१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कतारकी राजकुमारीले स्याङ्जामा लिइन् प्याराग्लाइडिङ तालिम

पोखरा आएका धेरै पर्यटक प्याराग्लाइडिङ गर्न रुचाउँछन्। त्यत्ति मात्र नभई प्याराग्लाइडिङ उडान सिक्नकै लागि पनि पर्याप्त विदेशी पाहुना पोखरा आउने गर्दछन। तिनै मध्येकी हाईप्रोफाइल पाहुना कतारकी राजकुमारी आश्मा अल्थानीले पनि केहीदिन अघि स्याङजाको आकाशमा प्याराग्लाइडिङ उडानको प्रशिक्षण लिएकी छिन्। स्याङजाको भीरकोटस्थित द बाबु एडभेन्चर इन्टरनेशनल स्कुलमा उनले प्रशिक्षण लिएकी हुन्।

स्याङजाको मनस्याङकोटबाट प्याराग्लाइडिङको व्यवसायिक उडान

बाबु एडभान्चर प्याराग्लाइडिङ कम्पनिले स्याङजाको वालिङ नगरपालिका–१ मनस्याङकोटबाट प्याराग्लाइडिङको व्यवसायिक उडान अनुमति लिएको छ।

स्याङजा–२ः एमाले–कांग्रेसको विवादले गणना अन्योलमा

बुथ कब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताको नाममा पनि मत खसालेको भन्दै विवाद बढेपछि स्याङजा–२ को मतगणना अझै सुरु हुन सकेको छैन। एमालेले त्यहाँ पुनः मतदानको माग गरेको छ। त्यस्तै कांग्रेसले पनि एमालेलाई त्यही क्षेत्रका विभिन्न मतदान केन्द्रको बुथ कब्जा गरेको आरोप लगाएको छ। जिल्लाको विवाद अहिले निर्वाचन आयोगमा पुगेको छ।

स्याङजामा फाटेको मन कसले जोड्ने ?

स्याङजा २ आफैमा कांग्रेसका लागि बलियो क्षेत्र हो। तर, त्यहाँ कांग्रेस आन्तरिक इगोमा फस्दा त्यसको लाभ एमालेले लिन सक्ने सम्भावना बढेको छ। एमालेले संगठन परिचालनमा विशेष ध्यान दिएको र कांग्रेसभित्रको इगोको फाइदा लिन सक्ने देखिएको छ। कांग्रेस बलियो हुँदाहुँदै पनि आफ्नै कारणले कमजोर सावित बन्न सक्ने विश्लेषण विश्लेषकको छ। एमालेमा पनि पार्टीको भरपुर सहयोग त छैन, तर, कांग्रेसमा जस्तो मन फाटेको अवस्था छैन।

स्याङजा–१ मा मतदाताका लागि ‘टेस्टेड’ उम्मेदवार

त्यसको पहिलो कारणबारे ती विश्लेषक भन्छन्, 'सत्तारुढ गठबन्धनको पनि प्रभाव पर्नेछ। त्यसबाहेक पछिल्लो पाँचवर्ष अवधिमा मरासिनीको कामप्रति मतदाता सन्तुष्ट छैनन्। निर्वाचन जितेपनि काम नगरेको आरोप मरासिनी माथि छ।' त्यसको लाभ अहिले कांग्रेसका थापालाई पर्ने उनको विश्लेषण छ। ‘हुन त २०७० मा जितेपछि राजु थापाले पनि उत्तिसारो काममा फड्को मारेका त होइनन्, तर, मतदाताले त्यो बिर्सिसकेका छन्,’ उनले भने।

स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

स्याङ्जाको वालिङ तर्फ आउँदै गरेको यात्रुबाहक जीप वालिङ नगरपालिका १२ स्थिति फिरफरे डाडाँखर्कमा दुर्घटना हुदाँ पाँच जनाको ज्यान गएको छ ।

सुन्तलामा औंसाः प्लाष्टिकमा गुम्साएर किरा मार्दैछन् स्याङजाका किसान

स्याङ्जाको सुन्तला बगंैचामा छिर्ने जो कोहीले यो बेला प्लाष्टिकमा पोको पारेर राखेको सुन्तलाका दाना देख्न पाउँछन्। सुन्तला दानालाई प्लाटिकको थैलोमा पोको पारेको देख्दा जो कोहीलाई अचम्म पनि लाग्ला। औंसा किराको प्रकोपले अहिले स्याङजाका सुन्तला किसान आत्तिएका छन। त्यही किरा नियन्त्रण गर्ने प्रयास स्वरुप किसानले सुन्तलाका दाना नै प्लाष्टिकमा पोको पारेर गुम्साएर किरा मार्ने प्रयास थालेका छन्।

कास्की र स्याङजामा जीप दुर्घटना, ११ को मृत्यु (अपडेट)

कास्की र स्याङजामा भएका जीप दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। पोखराबाट पर्यटकीय गाँउ कास्कीको घान्द्रुक हिँडेको जीप घान्द्रुकको कलाभीरमा दुर्घटना हुँदा चालक सहित आठजनाको मृत्यु भएको हो। दुर्घटनामा एकजना घाईते भएका छन्।

भर्जिन गोल्डको स्वर्णसिक्का विजेता घोषणा

मदिरा ब्रानड भर्जिन गोल्डले भर्जिन गोल्ड लक्की ड्र योजना अन्तर्गतको चौथो विजेता घोषणा गरेको छ। ५ अगस्टमा गरिएको लक्की ड्रमा स्याङजा खाजा घर बसपार्कले एक तोला सुनको सिक्का जितेको कम्पनीले जानकारी गराएको छ।

वालिङको पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु, १ को उद्दार

स्याङजाको वालिङ १४ तमादीमा गएको पहिरोमा परी एकै परिवारका ९ जनाको मृत्यु भएको छ। एक जनाको भने उद्दार गरिएको छ। उद्दार गरिएको युवतीलाई थप उपचारको लागि पोखरा ल्याइएको छ।

विदेशबाट फर्किएका ६० जना होम क्वारेन्टाईनमा

स्याङजाको वालिङ नगरपालिकाभित्रका विभिन्न वडामा विदेशबाट आएका ६० जना होम क्वारेन्टाइनमा बसेका छन्।

स्याङ्जामा प्रहरी जवानले आफैंलाई गोली हाने

स्याङ्जा जिल्ला कारागारमा कार्यरत एक प्रहरी जवानले आफैंले आफैलाई गोली हानी आत्महत्या गरेका छन्। शनिबार बिहान ३ः३० बजे नवलपरासीको त्रिवेणी नगरपालिका–६ का २५ वर्षीय जितेन्द्र थापाले आफैले बोकेको राइफलबाट गोली हानी आत्महत्या गरेका हुन्।

काठमाडौंबाट स्याङजाको वालिङ जाँदै गरेको बस त्रिशुलीमा खस्यो, ५ को मृत्यु (अपडेट)

काठमाडौंबाट स्याङजाको वालिङ जाँदै गरेको बस त्रिशुलीमा खस्दा ५ को मृत्यु भएको छ। दुर्घटनामा परि ३ पुरुष र २ महिलाको ज्यान गएको हो।

काठमाडौंबाट स्याङजाकाे वालिङ जाँदै गरेको बस त्रिशुलीमा खस्याे, २३ को उद्वार (अपडेट)

काठमाडौंबाट स्याङजाकाे वालिङ जाँदै गरेकाे बस त्रिशुली नदीमा खसेको छ।  जिल्ला प्रहरी कार्यालय चितवनले बस चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकबाट एक सय मिटर तल खसेको जानकारी दिएकोे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्