२६ आश्विन २०८१ शनिबार
image/svg+xml
विचार

भारतबारे कार्ल मार्क्स

फकरुल अलाम
गएको अक्टोबरमा दिल्लीस्थित एक किताब पसलमा मैले ‘भारतबारे कार्ल मार्क्स’(कार्ल मार्क्स अन इन्डिया) नामको पुस्तक भेट्टाए“। जुन पुस्तक सम्पादन अलिगढ मुस्लिम विश्वविद्यालयका पूर्वप्राध्यापक इक्बाल हुसेनले गरेका हुन्। अलिगढ इतिहासकार समाजको संरक्षकत्वमा टुलिका बुक्सले सन् २००६ मा सो पुस्तक प्रकाशन गरेको रहेछ। अलिगढका विख्यात इतिहासकार प्राध्यापक इरफान हबिबको लामो भूमिका भएकाले पनि मलाई त्यो पुस्तकले तान्यो। पाना पल्टाउ“दै गर्दा मेरो दिमागमा इडवार्ड सेइडको पुस्तक ‘ओरियन्टालिज्म’ मा रहेको एउटा प्रसंग खेलिरहेको थियो। सेइडले पुस्तकमा मार्क्समा ‘पूर्वीयतावादी’(ओरियन्टालिस्ट) दृष्टिकोण रहेको दाबी गरेका छन्। मैले उक्त पुस्तक सन् १९८० मा पहिलोपटक पढेको थिए“। त्यसले ममा गहिरो प्रभाव पारेको थियो। मार्क्सले भारतबारे लेखेका लेख र भारतसम्बन्धी उनको बुझाइ केलाएर सेइडले मार्क्सबारे गरेको दाबी कति सही हो वा होइन भनी बुझ्ने विचार गरें।

मार्क्सले भारतबारे किन, कसरी र के लेखे ?
प्राध्यापक हुसेनले लेखेको भूमिकामा मार्क्सले सन् १८५३ देखि ‘द न्यु योर्क डेली त्रिब्युन’ मा भारतबारे लेख्न थालेको कुरा उल्लेख गरिएको छ। मार्क्सका लेखहरू सामान्यतया भारतको इतिहासस“ग जोडिएका छैनन्। न त उनलाई अंग्रेजी भाषामा लेख्ने लेखककै रूपमा मात्र हेर्न मिल्छ। तथापि उनले हरेक वर्ष पाठक बढ्दै गएको अंग्रेजी भाषामा भारतीय उपमहाद्विपबारे लेखका थिए। हुसेनका अनुसार मार्क्सका लागि त्रिब्युनमा ती लेख लेख्न उति रुचि भने लागेको थिएन। त्रिब्युनका लागि ती लेख लेख्नुपर्दा उनी आफ्ना अरू महŒवपूर्ण काममा ध्यान दिन सक्दैनथे। जस्तै, उनी त्यही समयमा क्रनड्रिसा (१८५७) र अर्थराजनीतिक आलोचनामा योगदान (१८५६) नामका कृति लेख्दै थिए। त्यतिबेला मार्क्सको आर्थिक अवस्था निकै गएगुज्रेको थियो। भारत र अरू समसामयिक घटनाक्रमबारे ‘त्रिब्युन’मा लेखेबापत प्राप्त हुने पैसा र एंगेल्सले पठाउने सहयोगबाहेक परिवारको खर्च धान्न मार्क्सस“ग अरू कुनै आर्थिक स्रोत थिएन। अर्को शब्दमा, उनले भारतबारे जति लेख लेखे ती सबै लेख्नैपर्ने (जीविकाका लागि) भएर लेखे।

‘भारतबारे कार्ल माक्र्स’ पुस्तक पढ्दा म सबभन्दा चकित भएको पक्ष– अंग्रेजी लेखनमा माक्र्सको सिद्धहस्तता हो। सन् १८५० को दशकमा भारतमा भइरहेका घटनाबारे जुन शक्ति र स्पष्टताका साथ उनले व्याख्या गरेका छन्, त्यसले मलाई चकित तुल्यायो।

