८ मंसिर २०८१ शनिबार
image/svg+xml

कार्यकर्ता विचलित हुनबाट रोक्न एमालेका केन्द्रीय सदस्य रिजाल डोल्पामा

पार्टी विभाजन पछि कार्यकर्तामा आएको विचलन रोक्न नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल डोल्पा पुगेका छन्। नेकपा विभाजन भई नयाँदलको मान्यता पाएको माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा कार्यकर्तालाई जानबाट रोक्नको लागि रिजाल डोल्पा पुगेका हुन्।

जनै पूर्णिमा पर्व: तीर्थस्नानमा डोल्पाका देवता

डोल्पामा विगतका वर्षहरु झै यस वर्ष पनि यहाँका देवीदेवताहरुलाई पवित्र धार्मिक तपो भूमिमा तीर्थस्नान गराइएको छ।

डोल्पा अस्पतालका डाक्टरमा पनि देखियाे कोरोना संक्रमण

डोल्पा जिल्ला अस्पतालमा कार्यरत चिकित्सक नै कोरोनाको दोस्रो लहरबाट पीडित बन्न थालेका छन्।

कोरोनाको उच्च जोखिममा डोल्पा: रोकथाम र नियन्त्रणमा नगरको ४० लाख

कोरोना जोखिम न्यूनीकरणमा यहाँका राजनीतिक दलहरुले ऐक्यबद्धता जनाएका छन्। पछिल्लो समय हिमाली जिल्ला डोल्पामा कोरोना संक्रमणको दर बढ्दै गएको र समयमा यसको रोकथाम तथा नियन्त्रणमा ध्यान नपुर्‍याए कोरोनाले उच्च रुप लिने बताउँदै यसको रोकथाम र नियन्त्रणमा यहाँका राजनीतिक दलहरुले ऐक्यबद्धता जनाएका हुन्।

डोल्पामा पुरातात्विक मूर्ति चोरी

डोल्पाको काइके गाउँपालिका–१, टाछिङस्थित जंगलको बीचमा रहेको खागर बौद्ध गुम्बाका ऐतिहासिक महत्वका मूर्तिहरु चोरी भएका छन्। मन्दिरमा राखिएका त्रिकाल बुद्धका दुई थान मूर्ति चोरी भएका हुन्।

एक जना कोरोना संक्रमित भेटिएसंगै डोल्पाका सबै विद्यालय बन्द

जुफाल विमानस्थलमा कार्यरत एक जना पुरुष कर्मचारीमा संक्रमण देखिएपछि पुर्व सतर्कता अपनाउन जिल्लाका विद्यालय अनिश्चितकाल बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

राष्ट्रपति शैक्षिक सुधारका लागि डोल्पाका १८ विद्यालय छनौट

डोल्पाका विभिन्न स्थानीयतहमा रहेका १८ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएका छन्। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यन्वयन कार्यविधि २०७६ अनुसार परियोजना माग गरेका विद्यालयहरु छनौटमा परेका हुन्।

डोल्पामा स्थानीय जनगणना कार्यालय स्थापना

'मेरो गणना मेरो सहभागिता राष्ट्रिय जनगणना २०७८ का लागि' भन्ने नारासहित हिमाली जिल्ला डोल्पाका दुई स्थानीय तहमा स्थानीय जनगणना कार्यालय स्थापना भएका छन्।

डोल्पामा नगरप्रमुखका दुई डोजरमा आगजनी

दुईवटै डोजर मौसम एण्ड हरिष निर्माण सेवाको नाममा रहेको प्रहरीले जनाएको छ। आफू काठमाडौं भएको र घटनाका विषयमा फोनबाट जानकारी पाएको नगरप्रमुख शाहीले बताए। प्रहरी घटनास्थलमा पुगिसकेको र अहिले ठ्याक्कै कसैमाथि शङ्का नभएको शाहीको भनाइ छ।

उत्तरी डोल्पामा खाद्यान्न संकट

कोरोना संक्रमणका कारण चीनको बाटो हुँदै आउने खाद्यान्न रोकिँदा डोल्पाको उत्तरी क्षेत्रमा भोकमरी सुरु भएको छ। खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले चीन हुँदै माथिल्लो डोल्पाका दुई गाउँपालिकामा पठाउने अघिल्लो आर्थिक वर्षकै सहुलियत खाद्यान्न पुर्याचएको छैन्।

डोल्पाबाट ११ जनाको स्वाब परीक्षणका लागि सुर्खेत लगियो

आरडिटी परीक्षणको क्रममा शंकास्पद ब्यक्तिहरुको पिसिआर परीक्षणका लागि डोल्पाबाट ११ जनाको स्वाब लगिएको छ । कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयले पठाएको माउण्टेन एयरको हेलिकप्टर मार्फत जिल्लाका ११ जनाको स्वाब सुर्खेत लगिएको हो ।

डोल्पामा सबै प्रकारका जडिबुटीको संकलन र छुटपूर्जिमा रोक

हिमाली जिल्ला डोल्पामा पहिलो पटक सबै प्रकारका जडिबुटीको सकलन र छुटपूर्जिमा रोक लगाइएको छ । विगतका वर्षहरुमा सर्वसाधारणले संकलन र वित्रिल वितरण गर्दै आएका महत्वपुर्ण जडिबुटीहरुको संकलनमा २० वर्षपछि पहिलो पटक रोक लगाएको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बचाउन मानिसहरुको जमघट नहोस भनेर पूर्वसर्तकता अनुरुप रोक लगाइएको डिविजन वन कार्यालय डोल्पाले जनाएको छ ।

डोल्पाका स्थानीय तहले शुरु गरे राहत वितरण

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाका स्थानीय तहहरुले राहत वितरण शुरु गरेका छन्।कोभिड १९ का कारण देशभरपूर्ण लकडाउन भएपछि काम गर्न नपाएका र आफ्नो उब्जनीले भरपुर खाननपुग्नेहरुको लागि राहत वितरण कार्य शुरु भएको हो।

भोका डोल्पालीलाई  सांसदको राहत

डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले काठमाडौँमा भोकभोकै बसेका डोल्पालीलाई खाद्य सामग्री वितरण गरेका छन्।

डोल्पाको त्रिपुराकोटमा आँखा उपचार केन्द्र

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा प्राथमिक आँखा उपचार केन्द्र स्थापना गरिएको छ। ‘नेपाल रेडक्रस सोसाइटी’ कर्णाली प्रदेश आँखा अस्पताल अन्र्तगत त्रिपुरासुन्दरी नगरपालिकाको नगर केन्द्र कोटबगरमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्