coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डोल्पामा सबै प्रकारका जडिबुटीको संकलन र छुटपूर्जिमा रोक

डोल्पा- हिमाली जिल्ला डोल्पामा पहिलो पटक सबै प्रकारका जडिबुटीको सकलन र छुटपूर्जिमा रोक लगाइएको छ । विगतका वर्षहरुमा सर्वसाधारणले संकलन र वित्रिल वितरण गर्दै आएका महत्वपुर्ण जडिबुटीहरुको संकलनमा २० वर्षपछि पहिलो पटक रोक लगाएको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बचाउन मानिसहरुको जमघट नहोस भनेर पूर्वसर्तकता अनुरुप रोक लगाइएको डिविजन वन कार्यालय डोल्पाले जनाएको छ ।

बैशाख ९ गते बसेको जिल्ला विपद् व्यवस्थापन समिति र १३ गते शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज मातहतका मध्यवर्ती वन इवस्थापन समितिको बैठकले कोरोना त्रासदीबाट बचाउन बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनमा रोक लगाउने निर्णय गरेका थिए । विषम परिस्थती र यार्सागुम्बाको संकलन समय नजिकिदै गर्दा डिविजन वन कार्यालय दुनैमा बसेको सर्बपक्षिय छलफलले यार्सागुम्बा मात्र नभएर वन क्षेत्रमा पाइने भुल्ते ,समायो, खिराङ्गलो (सेतक चिनी) र पदमचाल्नो लगायतका मूल्यावान जडिबुटीहरु समेतको संकलन र छुटपूर्जिमा रोक लगाएको हो ।

विगतका वर्षहरुमा सामुदायिक वनहरुमा यार्सागुम्बा संकलनको अनुमति दिइदै आएको थियो । यार्सागुम्बा माथिको रोक लागाइएपनि अन्य जडिबुटी संकलन गर्न दिंदा यार्सागुम्बा पनि चोरी हुने र मानिसहरुको जमघट भइहाल्ने भएकाले यार्सासंगै अन्य जडिबुटीहरुको संकलन र छुटपूर्जिमा समेत रोक लागाउनु परेको डिविजन वन कार्यालयका प्रमुख जितन्द्र महतले बताए । उनले भने यार्सागुम्बा संकलन मात्र नभएर जिल्ला बाहिर लैजानको लागि आवश्यक पर्ने छुटपूर्जिमा समेत रोक लगाएका छौ ।

डिविजन वन कार्यालयमा भएको सर्वपक्षिय छलफलमा जिल्ला समन्वय समितिका उपप्रमुख नरबहादुर बुढा प्रमुख जिल्ला अधिकारी सुरेश सुनार ठुलिभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाही, प्रहरी नायव उपरिक्षक नारायण रञ्जितकार, शसत्र प्रहरी नायव उपरिक्षक चेत थापा, जिल्ला अनुसन्धान प्रमुख दिनेश रेग्मी नागरकि समाजका अध्यक्ष शेरबहादुर बुढा र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित: २३ वैशाख २०७७ १०:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App