‘भारतबारे कार्ल मार्क्स’ पुस्तकमा संकलित ५९ लेख सन् १८५० को दशकमा भारतीय उपमहाद्विपमा भइरहेका घटना र तिनका गम्भीर प्रभावबारे गहिरो जानकारी भएको मानिसले नै लेखेको प्रस्ट बुझिन्छ। पु“जीवाद र ऐतिहासिक परिवर्तनबारे मार्क्सका विचार निर्माणका निम्ति भारतका ती घटनाक्रम कच्चा पदार्थसरह थिए। विशेषतः भारतमा बेलायती शासनले पु-याएको हानि र त्यसले भारतीय उपमहाद्विपका जनताबीच भित्रभित्रै सल्काएको असन्तोषको आगोप्रति मार्क्सको विशेष चासो थियो। भित्रभित्रै सल्किरहेको त्यो असन्तोषको आगोले सन् १८५७ मा विस्फोटको रूप धारण ग¥यो। त्यस वर्ष भारतमा भएको सैनिक विद्रोहबारे जानकारी लिन र तिनका कारण तथा प्रभाव विश्लेषण गर्न मार्क्सले निकै जा“गर चलाएका थिए। त्यतिबेला अंग्रेजहरूले मच्चाएको हत्याकाण्डको पनि मार्क्सले विश्लेषण गरेका थिए।

कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले भारतबारे ‘त्रिब्युन’ पत्रिकामा लेखेका सामग्री ‘भारतबारे कार्ल मार्क्स’ पुस्तकमा संकलित छन्। त्यसमा संग्रहित लेख–रचना कुनै लामा र कुनै छोटा छन् भने तिनले समेटेका विषयवस्तुका आधार पनि भिन्न–भिन्न छन्। कुनै लेख सामान्य टिपोटमा सीमित छन् भने केही सामग्री लामो र गहिराइसम्म पुगेर लेखिएका छन्। कुनै रचना तत्कालीन समयमा भइरहेका घटना वा युद्धको संक्षिप्त विवरण मात्र हुन् भने कतिपय लेखमा भारतीय उपमहाद्विपमा भइरहेका उथलपुथलको विश्लेषणात्मक टिप्पणी गर्दै तिनका प्रभावबारे निष्कर्ष निकालिएका छन्। तर जे विषयमा जसरी लेखे पनि मार्क्सले आफ्नो मूल तर्क प्रमाणित गर्न मनग्य तथ्य–तथ्यांक प्रस्तुत गर्ने गरेका छन्। भारतबाट इस्ट इन्डिया कम्पनीले संकलन गर्ने ठूलो मात्राको राजस्व होस् वा भारतीयका लागि तिनीहरूले गर्ने खर्चको चर्चा गर्दा होस् अथवा भारतीय उपमहाद्विपका जनताको हितको कुनै ख्याल नगरी सौखिन जीवनयापन गर्ने लोभी मनसायका बेलायती प्रशासकको कुरा गर्दा होस्, मार्क्स प्रशस्त तथ्यकै आधारमा निष्कर्षमा पुगेका हुन्छन्। उनले तत्कालीन भारतमा भएका विद्रोह र तिनले निम्त्याएका विपत्तिबारे विस्तृत रूपमा लेखेका छन्। बेलायत र भारतबीचको व्यापारबारे उनले प्रशस्त तथ्यांक प्रस्तुत गरेका छन्। भारत र चीनबीच हुने अफिमको व्यापारिक कारोबारबारे पनि उनले तथ्य–तथ्यांकसहित प्रस्तुत गरेका छन्। चीन र भारतबीचको अफिम कारोबारको सबभन्दा बढी फाइदा अं्ग्रेजहरूले उठाउँथे। भारतमा अफिमको खेती गरी चीनमा व्यापार बेलायतीहरूले गर्थे।

