ग्रामीण सडक निर्माणमा ४४ करोड खर्च
ग्रामीण क्षेत्रका नागरिकलाई यातायातमा सहज पहुँच पुर्याउने उद्देश्यले राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम अन्तर्गत भिमदत्त नगरपालिकाका सडक कालोपत्रे, ग्राभेल तथा पुल निर्माण गरिएको छ। उक्त भौतिक योजना निर्माण गर्न साँढे ४४ करोड लागत लागेको छ।