१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

महेश बस्नेतले दमननाथलाई दोब्बर मतले हराए

एमाले नेता महेस बस्नेत

भक्तपुर—भक्तपुर-२ बाट बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेत विजयी भएका छन्। उनले लोकतान्त्रिक गठबन्धनका काँग्रेस उम्मेदवार दमननाथ ढुंगानालाई झन्डै दोब्बर मतले पराजित गरे।

एमाले अध्यक्ष केपी ओली निकट मानिने बस्नेतले ३६ हजार ४१२ मत ल्याए। निकटतम प्रतिद्वन्द्वी काँग्रेसका ढुंगानाले १८ हजार ६८५ मत प्राप्त गरे।

विजयी बस्नेत पूर्वमन्त्री हुन् भने पराजित ढुंगाना पूर्व सभामुख हुन्।


 

प्रकाशित: २४ मंसिर २०७४ ०१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App