भारतमा भएको सिपाहीं विद्रोहबारेको लेखमा मार्क्सले सैनिक कोणबाट निकै राम्रो विश्लेषण गरेका छन्। सिपाहीं विद्रोहका विभिन्न चरणबारे उनले आफ्ना टिप्पणीसहित व्याख्या गरेका छन्। विद्रोह दबाउन अंग्रेजहरूले लिएका रणनीतिको उनले प्रस्ट चित्रण गरेका छन्। उनले सो लेखमा सिपाहीं विद्रोहको आर्थिक पक्षबारे जोडका साथ लखेका छन् भने तत्कालीन परिस्थितिमा प्राप्त सबै तथ्यांकका आधारमा सो विद्रोह चालु रहे अंग्रेजले भोग्नुपर्ने आर्थिक प्रभावबारे चर्चा गरेका छन्। अंग्रेज शासकका हरेक दाबीको रौँ चिरा केलाएर उनले उनीहरूको लोभ र क्रुरताको पर्दा उघारिदिएका छन्। सन् १८५३ सम्म लेखिएका लेखहरूमा मार्क्सले अंग्रेज शासनका विध्वंसकारी र हानिकारक प्रभावबारे चर्चा गरेका छन्। सो संकलनको अन्तिम लेखमा उनले सिपाहीं विद्रोहलाई दबाए पनि र भारतमा ‘शान्ति’ कायम गरे पनि भारतीय जनताको बैचेनी कायम रहेको उल्लेख गरेका छन्। इस्ट इन्डिया कम्पनीले गरेको दमनबाट वाक्कदिक्क भारतीय जनताबीच विद्रोहको मनग्य संकेत रहेको मार्क्सले लेखेका छन्।

अंग्रेजी भाषाका सिद्धहस्त लेखक
‘भारतबारे कार्ल मार्क्स’ पुस्तक पढ्दा म सबभन्दा चकित भएको पक्ष– अंग्रेजी लेखनमा मार्क्सको सिद्धहस्तता हो। सन् १८५० को दशकमा भारतमा भइरहेका घटनाबारे जुन शक्ति र स्पष्टताका साथ उनले व्याख्या गरेका छन्, त्यस कुराले मलाई चकित तुल्यायो। उदाहरणका लागि बेलायतको अनुदार पार्टीका नेता लर्ड स्टान्लेले ‘विपरीत विचारहरूलाई एकै ठाउ“मा ल्याउने सूत्र फेला पारी’ गरेको संसदीय तिकडमलाई मार्क्सले ‘समय सम्मिलन’ को सूचक भन्ने शब्दावली प्रयोग गरेका छन्। यो शब्दावली निकै रोचक छैन त ? आज हामी बा“चिरहेको बंगलादेशको सन्दर्भमा र विशेषतः चुनावी वर्षहरूमा यो शब्दावली प्रयोग सान्दर्भिक हुने गर्दैन र ! ‘भारत’ शीर्षकमा सन् १८५३ को जुलाई १ मा लेखेको लेखमा मार्क्सले यो शब्दावली प्रयोग गरेका छन्। मार्क्सले ‘बेलायतका विभिन्न पार्टीले भारतबारे राख्ने धारणा र ती कुलीन, पैसातन्त्री र मिल मालिक(उद्योगपति)बीच भारतको प्रगतिबारे रहेको झगडाको फाइदा विचरा हिन्दू (भारतीय जनता) ले कसरी उठाउन सक्छन्’ भन्नेबारे एउटा अर्को लेख लेख्ने तयारी गरिरहेको जानकारी पाठकसमक्ष राखेर व्यंग्यपूर्वक सो लेखको अन्त्य गरेका छन्। आजको समयमा उभिएर हेर्दा अहिले समाजमा कुलीन(राजा–महाराजा) वर्ग त नहुन सक्छ तर ‘पैसातन्त्री’ र ‘मिल मालिक’ शब्दहरू आज हामी बा“चिरहेको समयका लागि पनि उत्तिकै सान्दर्भिक छैन र !

