८ वैशाख २०८१ शनिबार

तीन जहाज खरिद गर्दै निगम

नेपाल वायुसेवा निगमले तीन साना जहाज खरिद गर्ने भएको छ। आन्तरिक उडानमा प्रयोग गर्ने उद्देश्यले निगमले तीन वटा जहाज किन्न लागेको हो।

अवतरण गर्नै लाग्दा सेतीखोंचमा खस्यो जहाज: आन्तरिक उडानतर्फ अहिलेसम्मकै ठुलो दुर्घटना

लामो समयको पर्खाइपछि अन्तर्राष्ट्रिय विमानस्थल पाएकोमा पोखराले खुसी मनाइरहँदा आइतबार बिहान त्यही अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा हवाईजहाज दुर्घटना भयो।

आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन

आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न सरकारले निर्देशन दिएको छ।

आन्तरिक उडान नियमितरुपमा सञ्चालन गर्न सहमत

आन्तरिक उडान नियमितरूपमा सञ्चालन गर्न एयरलाइन्स कम्पनी सहमत भएका छन्। आजदेखि आन्तरिक उडान बन्द गर्ने घोषणा गरेका एयरलाइन्स कम्पनीले गए राति भएको वार्तापछि उडान नियमित गर्ने सहमति भएको हो।

आन्तरिक उडानमा फड्को मार्दै पोखरा

पोखरा विमानस्थलले आफूलाई मुख्य सातवटा ठुला सहरसँग हवाई सञ्जालले जोडेको छ। बुद्ध एयरलाइन्सले पोखराबाट विराटनगर र भद्रपुरमा पनि उडानको तयारी गरेको छ। थप गन्तव्यमा पनि उडान सुरु भएपछि पोखराको हवाई सञ्जालले अझै फड्को मार्ने विमानस्थलका सूचना अधिकारी देवराज सुवेदी बताउँछन्।

आन्तरिक उडानमा विदेशी पर्यटकलाई छुट दिने सहमति

आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिकसरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ। यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एअरलाइन्स र यति एअरलाइन्स प्रालिबीच सहमति भएको हो।

उडिरहेको विमानमा सर्प

मलेसियामा आन्तरिक उडानमा रहेको एयर एसियाको एक विमानमा सर्प भेटिएपछि त्यसलाई अन्यत्र मोडिएको छ। उक्त हवाई सेवाले बिहीबार क्वालालाम्पुरबाट तवानतर्फ उडेको विमानमा सर्प भेटिएको स्विकारेको छ।

लयमा फर्किंदै आन्तरिक उडान

दैनिक ६४ बाट सुरु भएको घरेलुतर्फको उडान संख्या अहिले एक सय १० पुगेको छ। दैनिक १० हजारभन्दा बढी यात्रुले हवाई सेवा लिइरहेका छन्।

आन्तरिक उडानको टिकट बुकिङ खुला

सरकारले साबिकको तुलनामा ५० प्रतिशत ननाघ्ने गरी आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो। सरकारले एक साताको समय राखी १ जुलाईबाट उडान गर्न अनुमति दिएको हो।

आधा आन्तरिक उडान सुरु गर्ने निर्णय

मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान सञ्‍चालन गर्ने निर्णय गरेको हो। उडानको व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने निर्णय गरेको छ।

आन्तरिक उडानबाट दैनिक पाँच हजार ओहोर–दोहोर

पछिल्लो समय लामो दुरीका यातायातमा यात्रु चढ्न डराएका बेला आन्तरिकतर्फका जहाज भने पूर्ण क्षमतामा उडिरहेका छन्। कोरोनाको बढ्दो संक्रमणबीच चाडपर्व नजिकिँदै गएपछि हवाई माध्यमबाट राजधानीबाहिर जाने र भित्रने यात्रुको संख्या बढ्दै गएको छ।

निगमको नौ गन्तव्यमा आन्तरिक उडान शुरु

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा नौ गन्तव्यमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको जनाएको छ।

सात महिनादेखि बन्द आन्तरिक उडान आजदेखि खुला

गत चैतदेखि सुनसान रहेका देशभरका विमानस्थलमा आजदेखि पुनः चहलपहल देखिने भएको छ। सात महिनादेखि बन्द रहेको आन्तरिक उडान खुला भएसँगै मुलुकभर सञ्चालनमा रहेका विमानस्थलमा चहलपहल सुरु हुन लागेको हो।

आन्तरिक उडान असोज दोस्रो सातादेखि खोल्ने तयारी

व्यवसायी भन्छन्– निजी गाडी, एम्बुलेन्स, तरकारी बोक्ने गाडीमा घन्टौं यात्रा गराएर एक सहरबाट अर्को सहरसम्म जाँदा कोरोना नफैलने तर सुरक्षाका सबै प्रक्रिया पूरा गरी सञ्चालन हुने अधिकतम एक घन्टाको उडानबाट कोरोना फैलिन्छ भन्नु सरकारको गलत सोचाइ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्