१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

फोरम–नयाँ शक्ति एकतामा दमननाथ ढुंगाना पनि सहभागी

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालको एकता घोषणा कार्यक्रममा नेपाली कांग्रेसका नेता दमननाथ ढुंगाना पनि सहभागी भएका छन्। आइतबार प्रज्ञा भवनमा भएको एकता घोषणा कार्यक्रममा ढुंगाना पनि सहभागी भएका हुन्।

कांग्रेस नेता ढुंगाना एकता घोषणा कार्यक्रममा भट्टराई र यादवसँगै मञ्च बसेका छन्। ढुंगानाले पनि हात भट्टराई र यादवसँगै हात उठाएर एकता घोषणा कार्यक्रमलाई साथ दिएका छन्।

नयाँ शक्ति र संघीय समाजवादी पार्टीको एकताले आफु उत्साही भएको बताएका छन्। संघीय संसदको निर्वाचनमा भक्तपुर–२ बाट उम्मेदवार बनेका ढुंगाना तत्कालिन एमाले उम्मेदवार महेश बस्नेतसँग पराजित भएका थिए। उनी पूर्वसभामुखसमेत हुन्।

 

 

प्रकाशित: २३ वैशाख २०७६ ०८:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App