१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पार्टी जीवनको लोकतान्त्रिकरण ‘जबज’: अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जननेता स्व मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) मार्फत पार्टी जीवन, आन्दोलन र राज्य सत्ताको लोकतान्त्रिकरणलाई प्रमुखताका साथ अगाडि सारेकाे बताएका छन्।

कवितामै जन्मकुण्डली लेखिएपछि...

प्रभा भट्टराईले लेखेको ‘सभ्यता’ शीर्षक कविता कक्षा –७ को नेपाली पाठ्यपुस्तकमा समावेश छ। उनको कविताले अरूलाई राम्रो र सभ्य देख्न मात्र होइन, आफैं सभ्य र राम्रो बन्न प्रेरित गर्छ। हामीले नकली प्वाँख लगाएर मुजुर बन्नु हुँदैन। सकली प्वाँख जीवनभर रहिरहन्छ भन्ने सन्देश कविताले दिन्छ।

बुद्ध जन्मस्थलबारे चीनमा यस्तो भ्रम !

भगवान् बुद्धको जन्मस्थलबारे भारतले भ्रम छर्ने काम गरेको छ भने नेपालको अर्को छिमेकी मुलुक चीन भने आफैँ भ्रममा छ ।

महेन्द्रले नेपालको भावनात्मक एकता गरे : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा महेन्द्रले नेपालको भावनात्मक एकता गरेको बताएका छन्। राजा महेन्द्रको १०० औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिष्ता, विकास र अन्तराष्ट्रिय सम्वन्धका सन्दर्भमा राजा महेन्द्र बहुआयमिक व्यक्तित्व’ विषयक कार्यक्रममा थापाले पृथ्वीनारायण शाहले भूगोलको र महेन्द्रले भावनाको एकता गरेको बताए।

सिद्धिचरणको १०८औं जन्मजयन्तीमा स्रष्टा पुरस्कृत

युगकवि सिद्धिचरण श्रेष्ठको १०८औं जन्मजयन्तीका अवसरमा ओखलढुंगामा तीनजना साहित्यकार तथा लेखक पुरस्कृत भएका छन्। सदरमुकाम ओखलढुंगामा सिद्धिचरणको पूर्ण कदको सालिक तथा स्रष्टापार्क उद्घाटन कार्यक्रमको अवसरमा सिद्धिचरणको स्मृतिमा स्थापित पुरस्कार वितरण गरिएको हो।

स्रष्टाका सपनालाई सरकारले साकार पार्नुपर्छः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले स्रष्टाका सपनालाई सबै मिलेर साकार पार्नुपर्ने बताएकी छिन्। युगकवि सिद्धिचरण श्रेष्ठको १०८ औं जन्मजयन्तीका अवसरमा सिद्धिचरण नगरपालिका –१२ मा स्थापित उनको पूर्णकदको शालिक अनावरण तथा स्रष्टा उद्यानको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्रष्टाको सिर्जनाले दशकौंँअघि देखाएका सपना साकार बनाउने दायित्व हामीमा रहेको बताइन।

इन्सपेक्टर पनेरुको नयाँ गीत ‘म जन्मिँदा भावी’ सार्वजनिक

गायक निर्मल पनेरुको नयाँ गीत सार्वजनिक भएको छ। पेशाले नेपाल प्रहरीका निरीक्षक रहेका उनले ‘म जन्मिँदा भावी’ बोलको नयाँ गीत लिएर श्रोतामाँझ आएका हुन्।

सत्यमोहन जोशीलाई सर्वसाधारणदेखि राष्ट्रपतिसम्मको शुभकामना

संस्कृतिविद् सत्यमोहन जोशी सय वर्ष पुगेको अवसरमा सर्वसाधारणले उनकै निवास पुगेर शुभकामना व्यक्त गरेका छन्।

सयमा सत्यमोहन

ठमठमी हिँड्दै कुरा गरिरहेका उनलाई देख्दा सय वर्षमा टेकेजस्तो लाग्दैन। उनको बोलीमा तन्नेरी ओज छ। फोनमा मज्जैले गफिन सक्छन्। पाटन मंगलबजार आसपासमा हुने कार्यक्रममा लौरीबिनै हिँडेर पुग्छन्। उनीसँग बसेर भलाकुसारी गर्दा पाँच बीस उमेर पुगेको महसुस हुँदैन। उनी हुन्– संस्कृतिविद् एवं शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशी।

सत्यमोहन जोशीको जन्मदिनमा सार्वजनिक बिदा

शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ वर्ष पूरा भई १ सय वर्ष पुगेको अवसरमा उनको सम्मान ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा दिने भएका छन्। महानगरपालिका र नगरपालिकाका कार्यालय, वडा कार्यालयका साथै त्यहाँका सम्पूर्ण शैक्षिक संस्था र अन्य संघसंस्थामा सार्वजनिक बिदाको घोषणा गरिएको सूचनामार्फत जानकारी गराइएको छ।

भारतबारे कार्ल मार्क्स

गएको अक्टोबरमा दिल्लीस्थित एक किताब पसलमा मैले ‘भारतबारे कार्ल मार्क्स’(कार्ल मार्क्स अन इन्डिया) नामको पुस्तक भेट्टाए“। जुन पुस्तक सम्पादन अलिगढ मुस्लिम विश्वविद्यालयका पूर्वप्राध्यापक इक्बाल हुसेनले गरेका हुन्। अलिगढ इतिहासकार समाजको संरक्षकत्वमा टुलिका बुक्सले सन् २००६ मा सो पुस्तक प्रकाशन गरेको रहेछ।

पूरा भयो वंशज नागरिकता पाउने सपना

लहान नगरपालिका– १० का गौरब कुमार साह बुधबार वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन्। पाँच वर्षदेखि नागरिकता नपाएर विभिन्न अवसरबाट वञ्चित रहेका उनको सपना पुरा भएपछि उनी खुसी छन्। गौरबका बाबु देवेन्द्र साह जन्मसिद्ध नागरिक हुन।

लेखक, पुस्तक र पाठक

लेखक, पुस्तक र पाठकलाई एउटा त्रिभुजमा राखेर विश्लेषण गर्न सकिन्छ। यी तीनै पक्षबीच त्रिकोणीय तादात्म्य सम्बन्ध रहेको हुन्छ। त्रिभुजको माथिल्लो चुच्चोमा लेखकलाई र तलका समानान्तर कोणहरूमा पुस्तक र पाठकलाई राखेर हेर्दा पुस्तक र पाठक एउटै सरल रेखामा भेटिन्छन् भने लेखक दुवैको माथि एक्लै देखिन्छ।

बालुवाटारमा ‘बर्थडे केक’ काटेर मन्त्रिपरिषद बैठकको सुरुवात

मन्त्रिपरिषदको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको जन्मदिनको अवसरमा केक काटेर प्रधानमन्त्री केपी शर्मा ओलीले क्याविनेट बैठक शुभारम्भ गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्