१४ असार २०८१ शुक्रबार
image/svg+xml

फोरम–नयाँ शक्ति एकतामा दमननाथ ढुंगाना पनि सहभागी

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालको एकता घोषणा कार्यक्रममा नेपाली कांग्रेसका नेता दमननाथ ढुंगाना पनि सहभागी भएका छन्। आइतबार प्रज्ञा भवनमा भएको एकता घोषणा कार्यक्रममा ढुंगाना पनि सहभागी भएका हुन्।

लोकगायिका डीक्रा पुरस्कृत

एक दशकपछि गायनमा फर्किएकी सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीलाई नेपाल स्रष्टा समाजले ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ प्रदान गरेको छ। ठाडीभाकाको संरक्षण र बादी समुदायको शसक्तिकरणमा योगदान पु-याएस्वरुप उनलाई पुरस्कृत गरिएको समाजका अध्यक्ष विधान आचार्यले जानकारी दिए।

विप्लव माओवादीसँग वार्ताबाट समाधान खोज : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले दमनको माध्यमबाट नभई वार्ता र सहमतिको माध्यमबाट समाधान खोज्न सरकारलाई आग्रह गरेका छन्।

शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको दमन, १६ चिकित्सक पक्राउ

चिकित्सा शिक्षा सुधारको माग गर्दै २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको मागमा समर्थन जनाउँदै शान्तिपूर्ण प्रदर्शनमा उत्रेका चिकित्सकहरुमाथि प्रहरीले दमन गरेको छ।

'खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन'

नेपाल सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताएका छन्।

म मेखराज कि परियार पनि?

जनअधिकारका निम्ति थुप्रै पटक क्रान्तिको सामना गरेको देश हो, नेपाल । हाम्रो देशको सामन्ती अर्थ–राजनीति, पराधीन प्रत्यक्ष/अप्रत्यक्ष निर्देशन, जहानियाँ राणा शासन, पञ्चायती सक्रिय राजशाही क्रुर निरंकुशता, जातीय दमन, विभेद, उत्पीडन, महिला र क्षेत्रीय विभेद, हिंसाजस्ता विडम्बनाहरू विगतमा भोगिँदै आए ।

क्रिकेट कोहलपुरमै हुन्छः खेलकुदमन्त्री

आठौं राष्ट्रिय खेलकुदको पुर्वाधार तयारीबारे अनुगमन र निरीक्षणमा आएका युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले कोहलपुर क्रिकेट मैदानको पिच सिलान्यास गरेका छन्।

सरकार बर्बर दमनमा उत्रियो : उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मेडिकल शिक्षा सुधारका लागि आन्दोलनरत डा. गोबिन्द केसीको समर्थनमा भएको शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारी हस्तक्षेपप्रति निन्दा गर्दै यस किसिमको बर्बर दमनमा नउत्रिन सरकारलाई चेतावनी दिएका छन्।

जुम्लामा भएकाे प्रहरी दमनको छानविन गर्न माग

बिहीवार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको प्रहरी दमनको सत्य तथ्य प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ।

दलितमाथि दमन

जातीय छुवाछुतमुक्त राष्ट्र घोषणाको ११ वर्ष पुगिसक्दा पनि स्थितिमा तात्विक परिवर्तन आउन नसकेको देखिएको छ। स्थितिमा परिवर्तन आइसकेको हुँदा हो त मुलुकको सार्वभौम संसद्मा उभिएर एकजना सांसदले राजधानी काठमाडौंमा समेत दलितले डेरा नपाउने अवस्थाको खुलासा गर्नुपर्ने थिएन। अन्तरिम संसद्ले २०६३ सालमा नेपाललाई जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको एक दशक नाघिसकेको छ। यसबीच मुलुकमा संविधानसभामार्फत संविधान जारी भएको तेस्रो वर्ष पुग्न लाग्दैछ।

खेलकुदमन्त्रीलाई खेलाडीको ध्यानाकर्षण

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेल र खेलाडीको हितलाई लक्षित गर्दै नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई सोमबार ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ।

बसाइँ उपन्यास कसरी शोषण–दमनको कथा ?

लीलबहादुर क्षत्रीको पहिलो उपन्यास बसाइँ (सन् १९५७) ले सामाजिक यथार्थवादी प्रवृृत्तिलाई अँगालेको छ । पूर्वी नेपालका पहाडी किसानको जीवनलाई लिएर लेखिएको यस उपन्यासमा किसानवर्गले बसाइँ सर्नुपर्ने बाध्यता र परिस्थितिको मार्मिक र याथार्थिक चित्रण पाइन्छ । पहाडी जीवनको यथार्थ उद्घाटित गर्नाका साथै निम्न पात्रका विविध समस्या, विवशता, दुर्बलता र विपन्नताको चित्रण गर्दै मूलतः सामन्ती शोषण, भाग्यवाद र सामाजिक संकीर्णतामाझ अँठ्याइएका दलित र शोषित मानिसको सामाजिक बहिष्कार तथा निष्कासनको याथार्थिक कथा नै बसाइँ उपन्यास हो ।’

महेश बस्नेतले दमननाथलाई दोब्बर मतले हराए

भक्तपुर-२ बाट बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेत विजयी भएका छन्। उनले लोकतान्त्रिक गठबन्धनका काँग्रेस उम्मेदवार दमननाथ ढुंगानालाई झन्डै दोब्बर मतले पराजित गरे।

हार स्वीकार्दै दमनाथले भने,'भूतले खाजा खाने बेलामा उठिएछ'

भक्तपुर-२ का नेपाली काँग्रेसका उम्मेदवार दमननाथ ढुंगाना पराजयको नजिक छन्। बाम गठबन्धनका उम्मदेवारसँग झन्डै दोब्बर मतले पछि परेका उनले आफू गलत समयमा उम्मेदवार भएको अभिव्यक्ति दिएका छन्।

प्रधानमन्त्री देउवाको मतदातालाई प्रश्न : दमन रोज्नेकी खुला शासन ?

प्रधानमन्त्री शेरवहादुर देउवाले आसन्न निर्वाचन कम्युनिष्ट शासन रोज्ने या लोकतान्त्रीक शासन रोज्ने भन्ने निर्णायक प्रतिष्पर्धा भएको बताएका छन्। मंगलवार घोराहीमा आयोजित चुनावी आमसभामा बोल्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले दमन रोज्ने कि खुला शासन रोज्ने निर्णय गर्ने जिम्मा जनताको काँधमा रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्