१० कार्तिक २०८१ शनिबार
image/svg+xml
कला

इन्सपेक्टर पनेरुको नयाँ गीत ‘म जन्मिँदा भावी’ सार्वजनिक

काठमाडौं– गायक निर्मल पनेरुको नयाँ गीत सार्वजनिक भएको छ। पेशाले नेपाल प्रहरीका निरीक्षक रहेका उनले ‘म जन्मिँदा भावी’ बोलको नयाँ गीत लिएर श्रोतामाँझ आएका हुन्। 

गीती भिडियो शुक्रबार ओएसआर डिजिटलमार्फत रिलिज भयो। गीतमा निर्मलको स्वर रहेको छ भने संगीत चर्चित संगीतकार हरि लम्सालले दिएका हुन्। गीतलाई रचेकी हुन् गीतकार एवं लेखक शीतल कादम्बिनीले। 

गीतको भिडियोमा रङ्गकर्मी मिलन कार्कीको अभिनय रहेको छ। उनी मण्डला नाटकघरकम आवद्ध छन्। भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्। बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन्। 

भिडियाे:

 

प्रकाशित: ४ जेष्ठ २०७६ १२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App