५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

सत्यमोहन जोशीलाई सर्वसाधारणदेखि राष्ट्रपतिसम्मको शुभकामना

काठमाडौं- संस्कृतिविद् सत्यमोहन जोशी सय वर्ष पुगेको अवसरमा सर्वसाधारणले उनकै निवास पुगेर शुभकामना व्यक्त गरेका छन्। जोशीको जन्मदिनको अवसमा आफन्तजनहरुले उनको सुस्वास्थ्य र दीर्घायूको कामना पनि गरेका छन्। बिहानै ललितपुर स्थित निवासमा पुगेर ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जोशीलाई शुभकामना दिएका थिए। सो अवसरमा उनले उनको दिर्घायू र सुश्वास्थ्यको कामना गर्दै नेवारी परम्परागत शैलीमा पूजापाठ पनि गरिएको थियो। जोशीलाई सो अवसरमा नगर परिक्रमा समेत गराइएको थियो। उनलाई मंगलबजारमा सर्वसाधारणले अभिनन्दन गर्दै परिक्रमा गराएका थिए।

यसैबीच, ललितपुर महानगरपालिकाले उनको सम्मानमा सोमबार सार्वजनिक विदा पनि दिएको छ। यता, सरकारले पनि संस्कृतिविद जोशीलाई नेपालको संस्कृतिलाई समृद्ध बनाउन दिएको योगदानको कदर गर्दै वाङमय शताब्दी पुरुषको सम्मान प्रदान गरिसकेको छ।

राष्ट्रपति विद्या भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीको दीर्घायू र सुश्वास्थ्यको कामना गर्दै एक सन्देश पठाएकी छन्। राष्ट्रपति भण्डारीले संस्कृतिविद् जोशी सय वर्ष प्रवेश गरेको अवसर पारेर सोमबार उनकै निवास पाटनमा पठाएको मंगलकामना सन्देशमा नेपाली साहित्य र सांस्कृतिक भण्डारलाई समृद्ध बनाउन पुर्‍याउनु भएको योगदानको पनि उच्च प्रशंशा गरिएको छ।

 

प्रकाशित: ३० वैशाख २०७६ ०७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App