन्।'

रुस–युक्रेन युद्धले खाद्य संकट

विगतका वर्षहरूमा युक्रेन एक्लैले विश्वका झण्डै ४० करोड मानिसलाई पुग्ने खाद्यान्न आपूर्ति गर्दै आइरहेको थियो। गहुँ र सूर्यमुखीको मुख्य उत्पादन हुने युक्रेनका दक्षिणपूर्व, मध्य, दक्षिण र पश्चिमी भागहरूमा हाल लडाइँ चर्किरहेको छ।

रूसद्वारा युक्रेनी सैनिकका शव फिर्ता

रूस–युक्रेन द्वन्द्वमा मारिएका सैनिकको शव आदानप्रदानका लागि युक्रेनका बेपत्ता व्यक्तिका आयुक्त ओलेग काटेन्को र देशको कानुन कार्यान्वयन निकायको संयुक्त प्रयासमा आफ्ना सैनिकको शव फिर्ता ल्याइएको उक्त मन्त्रालयले जनाएको छ।

युक्रेनको शान्ति सुरक्षामा बेलायती प्रधानमन्त्री जोनसनको चासो

उनीहरुकाबीचमा युक्रेनको पछिल्लो सुरक्षाका सम्बन्धमा कुराकानी भएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले जानकारी दिए।

युक्रेन युद्धले पूर्वी युरोपमा बिआरआई प्रभावित

रूस–युक्रेन युद्धले चीनको महात्वाकांक्षी परियोजना बिआरआई मध्य तथा पूर्वी युरोपेली देशहरूमा नराम्ररी प्रभावित भएको छ।

टर्कीले संयुक्त राष्टसङ्घ, रुस र युक्रेनको संयुक्त बैठक आह्वान गर्ने

टर्कीले युक्रेनका लागि संयुक्त बैठकको आह्वान गर्ने भएको छ। युक्रेनमा जारी रहेको रुसको हमलाका विषयमा टर्कीले बैठकको आह्वान गर्ने भएको हो। टर्कीले स्तानबुलमा बैठक आह्वान गरेको छ।

रुसले लिसिचान्स्कमा विपत्तिजनक विनाश मच्चाइरहेको छः युक्रेन

युक्रेनले रुसले डोनबास क्षेत्रको पूर्वी औद्योगिक सहर लिसिचान्स्कमा भारी गोलाबारी गरिरहेको बताएको छ।

रुस-ईयू तनाव बढ्दै गएपछि युक्रेनले आक्रमण बढेको बतायो

रूसले युक्रेनी अनाज निर्यातमा गरेको नाकाबन्दीले विश्वव्यापी खाद्य सङ्कटको डर बढ्दै जाँदा युरोपसँग नयाँ तनाव उत्पन्न भएको छ। किभले मस्कोलाई देशको पूर्वमा आक्रमणहरू बढाएको आरोप लगाएको छ।

दक्षिणी युक्रेनमा रूसी टेलिभिजन प्रसारण: रूसी सेना

युक्रेनको दक्षिणी क्षेत्र खेरसनमा रहेका टेलिभिजन टावरहरूलाई रुसी टेलिभिजन प्रसारण गर्न पुनः बन्दोबस्त गरिएको रुसी सेनाले मंगलबार उल्लेख गरेको छ।

पूर्वी युक्रेनमा मानवीय अवस्था अत्यन्तै डरलाग्दो: राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले शुक्रबार पूर्वी युक्रेनमा मानवीय अवस्था 'अत्यन्तै डरलाग्दो' रहेको भन्दै रुसी आक्रमणको चार महिना बितिसक्दा पनि झन् खराब हुँदै गएको बताएको छ।

'युक्रेनलाई रक्षासम्बन्धी सहयोग गर्ने'

युक्रेन राष्ट्रपति र क्यानाडाका नेताका बीचमा युक्रेनका लागि आवश्यक रक्षा सहयोगका बारेमा छलफल भएको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्