वास्तवमा यहा“ चर्चा गरेको लेख भारतबारे मार्क्सले लेखेको एउटा लामो प्रभावशाली लेख हो। सन् १८५३ को जुलाई ११ मा सो लेख ‘त्रिब्युन’मा प्रकाशन भएको थियो। यो तुलनात्मक रूपमा लामो लेख हो। ‘इस्ट इन्डिया कम्पनी–इतिहास र परिणाम’ शीर्षकको सो लेख व्यंग्यात्मक टिप्पणीले भरिपूर्ण छ। त्यसपछि लेखिएका अन्य धेरै लेख पनि व्यंग्यपूर्ण नै हुने गरेका थिए। मार्क्सले तिनमा निकै तिक्ततापूर्वक इस्ट इन्डिया कम्पनीको ‘तीखो मानवतावाद’ बारे टिप्पणी गरेका छन्। अर्कातिर उनले आफूले भन्ने गरेको ‘पाखण्डपूर्ण शान्तिकामी’ को वास्तविकता उजागर गरिदिएका छन्। त्यसो गरेर उनी वास्तवमा भारतीय जनतामाथि कसरी कम्पनीले शोषण गरिरहेको छ भन्ने देखाउन चाहन्थे। बेलायती राजनीतिका पाखण्डीको सहयोगमा कम्पनीका आत्मकेन्द्रित अधिकारीहरूले नंग्याएको बेलायतको वास्तविकता देखाउन चाहन्थे। ‘भारतको प्रश्न’ शीर्षकको लेखमा प्रखरवक्ता र सिद्धान्तनिष्ठ राजनीतिक व्यक्तिका रूपमा चित्रण गरिएका बेन्जामिन डिजरायलबारे मार्क्सले गरेको बुद्धिमत्तापूर्ण चरित्र चित्रण हेरौँ ः ‘कुनै समय उनी सूक्तिहरूमा छाउन सफल भए। तर अहिले उनी औपचारिक सम्मानको निरसताभित्र ती सूक्ति गाड्ने प्रयासमा लागेका छन्।’

बेलायती उपनिवेशको विरोध
मार्क्स बेलायती उपनिवेशवादका स्थायी विरोधी थिए। बेलायतीहरू ‘भारतमा लुटपाट मच्चाउने सुविधा’ चाहिरहेकामा मार्क्स विश्वस्त थिए। त्यो निष्कर्षमा पुग्न उनलाई इस्ट इन्डिया कम्पनीको कुनै नया“ घोषणापत्र आवश्यक पर्दैन्थ्यो। मार्क्सले सन् १७९० देखि भएको स्थायी बसोबासको विरोध गरेका थिए। जमिन्दारी र जोताहास“ग कर उठाउने ¥योत्वारी प्रणालीको विरोध गरेका थिए। मार्क्सले ती सबै प्रणालीलाई भारतका जनताको आर्थिक शोषण गर्ने कम्पनीका विभिन्न जालसाँझीका रूपमा व्याख्या गरेका थिए। मार्क्सको विचारमा भारतमा सरकारको नीतिको विरोध गर्ने र स्वतन्त्र व्यापारका पक्षमा वकालत गर्ने म्यान्चेस्टरका नेता जोन ब्राइटजस्ता राजनीतिज्ञहरूसमेत राम्रो मनसायका थिएनन्। उनीहरू पनि भारत ध्वस्त बनाउन सरकारजत्तिकै दोषी थिए किनभने बेलायती कपडा भारतजस्तै कब्जामा लिइएका बजारमा विस्तार गर्नुपर्छ भन्ने पक्षमा गरेको वकालतबाट पनि उनीहरूको वास्तविक मनसाय प्रस्ट हुन्छ।

बेलायती कम्पनीको ध्वंसकारी नीतिको प्रमाणका रूपमा उनले बंगालका कपडा बुन्ने जनताको अवस्थाबारे प्रकाश पारेका थिए। बेलायती शासकहरूले बंगालका कृषि र कपडा उद्योगलाई ध्वस्त बनाइदिएका थिए। युरोपले कुनै बेला कसरी भारतीय कपडाको उल्लेख्य उपभोग गरेको थियो भन्ने चर्चास“गै मार्क्सले बेलायती उपनिवेशवादीहरूले भारतका घरेलु कपडा र घरमै कपडा बुन्ने चर्खा विस्थापन कसरी गरेका थिए भन्नेबारे लेखेका छन्। भारतकै स्थानीय कपडा उत्पादन प्रणाली ध्वस्त बनाएर बेलायती उपनिवेशवादीहरू युरोपेली बजारबाट भारतीय कपडा विस्थापन गर्न सफल भएका थिए। (फकरुल अलाम बंगलादेशका प्राज्ञ, लेखक र अनुवादकर्ता हुन्। उनी हाल इस्ट–वेस्ट युनिभर्सिटीका प्रो–भिसी छन्।) स्रोतः मन्थ्ली रिभ्यु/ नेपाली अनुवादः नीरज लवजू

प्रकाशित: २२ वैशाख २०७६ ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App