१२ असार २०८१ बुधबार
image/svg+xml

रुसद्वारा युक्रेनको आवासीय भवनमा हमला

युक्रेनको मध्यभागमा रहेको क्रामाटोर्स्कको एक आवासीय भवनमा बुधबार रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनुको साथै २० जना घाइते भएका छन्।

युक्रेनको राजधानीमा हवाइ आक्रमण

युक्रेनको राजधानीमा आइतबार राति रुसी सेनाद्वारा हवाइ हमला गरिएको छ। शहरका विभिन्न जिल्लामा विस्फोटन भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

युक्रेनी ड्रोन रूसी हवाई शिविरमा खसालियो, तीन जनाको मृत्यु

रूसी हवाई सुरक्षा फौजले युक्रेनको एउटा ड्रोन दक्षिणी रूसको एक हवाई शिविरनजिक पुगेपछि रूसले खसालेको रूसी समाचार संस्थाहरूले सोमबार बताएका छन्।

युक्रेनको ओडेसामा १५ लाखभन्दा बढी मानिस अन्धकारमा

शनिबार युक्रेनको ओडेसामा अन्धकार छाएको छ। किनकि यहाँ ऊर्जा प्रदायक संरचना रुसी आक्रमणबाट प्रभावित भएका छन्।

युक्रेनमाथि भीषण हवाई हमला, पूर्वाधारमा व्यापक क्षति

यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले ब्ल्याक सीबाट अन्न, खाद्यसामग्री र मलखादको सुरक्षित निर्यातका निम्ति भएको चारमहिनाअघि भएको सहमतिको म्याद समाप्त हुनु केहीदिनअघि त्यसलाई थपिएको घोषणा गरेका छन्

युक्रेनलाई ४० करोड डलर उपलब्ध गराउँदै अमेरिका

रुसका रक्षामन्त्री सर्गेई शोइगु र युक्रेनमा खटिएका रुसी सेनाका कमाण्डर जनरल सर्गेई सुरोभिकिनबीच मस्कोमा भएको बैठकपछि मस्कोले सेनालाई खेरसनबाट फर्कन आदेश दिएको हो। उक्त शहरलाई मात्र आफ्नो कब्जामा लिन मस्को सफल भएको थियो।

रुसी सेना फिर्ता भएपछि मात्र वार्ता: युक्रेन

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीका सल्लाहकार मिखाइलो पोदोलियाकले सो कुराको जानकारी दिएको युक्रेनी मिडियाले जनाएका छन्।

युक्रेनीलाई बिजुली, पानीबाट वञ्चित गराउँदै रूस

निरन्तरको क्षेप्यास्त्र आक्रमणबाट उत्तरपूर्वी शहर खार्किभ र चेर्कसीका आधारभूत भौतिक पूर्वाधारमा क्षति भएको छ।

बेलायतका प्रधानमन्त्रीद्वारा युक्रेनी राष्ट्रपतिलाई सघाउने आश्वासन

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग कुरा गर्न पाउनु विशेषाधिकार भएको बताउँदै प्रधानमन्त्री सुनकले युक्रेनी राष्ट्रपति र जनताप्रति बेलायतको निरन्तर साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सधै युक्रेनको साथमा बेलायत रहेको स्पष्ट गरेका छन्।

जापोरिजिया आणविक प्लान्टका ‘करिब ५० कर्मचारी‘ रूसको नियन्त्रणमा

प्रमुख पेट्रो कोटिनले एएफपीसँग भने, 'फब्रुअरीको अन्त्यमा रुसी आक्रमण सुरु भएदेखि प्लान्टका कर्मचारीबाट १५० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ, तीमध्ये केहीलाई पछि रिहा गरिएको थियो, तर केही व्यक्तिहरूको अवस्था अज्ञात छ।'

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर र डेनमार्कले बाँकी तीन करोड अमेरिकी डलर सहयोग गर्ने विश्व बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

युक्रेनलाई सहयोगबारे छलफल

युक्रेनमा आवश्यक सहयोग बारे युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले फ्रान्सका विदेशमन्त्रीसँग भेटवार्ता गरेका छन्। हाल युक्रेनको भ्रमणमा रहेका फ्रान्सेली विदेशमन्त्री क्याथोरिन कोलोनासँगको भेटका क्रममा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले युक्रेनलाई सहयोग गर्न आग्रह गरेका हुन्।

युक्रेनका राष्ट्रपति जेलेन्स्की सवार कार दुर्घटना

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ।

युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रबाट ७३ हजार विस्थापित

विशेषगरी अनिवार्य रुपमा विस्थापित गराउन पर्ने पूर्वी डोनेट्स्क क्षेत्रबाट एक महिनामा करिब १६ हजार नागरिकहरुलाई हटाइएको मन्त्रालयले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्