५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सी जिङपिङलाई जन्मदिनमा पुटिनको आइसक्रिम उपहार

बेइजिङ– चीनका राष्ट्रपती सि जिङ पिङले शनिबार आफ्नो ६६ औं जन्मदिन मनाएका छन्।

उनको जन्मदिनको अवसरमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले आइसक्रिम उपहार दिएको चिनिया सञ्चार माध्यमहरुलाई उदृत गर्दै रोयटर्सले जनाएको छ। उच्च नेतृत्वको व्यक्तिगत जीवनको चर्चा चीनमा विरलै हुन्छ, त्यसमा पनि जन्मदिन गोप्य नै राख्ने गरिन्छ। एक टेलिभिजनले सि जिङपिङ र पुटिनको हातमा ग्लास लिएको तस्बीर सार्वजनिक रहेको छ, जुन जिङपिङको जन्मदिनको अवसरमा खिचिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

जन्मदिनको अवसरमा पुटिनले जिङपिङलाई रसियन आइसक्रिम दिएका थिए। त्यस्तै जिङपिङले पुटिनलाई धन्यवाद दिँदै चिनियाँ चिया दिएको रोयटर्सले जनाएको छ।

दुवै राष्ट्रपति अहिले विस्केट सम्मेलनको क्रममा कीर्गिस्तानमा छन्। 

प्रकाशित: ३२ जेष्ठ २०७६ १०:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App