१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

दुर्घटनामा एकको मृत्यु

पाल्पामा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासी मध्यविन्दु नगरपालिका–२ का २८ वर्षीय चालक हुमबहादुर महतोको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।

ट्रयाक्टरले किचेर बालिकाको मृत्यु

छठ पूजाका लागि मेची नदीको पूजा स्थल (घाट) तर्फ जाँदै गरेकी एक बालिकाको आज ट्रयाक्टरले किचेर मृत्यु भएको छ।

पाल्पामा जीप दुर्घटना, एकको मृत्यु ७ जना घाइते

रिब्दीकोट–७ पालुङमा एक जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्।  ठिमुरेबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज १४९६ नम्बरको जीप रिब्दिकोट गाउँपालिका ७ पालुङ मैनादीमा दुर्घटना भएको हो।

ग्यास बुलेट पल्टिएर किच्दा आमाछोरीको मृत्यु

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका –५, विशालटार नजिकै आइतबार बिहान ग्यास बुलेट पल्टिदाँ पैदलयात्रु आमाछोरीको मृत्यु भएको छ।

डोल्पाको ठूली भेरीमा जीप खस्दा १० को मृत्यु, २ घाइते

डोल्पाको काल गौडामा बोलेरो जीप दुर्घटनामा १० जनाको ज्यान गएको छ। १२ यात्रुसहित सडकबाट करिब ५० मिटर तल ठूली भेरी नदीमा खस्दा घटनास्थलमै १० जनाको मृत्यु भएको डोल्पाका प्रमूख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए।

चोरीका काठ ओसार्दा च्यापिएर मृत्यु

चोरीका काठ ओसार्ने क्रममा गोलियाले च्यापिएर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। गुर्भाकोट नगरपालिका–७ मानिकेका २५ वर्षीय निमबहादुर बैगारको मृत्यु भएको प्रहरीले जनाएको छ।

कुलो पानीको बिबादले ज्यान गयो

कुलो पानीको बिषयमा बिबाद हुदा दाङमा एकजनाको मृत्यु भएको छ। जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–६ गोलौरमा आफ्नो बारीमा पानी सिँचाई गर्न नदिएको भन्दै दुई युवाहरुले ७३ वर्षीय चुकलाल भण्डारीको हत्या गरेका हुन्।

अन्र्तराष्टिय हवाई दुर्घटनामा मृत्यु भए क्षतिपूर्ति १ करोड ८५ लाख

अन्तर्राष्ट्रिय हवाई दुर्घटनामा ज्यान गुमाउनेका आफ्न्तले आगमी मंसिर २९ बाट झण्डै दुई करोड क्षतिपूर्ति पाउने भएका छन्।

श्रेष्ठको मृत्युको दोषी सरकार

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय प्रवेशद्वार नजिकै रहेको खाल्डोमा परेर ३८ वर्षीय श्याम श्रेष्ठको मृत्यु हुनुमा सरकार नै दोषी देखिएको छ।

खुलै छाडिएको सडक ढलमा खसेर एक जनाको ज्यान गयो

सडक विस्तारका क्रममा सम्बद्ध पक्षले आवस्यक सेचतना नअपनाउँदा राजधानीमा एक जनाले ज्यान गुमाउनु परेको छ। खुल्लै छाडिएको ढलमा खसेर बल्खुमा आज एक जनाको ज्यान गएको हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्