१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

जन्मदिनमा वृद्धाश्रमलाई एक लाख सहयोग

युवा व्यवसायी एवम् समाजसेवी पदमबहादुर खड्काले आफ्नो जन्मदिनको अवसर पारेर प्रशान्ति वृद्धाश्रमलाई एक लाख १० हजार ५१ रुपैयाँ सहयोग प्रदान गरेका छन् । ४० औं जन्मदिनको अवसर पारेर वृद्धाश्रममा आयोजित कार्यक्रममा उनले आमा विष्णा खड्काको हातबाट वृद्धाश्रमलाई सो रकम प्रदान गरेका हुन् ।

जन्मदिन मनाउने खर्च वृद्धाश्रमलाई

विराटनगर–५ की यशस्वी पोखरेलका अभिभावले छोरीको जन्मदिन मनाउन लाग्ने खर्च वृद्धाश्रमका वृद्धवृद्धालाई सहयोग गरेका छन्। विराटनगरको सेन्टमेरिज विद्यालयमा कक्षा ६ मा अध्ययनरत पोखरेलले बुधबार बिहान विराटेश्वर वृद्धाश्रम पुगेर आश्रमका अध्यक्ष जगतप्रसाद अर्याललाई नगद हस्तान्तरण गरिन्।

जन्मदिनमा दाइजोविरुद्ध जागरण

तराईमा प्रचलित दाइजो(दहेज) प्रथाको विषयमा निर्माण गरिएको फिल्म ‘राज्जा रानी’ले प्रचारप्रसारसँगै दाइजो र बालविवाहविरुद्ध सोमबारबाट जागरण अभियान सुरु गर्ने घोषणा गरेको छ ।

श्रीमतीको हत्या गर्ने टेकबहादुरलाई जन्मकैद

जिल्ला अदालत सुर्खेतले श्रीमती हत्यामा संलग्न एक जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको छ। गुर्भाकोट–२ का टेकबहादुर कामीले भदौ २५ मा श्रीमती पञ्चकलीको हत्या गरेका थिए।

अब छोरी जन्मिने बित्तिकै बैंकमा रकम र जीवन बीमा

समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले उदाहरणीय कामको थालनी गरेका छन्।

हाम्रो राष्ट्र ‘नेपाल’ कहिले र कसरी जन्म्यो !

हरेक नेपालीलाई आफ्नो राष्ट्रको नाउँ कसरी जन्म्यो, कुन स्रोतबाट विकसित भयो र यसको व्यापकता कस्तो छ भन्ने विषयमा जान्ने ठूलो उत्सुकता हुन्छ । त्यस उत्सुकताले अनुसन्धान गरी आधुनिक पुरातŒवविद्ले अकाट्य तर्क प्रस्तुत नगरुन्जेल उपयुक्त उत्तर पाउन सक्दैन ।

गणेशमान सिंहको १०२औं जन्मजयन्ती मनाइँदै

विसं २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ। स्व गणेशमान सिंहको १०२औँ जन्मजयन्तीका अवसरमा आज गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको शालिकमा माल्यार्पण गरिएको हो।

जन्मभूमिको मायाले सप्तरीबाट उम्मेदवारीः उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी पछाडि परेकाले यहाँको विकास गर्न आफू यस जिल्लाबाट चुनाव लडेको बताएका छन्।

जन्मकैद सजाय पाएका माओवादी नेता ढुंगेल पक्राउ

ज्यान मुद्दाका दोषी माओवादी नेता बालकृष्ण ढुंगेललाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले ढुंगेललाई पाटन क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ गरेका ढुंगेललाई अदालतमा बुझाउने तयारी भइरहेको प्रहरी स्रोतले नागरिकन्युजलाई बतायो। 'अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो', प्रहरी स्रोतले भन्यो, 'अदालतमा बुझाउनुभन्दा अगाडि नै छुटाउ माओवादीको दवाब छ।'

मदन भण्डारीको जन्मथलोमा राष्ट्रपतिलाई अभिनन्दन

स्वर्गीय पति मदन भण्डारीको जन्मस्थल मैवा खोला ढुंगे साँघुमा राष्ट्रपति विद्या भण्डारीलाई नागरिक अभिनन्दन गरिएको छ। राष्ट्रपति भण्डारीलाई मैवा खोला गाउँपालिका र मैवा खोला सेवा समाजले नागरिक अभिनन्दन गरेको हो।

तीखे गैंडाले बच्चा जन्मायो

चितवनबाट बर्दिया राष्ट्रिय निकुन्जस्थित बबई उपत्यकामा मूलघाटमा स्थानान्तरण गरेको गैडाले वच्चा जन्माएको छ। बबई उपत्यकाको चेपाङ्गमा मूलघाट क्षेत्रमा गैंडाले एउटा बच्चा जन्माएको निकुन्जले जनाएको छ।

जन्मकैद फैसला बदर माग्दै सर्वोच्चमा रिट

‘मैना सुनार हत्या प्रकरण’ मा अवकाश प्राप्त तीनजना सैनिक अधिकृतमाथि सुनाइएको जन्मकैद फैसला बदरको माग राख्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाली सेनाको तर्फबाट अख्तियार प्राप्त सेना प्राड विभागमा कार्यरत सहसेनानी सरोज रेग्मीले मीना कट्वाललाई वारेस राखी सर्वोच्चमा रिट दर्ता गरेका हुन् । निर्दोष बालिकालाई पक्राउ गरी हत्या गरेको अभियोगमा अवकाश प्राप्त महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई जिल्ला अदालत काभ्रेले गत वैशाखमा २० वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

माल्दिभ्समा अभिताभले ७५ औं जन्मदिन मनाउने

बलिउड अभिनेता अमिताभ बच्चन आफ्नो ७५ औं जन्मदिन परिवारसँग माल्दिभ्समा मनाउने भएका छन् । मंगलबार श्रीमती जया बच्चन, छोरा अभिषेक बच्चन र बुहारी ऐश्वर्या राय बच्चन लगायत पारिवारिक सदस्यसहित माल्दिभ्स उठेका भारतीय संञ्चार माध्यमले जनाएको छ ।

बलात्कृत बालिकाले जन्माएको बच्चाको डिएनए मिलेन

भारतको चन्डीगढमा आफ्नै काकाबाट बलात्कृत्त भएकी १० वर्षीया बालिकाले जन्माएको बच्चाको डिएनए उनका काकासँग नमिलेपछि प्रहरीले पुनः यसबारे अनुसन्धान सुरू गरेको छ।

खतरामा जन्मको अधिकार

परिवारमा सबैभन्दा खुसीको क्षण सन्तान प्राप्ति हो । त्यसमा पनि सग्लो बच्चा, सुरक्षित आमा र बिनापीडाको मातृत्व नै सफल मातृत्व मानिन्छ । सुरक्षित मातृत्व के हो भन्ने विषयमा अहिले पनि समाजमा गम्भीर चर्चा परिचर्चा भइरहेको पाइन्छ । आमा र बच्चाको उचित स्वास्थ्य, सग्लो बच्चा र सुरक्षित मातृत्व नै परिवारमा भइरहने चिन्ताका कारण हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्